चैत्र – २० , काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानकालागि केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस, श्रमशिविर लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेको छ ।
टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो अभियान टोली क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियानको १७ औं दिन बुधबार १ नं अभियान टोलीले खोटाङको पुरानो सदरमुकाममा दुईवटा कोणसभा सम्पन्न गरेको छ । पार्टीका खोटाङ जिल्ला सदस्य प्रविण राईको सञ्चालनमा सम्पन्न पहिलो कोणसभालाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी अटल र खोटाङ जिल्ला सचिव झमप्रसाद आचार्यले सम्बोधन गर्नुभएको थियो ।प्रविण राईकै सञ्चालनमा भएको अर्को कोणसभालाई क्रान्तिकारी मजदुर महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिना र विद्यार्थी नेता प्रभात भट्टराईले सम्बोधन गर्नुभएको थियो ।खोटाङ बजारका विभिन्न स्थानमा अभियान टोलीले भित्तेलेखन, पर्चा वितरण र ¥याली समेत प्रदर्शन गरेको थियो ।

टोली नम्बर २ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली हिजो सप्तरी जिल्ला रमेश कुमार परिवारको घरमा बास बसेको थियो । रमेश कुमार राम (सुनिल)०६१असार४ सप्तरी बोदे बर्स्याङमा २४ वर्षको उमेरमा साहदत हुनुभएको थियोे । अभियान टोलीले अभियानको सत्रौ दिन अर्थात् २० गते चैत्र सप्तरी जिल्ला खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर बजारमा कोणसभा सम्पन्न गरेको छ । बानेश्वर चौधरीले कार्यक्रम संचालन गर्नुभएको हो । पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् रामनारायण सिंहले मन्तव्य राख्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो । अभियान टोलीले सम्भुनाथ नगरपालिका वडा नम्बर ६ कठौना बजारमा कोणसभा गरेको छ ।कार्यक्रमको संचालन शोभा सेन्चुरीले गर्नुभयो । अभियान बारे सप्तरी जिल्ला इन्चार्ज रोशनले प्रष्ट पार्नुभयो । सम्भुनाथ नगरपालिका रुपनी चोकमा कोणसभा सम्पन्न भएको छ । बानेश्वरले संचालन गर्नुभएको कोणसभामा गगनले अभियान बारे प्रष्ट पार्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो । अभियान टोलीले सप्तरी जिल्ला राजबिराज अदालत चोकमा कोणसभा सम्पन्न गरेको छ । कोणसभाको संचालन एकीकृत दलित मुक्ति मोर्चाका कार्यलय सदस्य शोभा सेन्चुरिले गर्नुभएको हो । सभाको सम्बोधन सप्तरी जिल्ला इन्चार्ज रोशनले र पार्टीको स्थायी कमिटी सदस्य प्रतिकले गर्नुभएको हो । डाक्नेश्वरी नगरपालिका वडा नम्बर ९ पथ्थरगडामा कोणसभा सम्पन भएको छ । सभाको संचालन पार्टीको वैकल्पिक केन्द्रिय सदस्य एवम् मजदुर नेता रंगवीर दोङले गर्नुभएको हो । सभाको सम्बोधन पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् १३ नम्बर ब्यूरो सचिव रामनारायण सिंहले मैथिली भाषामा राख्नुभयो । सास्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभयो । सम्भुनाथ नगरपालिका १२ अर्नाहा चोकमा कोणसभा सम्पन्न भयो । सभाको संचालन सप्तरी जिल्ला इन्चार्ज रोशनले गर्नुभयो ।
सभाको सम्बोधन शोभा सेन्चुरीले गर्नुभएको हो । साँस्कृतिक प्रस्तुति नारायण शर्माले गर्नुभएको हो । सप्तरी डाक्नेश्वरी ५ नम्बर वडा पातो बजारमा कोणसभा सम्पन्न भयो । सभाको संचालन शोभा सेन्चुरीले गर्नुभएको हो । सभाको सम्बोधन प्रतीकले गर्नुभएको थियोे । साँस्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको हो । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ तरहरी चोकमा कोणसभा सम्पन्न कोणसभा सम्पन्न भएको छ । सभाको संचालन सप्तरी जिल्ला इन्चार्ज रोशनले गर्नुभयो । सभाको सम्बोधन पार्टीको वैकल्पिक पोलिटब्युरो सदस्य एवम् १३ नम्बर ब्युरो सचिव रामनारायण सिंहले राख्नुभयो । नारायण शर्माले बेजोड साँस्कृतिक प्रस्तुति दिनु भयो । टोली कल्याणपुरमा बास बसेको छ ।
![]()
टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र २० गते राप्ती सोनारी गाँउपालिका –८ शमशेर गंज जिरो बजारमा कोणसभा सम्पन्न भएको छ। कोणसभालाई विद्यार्थी नेता दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो। हामीले राजतन्त्रको पीडालाई भोगेर आएको छौ। २४० वर्ष सम्म नेपाली जनताले उत्पीडन भन्दा अरु केही पाउन न सकेकाले यो नेपाली जनताको विकल्प हुनसक्दैन भन्नु भयो। विकल्प यथास्थितिवादी पनि होईन। अबको विकल्प अग्रगामी कार्यदिशा हो भन्नु भयो। कार्यक्रमको सञ्चालन अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का बाँके जिल्ला संयोजक प्रकाश वि. क. ले सञ्चालन गर्नु भएको थियो।
राप्ती सोनारी गाँउपालिका –९ को ढकेरी बजारमा अभियान टोलीले ब्यापक प्रचा वितरण गरेको थियो। कोहलपुर नगरपालिका-१२ को चपरगौडी बजारमा पनि ब्यापक प्रचा वितरण गरियो।कोहलपुर नगरपालिकाको कोहलपुर बजारको न्यूरोड चोकमा कोणसभा सम्पन्न भयो। कोणसभाको सञ्चालन बाँके जिल्ला सचिव गुणनिधि आचार्यले गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम सिपि शर्माले गर्नु भएको थियो। अहिले देशमा तिनवटा शक्ति अस्तित्वमा देखिएका छन्। यथास्थितिवादी शक्ति (संसदवादी दलहरु), प्रतिगमनकारी शक्ति (राजावादीहरु) र अग्रगामी शक्ति। यीमध्ये अग्रगामी शक्तिले मात्र नेपालमा रहेको सबै समस्याहरुको समाधान गर्न सक्दछ। यसको नेतृत्व हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मात्र गर्न सक्छ। राजनैतिक चरित्रको हिसावले पनि हाम्रो पार्टी अरु पार्टी भन्दा उच्च प्रकारको छ। अनुशासित, उच्च क्रान्तिकारी भावनाले ओतप्रोत भएको पार्टी मात्र क्रान्तिकारी कार्यभारलाई पुरा गर्न सक्दछ भन्नुभयो। देशमा युवाहरुको बारेमा बोल्दै भन्नु भयो, नेपाल मात्र यस्तो देश हो जसले संस्थागत रुपमा युवाहरूलाई विदेश पलायन गराउछ। युवा श्रमशक्तिलाई स्वदेश भित्र परिचालन गरेर युवा स्वरोजगार बनाउने योजना सरकार र सरकार सञ्चालक संग छैन, भन्दै जोड दिनु भयो । यो व्यवस्था जनताको अवस्था सुधार गर्ने पक्षमा नै छैन भन्नु भयो।कोहलपुर नगरपालिका–३ को मदनपुरमा मुक्त बहादुर थापाको घरमा खाना भयो। खाना खानु भन्दा अगाडि मुक्त बहादुर थापाको ७६ औं जन्मदिनको अवसरमा घर परिवारले आयोजना गरेको कार्यक्रममा अभियान टोली सहभागि भयो। अभियान टोलीको तर्फबाट अभियान टोली प्रमुख कृष्णराज पौडलले मुक्त बहादुर थापाको जन्म दिनको शुभकामना दिनुभएको थियो र सम्पुर्ण अभियान टोली तथा पार्टीका सदस्यहरुले अविर माल्यार्पण गरेर उहाँलाई जन्मदिनको शुभकामना दिने काम भएको थियो।कोहलपुर नगरपालिका–३ को मदनचोकमा कोणसभा सम्पन्न भएको छ। कोणसभामा वैकल्पिक पिविएम तथा अभियान टोली सदस्य जितामित्र सुनार बोल्नु भएको थियो। नेपाल धर्मनिरपेक्ष राष्ट्र हो। धर्मनिरपेक्षता हाम्रो उपलब्धि पनि हो। धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्मलाई राज्यबाट समान व्यवहार गरिनुपर्छ । कुनै एकल धर्म लाध्ने तरिका अति धार्मिक सोच हो। यस्ले एकल धर्मको नाममा धर्म युद्ध सञ्चालन हुन सक्ने बताउनु भयो। अर्का वक्ता पार्टीका जिल्ला सदस्य मुक्त बहादुर थापाले पनि मन्तब्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन बाँके जिल्ला सचिव गुणनिधि आचार्यले गर्नु भएको थियो। वजारमा ब्यापक प्रचा वितरण गरिएको थियो। अभियान टोली बाँकेको कार्यक्रम सकेर सुर्खेत पुगेको छ। सुर्खेतमा ४ नम्बर अभियान टोली प्रमुख तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनले खाँदा र अविर माल्यार्पण गरेर स्वागत गर्नुभएको थियो। सुर्खेतमा ३ नम्बर अभियान टोली र ४ नम्बर अभियान टोलीको संयुक्त बसाइ हुनेछ।
![]()
![]()
टोली नम्बर ४ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोलीले सुर्खेत नगरपालिका वडा नम्बर ३ यरिचोक बजारमा कोणसभा सम्पन्न भयो । प्रमुख वक्ता हेमन्त प्रकाश ओली सुदर्शन ( पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख )हुनुहन्थ्यो । कोण सभालाई दिपक शाही प्रकाशउर्जा ( बैकल्पिकपोलिट्ब्युरो सदस्य तथा ३नं ब्यूरो सचिव )र नवीन खड्का बारुद( पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारी केन्द्रीय कार्यालय सदस्य ) ले सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको संचालन रतन ओली ( पार्टीका सुर्खेत जिल्ला सचिव) ले गर्नु भएको थियो । अभियानका क्रममा अभियान टोलीले कर्णाली प्रदेशका मुख्य मन्त्री यमलाल कडेलसँग उनकै कार्यकक्षमा भेटघाट तथा राजनीतिक छलफल गरेको छ
त्यसैगरी टोलीले कर्णाली प्रदेश प्रहरी प्रमुख शिव कुमार श्रेष्ठ सँग पनि महत्त्वपूर्ण भेटघाट तथा छलफल गरेको छ ।टोलीले आज विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघनट गरेको छ ।टोलीले सुर्खेत सदरमुकाममा व्यापक पर्चा वितरण गरेको छ ।


