– दिपक बहादुर शाही
नेपालगन्ज भाद्र २४ गते मैले जे देखे
जेनजि पुस्ताको आन्दोलनका एजेन्डाहरुमा मेरो समर्थन छ, मुख्य गरेर दुईवटा माग, एक – भ्रष्टाचारको अन्त्य र सुशासन, दुई – स्थायी सरकार कम्तिमा चार वर्ष कार्यकाल भएको, व्यवस्थाका हकमा मेरा आफ्नै धारणा छन् । आन्दोलनमा मैले जे देखे लेख्न मन लाग्यो।
हामीले असार ५ गते भ्रष्टाचार विरुद्धको आन्दोलनको घोषणा गरेका थियौं, देशमा रहेको दलाल संसदीय व्यवस्थाबाट आम जनता प्रताडित भए, सरकारसंग जोडिएका राजनैतिक दल र यस व्यवस्थाका तीन वटै अंगहरुमा मिलेमतोमा, भ्रष्टाचार भयो भनेर । शिक्षा निःशुल्क भनियो, संविधानमा झन धेरै शिक्षालाई भ्रष्ट र व्यापारीकरण गरियो, स्वास्थ्य निःशुल्क भनियो, झन धेरै महंगा महंगा निजी अस्पतालहरु खोलिए र माफियाकरण गरियो। गरिव जनताले लडेर ल्याएको व्यवस्थामा न्याय पाउने कुरा दुर्लभ बन्यो, पैसा भएकाहरुका लागि मात्र न्याय बन्यो । न्यायाधीशहरु धेरै भ्रष्ट भए र न्याय क्षेत्र डुङडुङ्ग गनायो। देशका तिनै तहका सरकारहरुका सेवा क्षेत्रहरु दलाल र भ्रष्टहरुले कब्जा नै गरि सकेका थिए । सार्वजनिक सम्पतिहरु सवै माफियाकरण भए। वैदेशिक रोजगारका नाममा मानव तस्करि भए र आज यसरी विदेश गएका नागरिकहरु ठूलो दुःख र पीडामा छन् । कोही जेलमा छन् त कोही लुकेर जीवन वताउन बाध्य छन्। कोही डिपोट गरिदैछन्। ठुला ठुला सुन काण्डहरु भए, देशका सवै प्रकृतिक श्रोतहरु एक पछि अर्को गर्दै विदेशीहरुलाई सुम्पियो, असमान सन्धि सम्झौताहरुको देशमा चाङ लागि सके , दलका नेताहरुका कारण मुख्य मुख्य श्रोतहरुमा मिलोमतोमा लुटपाट गरियो, राष्ट्र सेवक भनिएका कर्मचारीहरु विदेशी इशारामा, राष्ट्र सेवाका नाममा भ्रष्टाचार र राष्ट्रघातमा लिप्त वने, सवै सुरक्षा अंगहरु पराईको इसारामा नच्ने र कमाउ धन्दामा सामेल भए । यी तमामखालका समस्याहरु भए भनेर हामीले लेखेर दिएका थियौं। हामीलाई थाहा थियो देश पश्चगमन तिर जाँदैछ भनेर भनेका थियौं र सचेत गर्दा गर्दै पनि अहंकारको सिकार बन्यो देश, यसको परिणाम स्वरुप देशमा जेनजि आन्दोलनको नाममा दलाल सरकारले नरसंहार गर्यो। यसरी नेपालका सवै शहरहरुमा पश्चगमन र विदेशि दलालहरुले निर्दोश जेनजि युवा विद्यार्थीहरुको आवरणमा ताण्डप मच्चाए।
मैले नेपालगन्जको पुस्पलाल चोकमा भएको ताण्डपमा धेरै दक्षिणका अनुहार देखे । अनि धेरै लागु औषध प्रयोगकर्ता, केही गुण्डाहरु अनि केही ईमानदार जेनजिहरु थिए, जहाँ जेन्जि हाए हाए, राजा आउ, वालेन सरकार, केपि वलि र …….को वाहान जस्ता अरानैतिक र अमर्यादित नाराहरु लागाउँदै थिए । केही वेरमा दस बाह्र जना राजावादी युवाहरुको टिम आयो । अनि सडक ट्राफिक लाईटमा ढुङ्गा हानियो । पूर्ण रूपमा ध्वस्त पनरियो , र ट्राफिक वस्ने स्टेन प्रहरी ड्युटी घर जलाए अनि केही राजावादी युवाहरु पुस्पलालको सालिक माथि चढेर तोडफोड गरे ठूलो घनलिएर तोड्न थाले अनि केही ढलेपछि खुसी मनाए।
केही वेरमा सेतु वि.क.चोकमा गए र हाम्रो राजा हाम्रो सान भन्दै सेतु वि. क.को सालिक पनि तोडफोड गरे, यो टोली बढीमा १२० जना जति थिए, ठीक त्यही समयमा वि.पि. चोकमा पनि वि.पि. को सालिक ढाले अनि नगरपालिमा भित्र गएर आगो लगाए । यिनीहरु बढी २०० जना जति थिए । त्यस पछि गणेशमान चोक पनि तोडफोड गरे र लगभग २ः३० वजे तिर अदालत, मालपोत, सिडियो कार्यालय, नापि, यातायात, वार एसोसिएसन, लगायतका भवनहरुमा आगजनि गरे र खरानी पारियो, यसरी नै देशै भरका सवै कार्यालय भित्र रहेका मोटरसाइकल, गाडिहरु घिसारेर केही व्यक्तिहरुले लगि रहेका थिए । कसैले कम्पुयूटरका सि.पि. यू .हरु बोकि रहैका थिए र केही व्यक्तिहरु यहाँ रहेका सवै कागजहरु जलाउनु पर्छ भनी रहेका थिए । यस कार्यमा साना साना वच्चाहरु समेतको प्रयोग गरिएको थियो।
३०० जति आन्दोलनकारी थिए। अब यो आन्दोलन भन्सार तिर अघि बढ्यो र त्यहाँ पनि आगजनि गरे । भन्सारमा रहेको चामल लगायत सवै सामाग्रीहरु लगे, गाडि लगे मोटरसाईकलहरु गुडाउदै लगे । अनि त्यो भिड उतै, गयो र ताण्डप सकियो। देशका सवै मुख्य शहरहरु सुनसान बन्यो । सून्य भयो । धुलो परिि।
केही वेरमा कोही कसैसंग सम्बन्ध थिएन, केवल मानिसहरु आफ्नो बचाउमा थियो। कानुनी राज्य, सरकारका कुनै अनुभुति थिएन, लाग्छ मानिस फेरि ढङ्गे युग तिर फर्कियो । लगभग आठ बजे तिर अर्को सुचना आयो । नौ वज्दा कारागारमा गोली चल्यो । पाँचजनाको मृत्यु भयो, अनि मैले सोचे किन यस्तो भयो ? काठमाण्डौमा कारागारबाट मानिसहरु निकालेर घर पठायो । सुरक्षाका कारण भनेर देशका अन्य भूभागका जनतालाई कानुन पनि उस्तै हैन र ? कि कानुन पनि देशका भूभाग अनुसार फरक फरक छ र ? भन्ने लाग्यो। यसरी मेरा शहरहरु काठमाडौ, पोखरा, नेपालगन्ज, सुर्खेत , धनगढी, बुटवल, दाङ, चितवन, विरगञ्ज, विराटगर, धरान र धनकुटा लगायत मेरा सवै शहरहरु केही वेरमा सुनसान बन्यो।
फेरि सोचे हामिले गरेको महान जनयुद्धमा जसरी हामी संग यो सेना यो प्रहरी, लडाइ लड्यो १४३०० भन्दा बढीको ज्यान गयो । के यी नेपाली थिएनन् र ? यी कहिल्यै पनि अरुको कब्जामा लिन नसकेका सरकारी कार्यलयहरु १२, १४ घण्टामै खरानी बने । के भयो होला तेति धेरै सुरक्षा अंगलाई ? थुप्रै प्रश्न र जिज्ञासाहरु छन्। मन मस्तिष्कमा । यी संरचनाहरु त केही बर्षमा निर्माण गर्न सकिएला । त्यहाँ भएका ऐतिहासिक अभिलेखहरु जेनजिहरुलाई नचाहिने होला ? के देश अब कट्पुतलिहरुले चलाउने भए? के देश अन्तरास्ट्रिय शक्ति केन्द्रको सिकार भयो? के पश्चगामीहरुले यसको भरपुर फाईदा लिए ? यी यस्ता विषयहरु सबै अनुत्तरित छन, यसको जवाफ नेपाली जनताले खोजेका छन्। नेपालको राजनीतिमा भएका पार्टीका लाखौं पार्टी सदस्यहरु कता गए, को सबै सदस्यहरु झोले नै हुन त, यिनसंग कुनै राजनीति, विचार, दर्शन, रहेन छ त ? यसरी सवै विवेकहीन मान्छेहरुको जमात रहेछ त ? यसरी हामीले यो व्यवस्था मान्ने दलाल संसदीय व्यवस्थाको आफ्नो भन्ने केही हुदैन, न उसको उत्पादन हुन्छ, न आफ्नो विचार राजनीति हुन्छ, न आफ्नो देश हुन्छ, न त आफ्नो राष्ट्र, राष्ट्रियता हुन्छ, भनेर सवै सचेत नागरिकलाई भन्दै र लेख्दै आएका थियौं । सत्य सावित भएन त ? यी थुप्रै विषयहरुको जबाफ कस्ले दिन्छ ? हेर्न बाँकी छ र अर्को विद्रोह हुनबाट अब कसैले रोक्न सक्ला ? यसैले अब हुने विद्रोह जनवादी हुँदै वैज्ञानिक समाजवादको हो र हुन्छ ।
( लेखक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक पि.बि.एम. तथा भेरी कर्णाली व्युरो सचिव हुनुहुन्छ )

