विपन्न वर्गलाई ध्यानमा राखेर स्वास्थ्य सेवा दिनुपर्दछ ः राष्ट्रपति

 

चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले विपन्न वर्गहरुलाई ध्यानमा राखेर उपचार सेवा दिनु पर्ने बताएका छन् । राष्ट्रपतिले गरिब जनतालाई अस्पताल तथा स्वास्थ्यकर्मीलेध्यान दिनु पर्ने कुरामा जोड दिएका छन् । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २५औँ वार्षिकोत्सव तथा २०औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गरिब तथा विपन्न वर्गलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउन अस्पताल तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरे ।स्वास्थ्य सेवा संविधानको मौलिक हक अन्तरगत रहेको भन्दै सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु स्वास्थ्य संस्थाहरुको दायित्व भएको भन्दै राष्ट्रपतिले कोही नागरिक पनि रकम अभावमा उपचारबाट वन्चित हुन नहुने कुरामा जोड दिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित