ब्राजिलका नवनिर्वाचित राष्ट्रपतिले लिए सपथ

पुस १९ काठमाडौं । ब्राजिलका नव निर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले राष्ट्रपतिको सपथ लिएका छन् । उनले जनवरी २ तारिकका दिन राष्ट्रपतिको सपथ लिएका थिए । उनी वामपन्थी राजनीतिज्ञ हुन् । उनले गत अक्टोबरको राष्ट्रपतीय निर्वाचनमा विपक्षी जेयर बोल्सनारोलाई हराउँदै राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी २००३ देखि २०१० सम्म पनि राष्ट्रपति रहेका थिए ।
उनको सपथका दिन बिहानैदेखि उनका समर्थकहरुको राष्ट्रपति कार्यालय अगाडि उपस्थिति रहेको थियो । उनको पार्टी वर्कस पार्टीका सदस्यहरु खुशीले गदगद हुँदै सपथका बेला उत्सव मनाइरहेका थिए ।
सहभागीहरुलाई सम्बोधन गर्दै लुलाले भयानक विध्वंसबाट जोगाउँदै देशलाई पुनर्निर्माण गर्ने कुरा गरे । उनको विजयले संसारभरीका गरिब दुःखीहरुमा उत्साह भरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित