बेइजिङ । बेइजिङको फेङ्ताई जिल्लास्थित एक अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २१ जनाको मृत्यु भएको जिल्लाको अग्नि तथा उद्धार विभागले जनाएको छ ।
अग्नि नियन्त्रकहरूले बेइजिङ चाङफेङ अस्पतालको इनपेशेन्ट विभागको भवनमा दिउँसो १२ः५७ मा आगलागी भएको बताएका छन् । दिउँसो १ः३३ बजे आगो निभाइएको थियो ।
आगो निभाउने क्रममा जसमा ७१ जना बिरामीलाई बाहिर निकालिएको थियो । बेलुकासम्म २१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
Comments