काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लक्ष्मी सुलुपति श्रद्धाञ्जली व्यक्त गरेको छ । लक्ष्मी सुलु पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य श्रीकृष्ण सुलुकी ममतामयी आमा हुनुहुन्थ्यो । माघ ५, २०८२ मा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव गौरवले प्रेस–वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ
भक्तपुर नगरपालिका वडा नं. २ व्यासी निवासी लक्ष्मी सुलुको हिजो २०८२ माघ ४ गते ९२ वर्षको उमेरमा काठमाण्डौको के.एम.सी. अस्पतालमा दुःखद निधन भयो । उहाँ लामो समयदेखि मृगौला, फोक्सो, मुटु लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य कमरेड श्रीकृष्ण सुलुकी ममतामयी आमा हुनुहुन्थ्यो । उहाँका ३ छोरा, ३ बुहारी र नाति नातिनाहरु हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी लक्ष्मी सुलुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. श्रीकृष्ण सुलु लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।

