राजमो रुपन्देही जिल्ला समन्वय समितिको प्रथम भेला सम्पन्न 

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला समन्वय समितिको प्रथम भेला २०७८ चैत्र १९ गते भैरहवामा सम्पन्न भएको छ । भेलामा प्रमुख आतिथ्यता नेकपा (मसाल ) केन्द्रीय समन्वय समितिका संयोजक सन्तबहादुर नेपालीको रहेको थियो । भेला उद्घाटन पश्चात् प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै संयोजक नेपालिले नेकपा मसालको मुल नेतृत्वले दक्षिणपन्थी बाटो समातेको हुनाले क्रान्तिकारीहरुलाई एकजुट पार्दै क्रान्तिकारी पार्टी निर्माण गर्ने अभियान अगाडि बढाउन परेको बताएका थिए । नेता नेपालिले सम्बोधनका क्रममा कम्युनिस्ट क्रान्तीकारीहरु छिट्टै एकताबद्ध हुने र सच्चा कम्युनिस्ट आन्दोलन बलियो बन्दै जाने बिश्वास व्यक्त गरे ।

भेलाले नरबहादुर थापाको अध्यक्षतामा १५ पुर्ण , ३ बैकल्पिक र ६ सल्लाहकार सहित २४ सदस्यीय राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति रुपन्देही गठन गरेको छ । गठित समितिको उपाध्यक्ष पार्वती पौडेल , सचिव मनिराम सापकोटा , सह सचिव अर्जुन सर्मा र कोषाध्यक्ष कृष्ण केसी रहेका छ्न । समितिको सदस्यमा डिला रेग्मी , लक्ष्मी न्यौपाने , गणेश थापा , देबेन्द्र आचार्य , हेमराज ढकाल , शशिधर पौडेल , कृष्ण आचार्य , भवानी प्रसाद आचार्य , बिन्दु बहादुर कुँवर र गंगाधर शर्मा रहेका छन । यस्तै समितिका बैकल्पिक सदस्यहरुमा मोतीराज न्यौपाने , कर्णबहादुर थापा र डोलराज बञ्जाडे रहेका छन । भेलाले कपिल पौडेल , भिमबहादुर सिंजापती , बिष्णु घिमिरे , दिलमाया फौजा , नारायण सर्मा र भिमबहादुर कुँवरलाई समितिको सल्लाहकारमा चयन गरेको छ ।

जिल्ला भेलाको उक्त कार्यक्रम नरबहादुर थापाको अध्यक्षता र कपिल पौडेलको संचालनमा अघि बढेको थियो । भेलामा स्वागत मन्तव्य डिला रेग्मीले राखेका थिए । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य बाबुराम आचार्य , नेकपा ( मसाल ) जिल्ला समन्वय समिति रुपन्देहीका प्रवक्ता दिपक पौडेल लगायतका अतिथिहरुले समेत भेलालाई सम्बोधन गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित