१. Ovarian Cancer भनेको के हो ?
डिम्बासय (Ovarian) को क्यान्सर Ovary को कोषिका (Cell) हरुमा शुरु हुन्छ। महिलाहरुमा पाठेघरको दुवैतिर हुने सानो अण्डा आकारको अङ्गलाई ovary भनिन्छ। Ovary महिलाहरुको प्रजनन प्रणालीको एक महत्वपूर्ण भाग हो।
बयस्क केटी र महिलाहरुमा हरेक महिना ovary ले अण्डा निकाल्छ जुन प्रक्रियालाई ovulation भनिन्छ । यदि यो अण्डा शुक्रकिट (sperm) संग भेट भए बच्चा बन्छ अन्यथा महिनावारीका रुपमा पाठेघरको मुखबाट यो निस्कन्छ, जसलाई मासिकस्राव (Menstrual Cycle) भनिन्छ । Ovary ले hormone पनि उत्पादन गर्छ जुन hormone ले महिलामा प्रजनन अङ्गहरु विकास गर्दछ। महिलाहरुको उमेर वढ्दै जाँदा ovary ले उत्पादन गर्ने hormone घटेर जान्छ र महिनावारीको प्रक्रिया बन्द (menopause) हुन्छ ।
2. Ovary Cancer मुख्यतया ३ प्रकारका हुन्छन् । जुन ovary को विभिन्न भागबाट उत्पन्न हुन्छन् : Epithelial Cell Cancer: यो ओभरीको बाहिरी भागबाट (outer surface) आउँछ। यो सवैभन्दा बढी पाइने प्रकारको हो। Germ Cell Tumors: यो ओभरीमा रहेका अण्डा/अण्डाको कोषिकाबाट उत्पन्न हुन्छ। यो वयस्क महिलाहरुमा वढी हुने गर्दछ र बालिकाहरुमा पनि देखिन्छ ।
Stranal Tumor स्यो ओभरी वरपरको तन्तु र कोषिकाबाट उत्पन्न हुन्छ । यो विभिन्न प्रकारको ओभरी क्यान्सरको उपचार पद्दती भिन्न भिन्न हुन सक्दछ ।
३. ओभरीको क्यान्सरको कारणहरू :
ओभरीको क्यान्सरको कारणहरु यहि नै भनेर किटान गर्न सकिने कारणहरु छैनन् तर केही तत्वहरु हुन्छन् जसले ओभरीको क्यान्सर हुने सम्भावना बढाउँछ ।
• उमेर बढ्दै जाँदा
•पहिले कुनै क्यान्सर (जस्तै स्तन, पाठेघरको, लामो आन्द्राको) भएको छ भने ओभरीको क्यान्सर हुने सम्भावना वढेर जान्छ।
• यदि परिवारमा ओभरीको क्यान्सर र स्तन क्यान्सर भएको छ भने
क) जस्तै आमा, छोरी, दिदी, बहिनी (1st degree relative)
ख) यदि कुनै gene मा खराबी छ भने जस्नै BRCA1 र
BRCA2 gene
कहिले पनि बच्चा नजन्माएको महिलामा ओभरीको क्यान्सर हुने सम्भावना बढी हुन्छ । Hormone replacement therapy यदि हुनै उपचारको लागि लामो समय सम्म दिइएको छ भने सम्भावना बढेर जान्छ ।
४. लक्षणहरू :
ओभरीको क्यान्सरले पहिलो अथवा चाँडैको अवस्थामा कुनै लक्षणहरु नदेखाउन सक्छ । यदि देखिए पनि निश्चित लक्षणहरु देखिदैनन् जुन महिलाहरुले खासै ध्यान दिदैनन् किनकि त्यति वास्ता गरिहाल्नु पर्ने जस्तो देखिदैन ।
सामान्य लक्षणहरू :
क) तल्लो पेट दुख्ने ख) कम्मर दुख्ने
ग) पेट विना कुनै कारण बढ्नु
घ) पेटमा मासुको डल्लो जस्तो लाग्नु
ङ) पेट फुलेको जस्तो, खाना अपच, वाक, वाक आदि च) कहिलेकाँहि योनीबाट रगत बग्नु
छ) चाँडै थाक्नु
च) श्वासप्रश्वासमा समस्या हुनु
ज) कहिले काँहि पातलो दिसा कहिले कब्जियत हुनु
यी माथिका लक्षणहरु क्यान्सर नभएको अवस्थामा अरु कारणहरुले पनि गर्दा पनि हुने भएकोले समयमा जाँच गराइ पक्का गर्नु जरुरी हुन्छ ।
५. पत्ता लगाउने तरिका :
माथि उल्लेखित लक्षणहरु देखिए वा आफुलाई केहि शंका लागे तुरुन्त चिकित्सकसंग परामर्श लिने र चिकित्सकद्वारा शारिरीक जाँच गराउने । चिकित्सकले विभिन्न जाँच गरी रोग पक्का गर्न सक्दछन्।
६. उपचार :
ओभरीको क्यान्सरको उपचार यसको स्टेज (stage) मा भर पर्दछ र बिरामीको शारीरिक अवस्थामा पनि धेरै भर पर्दछ। यदि शारिरीक अवस्था कमजोर छ भने आवश्यक उपचार दिन नसक्ने सम्भावना पनि हुन्छ जसले रोगपूर्ण रुपमा उपचार हुने सम्भावना घटेर जान्छ।
मुख्य उपचार पद्धतिः
क) शल्यक्रिया (Operation)
ख) किमोथेरापी
ग) किमोथेरापी र अपरेशन कुन अघि कुन पछि गर्ने भन्ने तय चाँहि
बिरामीको शारीरिक अवस्था र रोगको stage ले तय गर्दछ । उपचारको लागि स्त्रीरोग क्यान्सर विशेषज्ञ र किमोथेरापीको लागि क्यान्सर विशेषज्ञसंग परामर्श गरी उपचार शुरु गराउनु उपयुक्त हुन्छ।
७. उपचार पछि :
क्यान्सरको मुख्य उपचार पूरा भए पछि पनि क्यान्सर रोग विशेषज्ञ (आफ्नो चिकित्सक) संग समय तालिका अनुसार भेट गरिरहनु पर्दछ । Regular Follow up जसले गर्दा समयमै समस्या पत्ता लाग्ने र शुरुको अवस्थामा नै उपचारको थालनी गर्न सकिन्छ ।
निदानका उपायहरु
a. Ultrasound Video X-ray
b. CT Scan
c. MRI Scans
d. X-rays
यी विभिन्न जाँच मध्ये आवश्यकता अनुसार एक वा एक भन्दा बढी पद्धतीको प्रयोग गर्न सकिन्छ
रगतको जाँच (Tumor Marker) Ca – 125
यो रगतमा देखिने एक प्रकारको केमिकल हो । यो सामान्य अवस्थामा पनि शरीरमा पाइन सक्छ तर यसको मात्रा थोरै हुन्छ । ओभरी क्यान्सर भएमा यो अधिक मात्रामा बढ्छ तर यो सबै ओभरी क्यान्सरमा बढ्नै पर्छ भन्ने चाहि छैन र CA-125 को Ovary Cancer Screening मा महत्व छैन ।
४. मासुको जाँच (FNAC / Biopsy)
क्यान्सर रोग पक्का भएको भन्नलाई मासु जाँचको रिपोर्ट आवश्यक पर्छ र यो शरिरमा आएको गाँठोबाट पनि गर्न सकिन्छ र यदि पेटमा पानी भरिएको छ भने पानी तानेर जाँच पनि गर्न सकिन्छ ।
यी विभिन्न जाँचहरुको आधारमा चिकित्सकले तपाईको रोगको अवस्था (stage) भन्न सक्दछन् र उपचारको तयारी गरिन्छ
“आफ्नो शरिरलाई जानौ, चिनौ र पहिचान गरौं,
नियमित भन्दा शंका लागेमा चिकित्सक संग परामर्श गरी ढुक्क बनौं ।” (Bir Hospital, NAMS)

