प्युठान / नेकपा ( मसाल ) जिल्ला समन्वय समिती प्युठानका प्रवक्ता ओबिराम जिएमले पड बाट राजिनामा दिएका छन । प्रवक्ता जिएमले साङ्गठानिक कामकै अन्य जिम्मेवारीका कारण जिल्ला प्रवक्ताको पद बाट राजिनामा दिएका हुन । जिएमले २०७९ बैशाख १० गते एक प्रेस बक्तब्य जारी गर्दै मसाल प्युठान जिल्ला समन्वय समितीको प्रवक्ता पद बाट राजिनामा दिएको घोषणा गरेका छन ।

प्रवक्ता जिएम द्वारा जारी उक्त प्रेस बक्तब्यमा अगाडि भनिएको छ – ” नेकपा ( मसाल ) जिल्ला समन्वय समिती प्युठानको प्रवक्ताको जिम्मेवारीमा रहेर म कृयासिल रहदै आएको कुरा त यहाहरु सबैलाइ अवगत नै छ । आफ्नो जिम्मेवारीलाई मैले आजको मिति सम्म पूरा गर्ने प्रयास गर्दै पनि आइरहेको थिए । तर अहिले मेरो अन्य साङ्गठानिक जिम्मेवारीका कारण म आफ्नो उक्त पार्टी जिल्ला प्रवक्ताको जिम्मेवारी पूरा गर्न नसक्ने अवस्था सृजना भएको छ ।
पार्टीको नीति तथा कार्यक्रम र राजनैतिक लाइन प्रती मेरो पुर्ण साथ समर्थन सदा रहिरहने छ । तर अहिलेको अवस्थामा पार्टी जिल्ला प्रवक्ताको जिम्मेवारी पूरा गर्न म असमर्थ रहेको हुदा यसै प्रेस बक्तब्य मार्फत नेकपा ( मसाल ) जिल्ला समन्वय समिती प्युठानको प्रवक्ता बाट राजिनामा दिएको घोषणा गर्दछु । “