इरानका सर्बोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या

 

काठमाडौं । इरानका सर्बोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या भएको छ । अमेरिकी र इजरायली हवाई आक्रमणको पहिलो दिन २०२६ फेब्रुअरी २८ ( २०८२ फागुन १६) मा अयातोल्लाह अली खामेनीको हत्याभएको हो । खामेनी ८६ वर्षका थिए । उनको मृत्यु भएको इरानी सरकारी टेलिभिजनले पुष्टि गरेको छ ।

१९७९ को इस्लामिक क्रान्तिपछि इरानको सत्तामा आएका थिए । त्यस क्रान्तिले अमेरिकाका सहयोगी शासक शाह मोहम्मद रेजा पहलवीलाई सत्ताच्युत गरेको थियो ।

इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनी थिए। उनको ३ जुन १९८९ मा निधन भएको थियो ।

खामेनीसँग सरकारका सबै निकाय, सेना र न्यायपालिकामाथि अन्तिम अधिकार रहन्छ । यसका साथै उनले देशको सर्वोच्च आध्यात्मिक नेताका रूपमा पनि भूमिका निर्वाह गर्छन् ।

खामेनीलेको पश्चिमा देशहरूसँगको शत्रुतापूर्ण सम्बन्ध रह्यो । उनले संयुक्त राज्य अमेरिकालाई इरानको पहिलो शत्रुका रूपमा घोषणा गरेका थिए । इजरायललाई पनि उस्तै शत्रुको रूपमा हेरेका थिए । इरानमा ४० दिन शोक दिवस घोषणा गरिएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित