कोलम्बोबाट साम्राज्यवादविरुद्ध गर्जन ःदक्षिण एसियाली विद्यार्थीहरूको ऐतिहासिक कोलम्बो घोषणापत्र जारी

 

काठमाडौं । दक्षिण एसियाका वामपन्थी विद्यार्थी सङ्गठनहरूले साम्राज्यवादी–पुँजीवादी लुटविरुद्ध संयुक्त संघर्षको ऐतिहासिक घोषणा गर्दै श्रीलंकाको कोलम्बोबाट ‘कोलम्बो घोषणापत्र’ २०८२ माघ १८ गते सार्वजनिक गरेका छन् ।
आर एस यु श्रीलंका एड्सो इण्डियाको आयोजनामा  को आयोजनामा २०२६ जनवरी २८–३० मा आयोजि साउथ एसिएन स्टुडेण्टस्ले शिक्षा मानव अधिकार हो, नाफाको मालसामान होइन भन्ने स्पष्ट सन्देशसहित दक्षिण एसियामा बढ्दो शिक्षा निजीकरण, नवउदारवादी हमला र शैक्षिक उपनिवेशवाद विरुद्ध साझा आन्दोलन निर्माण गर्ने संकल्प गरेको छ ।
घोषणापत्रमा आजका शिक्षालयहरूलाई ज्ञान उत्पादनका केन्द्रबाट नाफाका कारखानामा रूपान्तरण गरिएको भन्दै यसलाई विद्यार्थी, श्रमिक र उत्पीडित वर्गमाथिको सुनियोजित वर्गीय युद्धका रूपमा व्याख्या गरिएको छ । र विश्व बैंकजस्ता साम्राज्यवादी वित्तीय संस्थाको आदेशमा लागू गरिएका निजीकरण र ऋण–जालले दक्षिण एसियाका युवाहरूलाई बेरोजगारी, बाध्य आप्रवासन र असुरक्षित भविष्यतर्फ धकेलेको ठहर गरिएको छ ।
सम्मेलनले क्याम्पसहरूमा विद्यार्थी सङ्घ निर्वाचन रोकिँदै जानु, विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइनु र असहमतिको आवाज दमन गरिनु शिक्षा क्षेत्रमा लोकतन्त्रको हत्या भएको निष्कर्ष निकालेको छ ।
कोलम्बो घोषणापत्रले गाजामाथिको अमानवीय घेराबन्दी, भेनेजुएलामाथिको हस्तक्षेप, तथा हिन्द महासागर क्षेत्रमा बढ्दो साम्राज्यवादी सैन्यीकरणलाई साम्राज्यवादको नाङ्गो रूपको रूपमा औँल्याउँदै यसको विरुद्ध दक्षिण एसियाली विद्यार्थीहरूको संयुक्त प्रतिरोध अपरिहार्य भएको स्पष्ट पारेको छ ।
पुँजीवादी–कर्पोरेट ‘विकास’ मोडेलका कारण हिमालयका हिमनदी पग्लिँदै र टापु राष्ट्रहरू डुबानको खतरामा परेको उल्लेख गर्दै घोषणापत्रले पर्यावरणीय विनाश र साम्राज्यवादी लुट एउटै सिक्काका दुई पाटा भएको दाबी गरेको छ ।
साथै, दक्षिणपन्थी अतिवाद, साम्प्रदायिक राजनीति र धार्मिक उग्रवादद्वारा विद्यार्थी तथा श्रमिक वर्गलाई विभाजन गर्ने षड्यन्त्रविरुद्ध वर्गीय एकता सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ ।
भारत, नेपाल, पाकिस्तान, बंगलादेश र श्रीलंकाका आठ वामपन्थी विद्यार्थी सङ्गठनहरूको सहभागितामा सम्पन्न सम्मेलनले दक्षिण एसियाली संयुक्त वाम विद्यार्थी मोर्चा निर्माणतर्फ निर्णायक कदम चालेको दाबी गरेको छ । सम्मेलनमा नेपालबाट नेकपा ९बहुमत० निकट अखिल ९क्रान्तिकारी०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) निकट अखिल समाजवादी र वैज्ञानिक समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन गरि तीनवटा संगठनको प्रतिनिधित्व रहेको थियो ।
अखिल (क्रान्तिकारी) बाट अध्यक्ष विरेन्द्र शाह र सचिवालय सदस्य छत्र बिकको सहभागिता रहेको थियो । सम्मेलनमा अध्यक्ष विरेन्द्र शाहले साम्राज्यवादको अधीनमा शिक्षा ःचुनौती र प्रतिरोध विषयमा पुजीवाद( साम्राज्यवादले विश्वमा सिर्जना गरेको चुनौती र नेपालमा त्यसको प्रभावबारे संगठनको तर्फबाट डकुमेन्ट प्रस्तुत गरेका थिए । प्रस्तुत डकुमेन्टले नेपाल लगायत तेस्रो विश्वमा पुजीवाद(साम्राज्यवादले शैक्षिक उपनिवेश कायम गरेको र त्यसका विरुद्ध लड्न साझा पहलकदमी आवश्यक रहेको औल्याइएको थियो ।
सोही विषयलाई घोषणापत्र मार्फत सम्बोधन गर्दैघोषणापत्रमा भनिएको छ, ूहामी दक्षिण एसियाका सम्पूर्ण विद्यार्थी तथा उत्पीडित जनसमुदायलाई साझा एकताको नाराअन्तर्गत संगठित भई यी शक्तिहरूलाई परास्त गर्न र शोषणमुक्त समाज निर्माणको बाटो खोल्न आह्वान गर्दछौं ।

घोषणापत्रको पुरा पाठ नेपालीमा

दक्षिण एसियाली वामपन्थी विद्यार्थी सङ्गठनहरूको घोषणापत्र
(कोलम्बो घोषणा)
दक्षिण एसियाका विद्यार्थीहरू आज इतिहासको निर्णायक मोडमा उभिएका छौं । मानव सभ्यताले जितेको एक मौलिक अधिकार—निःशुल्क, सार्वभौम र गुणस्तरीय शिक्षा—आज साम्राज्यवादी पुँजीवादी एजेन्डाको योजनाबद्ध आक्रमणको सिकार बनिरहेको छ । शिक्षा प्रणालीलाई बजारको मालसामान बनाउँदै, ज्ञानलाई नाफाका लागि बेचिने वस्तुमा रूपान्तरण गर्ने प्रतिक्रियावादी नीतिहरूलाई हामी स्पष्ट रूपमा अस्वीकार गर्दछौं ।
शिक्षालयहरू आज शिक्षाको मन्दिर होइन, नाफाको बजार बनाइएका छन् । यो केवल नीतिगत कमजोरी होइनस यो विद्यार्थी समुदाय, श्रमिक वर्ग र उत्पीडित जनसमुदायमाथि सत्ताधारी राज्यसत्ताद्वारा गरिएको सुनियोजित वर्गीय आक्रमण हो । साम्राज्यवादद्धारा निर्देशित नवउदारवादी बजार व्यवस्थाको दबाबमा निःशुल्क शिक्षाको संरचना ध्वस्त पारिँदैछ र आलोचनात्मक चेतनायुक्त, सामाजिक उत्तरदायित्व बोकेको आधुनिक मानव निर्माण गर्ने शिक्षाको ऐतिहासिक उद्देश्य जानीजानी समाप्त गरिँदैछ । शिक्षा प्रणालीलाई आज्ञाकारी श्रमशक्ति उत्पादन गर्ने कारखानामा सीमित गरिएको छ ।
हामी दृढतापूर्वक घोषणा गर्दछौं—शिक्षाको सारतत्त्वमाथि भइरहेको यस व्यापारीकरण र ध्वंसलाई पराजित गर्न दक्षिण एसियाली विद्यार्थी आन्दोलनको साझा, सशक्त र अन्तर्राष्ट्रिय प्रतिरोध निर्माण गरिनेछ ।
आज दक्षिण एसियामा देखिएको यो बहुआयामिक संकट विश्व वित्तीय पुँजीका उपकरणहरू—अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ र विश्व बैंक—द्वारा थोपारिएको हो । यी संस्थाहरूले साम्राज्यवादी महाशक्तिहरूका आदेशपालकका रूपमा काम गर्दै सार्वजनिक क्षेत्रमा जबर्जस्ती निजीकरण थोपरेर उनीहरूले शिक्षा, स्वास्थ्य, यातायात तथा सबै सार्वजनिक सेवामाथिको जनसमुदायको अधिकार खोसिरहेका छन् ।
बेरोजगारी, गरिबी र असमानताका कारण दक्षिण एसिया सस्तो श्रम उत्पादन गर्ने क्षेत्रका रूपमा रूपान्तरण भइरहेको छ । लाखौँ युवा बाध्य आप्रवासनमा धकेलिएका छन् । आर्थिक शोषणसँगै जनताका बाँकी रहेका लोकतान्त्रिक अधिकारहरू पनि निर्ममतापूर्वक कुण्ठित गरिँदैछन् । असहमतिको आवाजलाई अपराध घोषणा गर्दै विद्यार्थी सङ्गठनहरू प्रतिबन्धित गरिँदै, क्याम्पसरकलेजहरूमा विद्यार्थी सङ्घको निर्वाचन रोकिँदै शैक्षिक क्षेत्रमा लोकतन्त्रलाई समाप्त पारिँदैछ ।
हामी स्पष्ट रूपमा भन्छौं—जब शिक्षा र स्वास्थ्य सेवा मानिसको खल्तीको तौलले निर्धारण हुन्छ, त्यो मानवताविरुद्धको गम्भीर अपराध हो ।
दक्षिण एसियाली विद्यार्थी एकताका रूपमा हामी साम्राज्यवादी लुटेरा शक्तिहरूविरुद्ध संयुक्त संघर्ष सुरु गर्ने ऐतिहासिक प्रतिबद्धता व्यक्त गर्दछौं । हाम्रा सार्वभौम राष्ट्रहरूको आन्तरिक मामिलाबाट सबै साम्राज्यवादी हस्तक्षेपको तत्काल अन्त्यको माग गर्दछौं । भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेप र गाजामाथिको अमानवीय घेराबन्दी साम्राज्यवादको वास्तविक चरित्रका ज्वलन्त उदाहरण हुन्—जहाँ आक्रमण, लुट र भू–राजनीतिक स्वार्थलाई मानव जीवनभन्दा माथि राखिन्छ । हामी यी सबै साम्राज्यवादी एजेन्डाविरुद्ध संघर्ष गर्ने साझा सहमति जनाउँछौं र साम्राज्यवादका सिकार सबै उत्पीडित जनता, राष्ट्र र विद्यार्थीहरूको पक्षमा दृढतापूर्वक उभिने प्रण गर्दछौं ।

यसका साथै, हिन्द महासागर क्षेत्रमा बढ्दो साम्राज्यवादी सैन्यीकरणको खतरालाई हामी नजरअन्दाज गर्न सक्दैनौं । विश्व साम्राज्यवादी शक्तिहरूले हाम्रो क्षेत्रका आज्ञाकारी कठपुतली शासकहरूको सहयोगमा हाम्रा समुद्री क्षेत्रलाई आफ्नो विश्वव्यापी प्रभुत्व स्थापनाका लागि भू–राजनीतिक युद्धभूमिमा रूपान्तरण गर्ने प्रयास गरिरहेका छन् । यस प्रकारको साम्राज्यवादी चलखेल र नाफालाई मानव जीवन र पृथ्वीको अस्तित्वभन्दा माथि राख्ने पुँजीवादी–कर्पोरेट ‘विकास’ मोडेलको संयोजनले हामीलाई पर्यावरणीय विनाशको छेउसम्म पुर्‍याइसकेको छ । हिमालयमा पग्लिँदै गरेका हिमनदीदेखि माल्दिभ्सका डुब्न थालेका तटले स्पष्ट गर्दछ कि आज दक्षिण एसियाली जनताको अस्तित्व नै गम्भीर खतरामा परेको छ ।
यी सबै संकटहरूसँगै, हाम्रो यस क्षेत्रमा दक्षिणपन्थी अतिवादी विचारधाराको अभूतपूर्व फैलावट र त्यस्ता शासकहरूको उदय पनि हामीले प्रत्यक्ष रूपमा देखिरहेका छौं, जसले धार्मिक उग्रवादलाई थप सुदृढ बनाइरहेका छन् । यसको परिणामस्वरूप सबै प्रकारका अल्पसङ्ख्यकमाथि अत्याचार बढिरहेको छ र साम्प्रदायिक विचारधारा क्षेत्रभर फैलाइँदैछ । ‘लोकप्रिय’, ‘प्रगतिशील’ जस्ता नाराहरू र कार्यक्रमहरूको आवरणमा ती नै शासकहरूले जनविरोधी नीतिहरू लागू गरिरहेका छन् । हामी साम्प्रदायिकता र सत्ताधारी वर्गका विभाजनकारी विचारहरूविरुद्ध विद्यार्थी समुदाय र श्रमिक वर्गको एकतालाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै, शिक्षा क्षेत्रलाई साम्प्रदायिक र केन्द्रीकृत गर्ने सत्ताधारी वर्गका सबै प्रयासहरूविरुद्ध संघर्ष गर्ने प्रण गर्दछौं ।
पुँजीवादी–साम्राज्यवादी शासक वर्गले विद्यार्थी र युवाहरूको नैतिक तथा चारित्रिक मेरुदण्ड भत्काउने प्रयास पनि गरिरहेको छ । जिम्मेवार विद्यार्थी सङ्गठनका रूपमा विद्यार्थी र युवालाई अमानवीय बनाउने वर्गीय षड्यन्त्रविरुद्ध उच्च संस्कृति, नैतिकता र वैज्ञानिक विचारधाराको आधारमा सशक्त आन्दोलन निर्माण गर्नु हाम्रो ऐतिहासिक दायित्व हो ।
शिक्षाको लागि लडाइँ साम्राज्यवाद–पुँजीवादविरुद्धको संघर्ष र मानवताका लागि हुने संघर्षसँग अविभाज्य रूपमा गाँसिएको छ । हामी दक्षिण एसियाका सम्पूर्ण विद्यार्थी तथा उत्पीडित जनसमुदायलाई साझा एकताको नाराअन्तर्गत संगठित भई यी शक्तिहरूलाई परास्त गर्न र शोषणमुक्त समाज निर्माणको बाटो खोल्न आह्वान गर्दछौं । हामी, दक्षिण एसियाका वामपन्थी विद्यार्थी सङ्गठनहरू, शिक्षा, मानवता र मानव सभ्यतालाई जोगाउन जुझारु संघर्ष विकास गर्नेछौं ।
यसै सन्दर्भमा, वामपन्थी विद्यार्थी आन्दोलनबारे विचार र अनुभवको आदान–प्रदान गर्न तथा यस क्षेत्रका प्रगतिशील विद्यार्थी आन्दोलनहरूलाई सहयोग पुर्‍याउन हामी साझा संघर्षको सुरुवात गर्न चाहन्छौं । यो कोलम्बो घोषणा त्यही दिशामा उठाइएको पहिलो कदम हो, र हामी दृढ विश्वास गर्दछौं कि यसले छिट्टै दक्षिण एसियामा एक सच्चा संयुक्त वाम विद्यार्थी आन्दोलनको मंचको रूप लिनेछ । हामी पूर्ण विश्वासका साथ भन्छौं—यो मंच यस क्षेत्रमा वास्तविक विद्यार्थी संघर्ष विकास गर्ने सशक्त औजार बन्नेछ ।
विद्यार्थी एकता जिन्दावाद !
साम्राज्यवाद मुर्दावाद !
समाजवाद जिन्दावाद !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित