पोखरा । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कास्कीले पोखरा महानगर पालिकाको मेयरमा दिपक गुरुङ्गलाई उठाउने भएको छ । राजमो कास्की जिल्ला समन्वय समितिको २०७९ वैशाख ५ सम्पन्न बैठकले गुरुङ्गलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिक्रम थापाले २०७९ बैशाख ६ गते एक प्रेस बक्तब्य जारी गर्दै बैठकका निर्णयहरु सार्वजनिक गरेका छन ।
अध्यक्ष थापाद्वारा जारी उक्त बक्तब्यमा अगाडि भनिएको छ – “१. बैठकले स्थानीय तहको निर्बाचनको बारेमा गम्भीर रुपले छलफल गर्दै प्रतिक्रियाबादी, प्रतिगमनकारी, दक्षिणपन्थी र बिखण्डनकारीहरुको विरुद्धमा देशभक्त, जनवादी तथा वामपन्थी शक्तिलाई बिजय गराउन आह्वान गर्दै चुनावको उपयोग गर्ने निर्णय गरेको छ । २. बैठकले कास्कीको पोखरा महानगरपालिकाको मेयरमा राष्ट्रिय जनमोर्चा समन्वय समिति कास्कीका सचिब क. डिल बहादुर गुरुङ (दिपक गुरुङ) लाई स्वतन्त्र मेयरको उमेदवारको रुपमा उठाउने निर्णय गरेको छ । ३. बैठकले महानगरपालिकाका केही वडाहरुमा र अन्य पालिकाहरुमा पनि जति सक्दो धेरै स्वतन्त्र उमेदवारहरु उठाउने निर्णय गरेको छ । ४. बैठकले देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसँग कार्यगत एकता गरी चुनावी तालमेलमा जान सकिने नीति खुल्ला गर्ने निर्णय गरेको छ ।”