जितामित्र सुनारको अध्यक्षतामा २१ सदस्यीय समिति गठन
घोराही । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समन्वय समितिको अध्यक्षमा जितामित्र सुनार चयन भएका छन । राजमो केन्द्रिय समन्वय समितीका अध्यक्ष कृष्णराज पौडेलको प्रमुख आतिथ्यतामा २०७८ चैत्र २४ गते दाङको घोराहिमा सम्पन्न भेलाले जितामित्र सुनारको अध्यक्षतामा २१ सदस्यीय राजमो लुम्बिनी प्रदेस समन्वय समिती गठन गरेको हो । भेला पश्चात् अध्यक्ष जितामित्र सुनारले एक प्रेस बक्तब्य जारी गर्दै भेलाका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन ।
अध्यक्ष सुनार द्वारा जारी उक्त बक्तब्यमा अगाडी भनिएको छ :- ” २०७८ चैत्र २४ गतेको दिन राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समन्वय समितिको प्रथम भेला दागको घोराहीमा सम्पन्न भएको छ । भेलाले विभिन्न निर्णय गरेको छ र त्यसको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।१. भेलाको उद्घाटन राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समिति अध्यक्ष कामरेड कृष्णराज पौडेलले गर्नुभएको छ । भेलामा उद्घाटन मन्तव्य राख्दै अध्यक्ष पौडेलले आज संशोधनवादको कारण नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा रहेको बताउनु भएको छ । आन्दोलनको जगेर्ना गर्ने जिम्मेवारी समन्वय समितिको काँधमा आएको बताउदै “क्रान्ति सर्वहारा वर्गले गर्ने हो दलाल पुँजीवादले होइन” भन्नुभयो । सरकारमा सामेली हुन र सत्ताका विभिन्न राजनीतिक नियुक्तिको भागबन्डामा अंशियार हुनका लागि हामीले संसदीय व्यवस्थाको उपयोग नगरेको प्रसङ्ग कोट्याउदै “संसदीय व्यवस्था प्रतिक्रियावादी व्यवस्था भएकोले हामीले यो व्यवस्थाका विकृति विसंगतिको भण्डाफोर गरेर संघर्ष स्थापित गर्न संसदमा भाग लिएका हौं तर सरकारमा सामेल हुन होइन” भन्ने प्रष्ट पार्नुभयो ।

राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समिति कोषाध्यक्ष ओमबहादुर केसी र सचिव गौरीलाल कार्कीको समेत आतिथ्यता रहेको उक्त भेलालाई शुभकामना मन्तव्य दिनेहरुमा नेकपा ( मसाल ) लुम्बिनी प्रदेश प्रवक्ता शशिधर भण्डारी, सांस्कृतिक मोर्चाको तर्फबाट नारायण योगि, राजमो रुपन्देही अध्यक्ष नरबहादुर थापा, कपिलवस्तु अध्यक्ष हिमलाल वाग्ले, अर्घाखाँची अध्यक्ष राजेन्द्र नेपाली, महिला मोर्चा वसन्ता भट्टराई, जनजाति मोर्चा मंगल घर्ती मगर, नेकपा मसाल प्युठान प्रवक्ता ओविराम जिएम, रुपन्देही प्रवक्ता दिपक पौडेल हुनुहुन्थ्यो । भेला प्युठानका बिरबहादुर पुनको अध्यक्षता, शशिराम बुढाथोकीको स्वागत र रामबहादुर जिएमको संचालनबाट अघि बढेको थियो ।२- भेलाले जितामित्र सुनार ( प्युठान ) को अध्यक्षतामा २१ सदस्यीय प्रदेश समन्वय समिति र ५ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ । उक्त समितिको उपाध्यक्ष रामबहादुर जिएम ( दाङ ), सचिव मनिराम सापकोटा ( रुपन्देही ), कोषाध्यक्ष कृष्ण केसी ( अर्घाखाँची ), सहसचिव गुणनिधी आचार्य ( बाँके ), सदस्यहरुमा बिरबहादुर पुन ( प्युठान ), बाबुराम आचार्य ( रुपन्देही ), रेशम बिसि ( दाङ ), राजेन्द्र नेपाली ( अर्घाखाँची ), शशिराम बुढाथोकी ( दाङ ), हिमलाल वाग्ले ( कपिलवस्तु ), नरबहादुर थापा ( रुपन्देही ), शरद लामिछाने ( बाँके ), गोपाल नेपाली ( दाङ ), गोकर्ण कुमाल ( अर्घाखाँची ), कपिल पौडेल ( रुपन्देही ), कमल खड्का ( कपिलवस्तु ), लिलाबहादुर पुन लालध्वज ( दाङ ), घनश्याम पोख्रेल ( प्युठान ) चयन भएका छन् भने २ स्थान रिक्त राखिएको छ । त्यसैगरी सल्लाहकार सदस्यहरु मिनु सुवेदी ( दाङ ), राम बसु ( अर्घाखाँची ), लिलबहादुर राउत ( प्युठान ), हरि आचार्य ( बाँके ) र टीका विक ( दाङ ) चयन भएका छन् ।
निर्वाचित समितिलाई राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समिती सचीव गौरीलाल कार्की, सहभागी विन्दुबहादुर कुँवर र जनजाति नेता मंगल घर्ती मगरले बधाई ज्ञापन गरेका थिए ।३- भेलाले देउवा गठबन्धन सरकार राष्ट्रघाती एवं साम्राज्यवादको दलाल सरकार भएको ठहर गरेको छ र त्यो प्रमाणित भैसकेको अवस्थामा समेत कामरेड मोहन बिक्रम सिंहको नेतृत्वको मसालले देउवा सरकारको समर्थन गरिरहने र चुनावी तालमेल गर्ने निर्णय गरेकोमा त्यसको विरोध गरेको छ ।४- भेलाले राष्ट्रियताको रक्षा एवं एमसीसी खारेजी सम्बन्धि एजेन्डा, जनतन्त्र सम्बन्धि एजेन्डा, असहज जनजिविका, बढ्दो मंहगी, भ्रष्टाचार, बलात्कार, अन्याय, अत्याचार र विभिन्न प्रकारका संसदीय विकृति विसंगतिका विरुद्ध संघर्षको लागि आन्दोलनात्मक एवं प्रचारात्मक रुपमा स्थानीय तहको निर्वाचन सम्बन्धि कार्यक्रम बनाउने निर्णय गरेको छ साथै गठन हुन बाकी विभिन्न जिल्लामा राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति निर्माण गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ । “