काठमाडौं । दुर्गाबहादुर के.सी. नेतृत्वको अन्तर्राष्ट्रिय नेपाली एकता समाजबाट साउदी अरब नेपाली एकता समाजका महासचिव जेवी फौजाले विद्रोह गरेका छन् ।
केसी नेतृत्वको समिति विधि, विधान र पद्धति विपरीत गठन गरिएको भन्दै महासचिव फौजाले आफ्नो समर्थन दुर्गा शर्मा नेतृत्वको अन्तर्राष्ट्रिय नेपाली एकता समाजलाई रहेको स्पष्ट पारेका छन् । महासचिव फौजाले विधान भन्दा विपरीत गएर गठन गरिएको दुर्गा बहादुर केसी नेतृत्वको समितिको भ्रममा नपरी दुर्गा शर्मा नेतृत्वको अन्तर्राष्ट्रिय नेपाली एकता समाजमा आबद्ध भई अघि बढ्न साउदी अरब नेपाली एकता समाजमा काम गरिरहेका प्रवासी नेपालीहरुलाई अनुरोध समेत गरेका छन् ।
महासचिव जेवी फौजाले १७ अगस्ट २०२२ अर्थात् २०७९ भदौ १ गतेका दिन एक प्रेस वक्तव्य जारी गर्दै उक्त अपील गरेका हुन् । महासचिव फौजा द्वारा जारी उक्त वक्तव्यमा अगाडि भनिएको छ–“उपरोक्त सम्बन्धमा म साउदी अरब नेपाली एकता समाज केन्द्रिय समितिको महासचिव पदमा रहेर पार्टी संगठनको काममा साथ दिदै जिम्मेवारी भुमिका निभाउँदै आएको थिए । कुनै पनि पार्टी संगठन निश्चित नियम, विधि विधान र पद्धतिमा परिचालित भएका हुन्छन । तर, दुर्गा बहादुर केसीजीले नेतृत्व गरेको अन्तराष्ट्रिय नेपाली एकता समाजको भेला विधि, विधान र पद्धति भन्दा बाहिरबाट सम्पन्न गरियो । सम्मेलनबाट निर्माण भएको पूर्ण समिति जिबित भएको अवस्थामा पनि अन्तराष्ट्रिय नेपाली एकता समाजको बिधान बिपरित कसैलाई पनि जानकारी नगराई, जिबित समितिलाई भंग गरि आफ्नो मन मर्जीले बिधान भन्दा बिपरित गएर भेला गरि समिति निर्माण गर्ने काम गरियो । यो कार्य बिधान भन्दा बिपरित भएको आवाज मैले संगठनभित्र निरन्तर उठाइरहेको थिएँ । तर मेरो त्यो आवाजको कुनै सुनुवाई भएन । त्यसकारण मैले आजैका मितिबाट दुर्गा केसी नेतृत्वको अन्तर्राष्ट्रिय नेपाली एकता समाज अन्तर्गत रहेको साउदी अरब नेपाली एकता समाज केन्द्रिय समितिमा नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु । साथै अब देखि दुर्गा शर्मा जी ले नेतृत्व गरेको अन्तराष्ट्रिय नेपाली एकता समाजलाई समर्थन गर्दै साउदी अरब नेपाली एकता समाज केन्द्रिय समितिमा काम गरि रहनु भएका सम्पुर्ण साथीहरुलाई भ्रममा नपरी दुर्गा शर्माजी ले नेतृत्व गरेको अन्तराष्ट्रिय नेपाली एकता समाजमा आबद्ध भैई अग्रसर भएर अगाडी बढ्न अनुरोध गर्दछु ।”