पान्डिचेरीमा व्यवसाय सञ्चालकलाई सम्मान

 

पाण्डेचरी । अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरी अन्तर्गत दक्षिण टाउन एरिया समिति सदस्य लोकबहादुर गुरुङले संचालन गरेको बाबा आमा मो मो दोकानको ११ औं स्थापना दिवस कार्यक्रम मिति १९–०२–२०२६ अर्थात मिति फागुन ७ गते २०८२ का दिन सान्दार रुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको संचालन नगर अध्यक्ष अखिल भारत नेपाली एकता समाज पान्डिचेरीका राजु थापाले गर्नु भएको थियोे भने केन्द्रीय सदस्य सुर्य थापाले बाबा आमा मो मो दोकानका संचालक लोकबहादुर गुरुङलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियोे साथै उहाँको बेवासायले भारत मा आउने नेपाली हरुलाई पनि एउटा रोजगारीमा साथ दिएको छ जुन काम आफुले विगतमा गर्दै आउनु भएको थियोे र गत २०१६ फेब्रुअरी १९ कादिन बाट उहाँले यस कार्यलाई संचालनमा ल्याउनु भएको हो ११ औं वर्षगाठ मनाउने क्रममा वहाँलाई सम्मान गरिएको हो । कार्यक्रममाअखिल भारत नेपाली एकता समाज नगर कोषाध्यक्ष कुमारी थापा , नगर सदस्य हरिकला थापा, रक्तिम कलाकार सपना थापाको उपस्थिति रहेको थियोे भने कार्यक्रम मा उपस्थिति सबैलाई भोजनको व्यवस्था गरिएको थियोे ।
व्यवसाय सञ्चालनको ११औं वर्षगाँठको अवसरमा वहाँको यो व्यवसाय अझै फष्टाउदै जाओस भन्दै अखिल भारत नेपाली एकता समाजले उहाँमा हार्दिक बधाईका साथ शुभकामना व्यक्त गरेको छ । ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित