काठमाडौं । नेपाल मजदुर किसान पार्टीले चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेद्वारा २०७९ साउन १८ गते जारी प्रेस बक्तब्यमा सो निन्दा गरिएको छ ।
अध्यक्ष बिजुक्छेको हस्ताक्षरमा जारी गरिएको उक्त बक्तब्यमा यस्तो कार्य सन् १९७१ मा गरिएको संयुक्त राष्ट्रसंघको २५७८ घोषणा विपरीत हुने जनाइएको छ । बक्तब्यमा अमेरिका स्वयंले “एक चीन नीति” लाई स्वीकार गरेको स्मरण गराउँदै अहिले अमेरिकाले “चिनियाँ मुख्य भूमिबाट ताइवानलाई अलग बनाउने” अभिव्यक्ति दिनु गलत भएको उल्लेख गरिएको छ । त्यस्तो साम्राज्यवादी आक्रामक नीतिको नेमकिपाले निन्दा गर्ने बक्तब्यमा उल्लेख छ । यो कार्य विभिन्न कालखण्डमा चीन–अमेरिकाबीच भएका अन्य सम्झौताको मर्म विपरीत भएको पनि नेमकिपाले बक्तब्यमा स्पस्ट पारेको छ ।
अमेरिकी धम्कीको नेमकिपाद्वारा निन्दा
Comments