काठमाडौं । मृतक लक्ष्मी सुलुको निधनमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको श्रद्धाञ्जली व्यक्त गरेको छ । ११४६ सिल्लाथ्वः पारु(विस ०८२ माघ ५)मा नेवाः राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष पवनमान श्रेष्ठले
शोक वक्तव्य जारीगरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ । – गौरवशाली मोर्चा, नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाःको पूर्व केन्द्रीय सचिव तथा हालको राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य श्रीकृष्ण सुलुका ममतामयी आमा लक्ष्मी सुलु ९२ उमेरमा उपचारका क्रममा केएमसी हस्पीतलमा हिजो पोहेलागाः आमै (माघ ४ गत)े ५ः३० बजे साँझ निधन भयो । उहाँ किड्नी, फोक्सो आदि रोगबाट पीडित भएर उपचार भैरहेको र हस्पितलमा रोगीको अवस्थाअनुसार उपचारको व्यवस्था तथा व्यवस्थापनको अभावमा उहाँको आकस्मिक निधन भयो । श्रमजीवी किसान तथा उत्पीडित नेवाः जातिको पक्षमा सन्तानहरुको मन लगाउन सफल रहनु भएका निधन हुनु भएका ममतामयी आमा लक्ष्मी सुलुप्रति नेवाः राष्ट्रिय मुक्ति मोर्चा, नेपाः हार्दिक श्रद्धान्जली अर्पण गर्दैं शोककुल श्रीकृष्ण सुलुलगायत उहाँका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
निधन भएका आमा लक्ष्मी सुलु विस १९९० जेठ २० गते किसान परिवारमा जन्मनु भएका र बिवाहपछि ब्यासी भक्तपुर घरमा तीन जना छोरा र तीन जना छोरी हुर्काउनु भयो । उहाँका छोराहरु शिवभक्त सुलु, शिवराम सुलु र श्रीकृष्ण सुलु तथा छोरीहरु लक्ष्मी त्वाजु, मैयाँ केसरी सुवाल र शिव माया बोजु हुनुहुन्छ ।
पवन मान श्रेष्ठ
संयोजक
राष्ट्रिय सम्मेलन आयोजक समिति

