काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य बालकृष्ण सुवेदीले सिताराम बुढाथोकी र डिल्लीराम बोहराको गिरफ्तारीबारे स्पष्ट गर्दै आफ्नो फेस बुक वालमा लेख्नु भएको छ –
“क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १५ नम्बर ब्युरो इन्चार्ज कमरेड सिताराम बुढाथोकी तथा सचिब कमरेड डिल्लीराम बोहरालाई आज मिति २०८२ फाल्गुण १६ गते कमरेड डिल्लीराम बोहराको कोठावाट गिरफ्तार गरिएको छ । बिमारी आमामाको स्याहारसुसार गरिरहेको अबस्थामा र कमरेड सिताराम आमालाई बिरामी हेर्न आउनु भएको बेला वहाहरु दुबै जनालाई बिनाकारण पक्राउ गरिएको छ । यसले के पुष्टि हुन्छ भने गत भाद्र २३र२४ को विध्वङ्स पछि बनेको शुशिला कार्की नेतृत्वको पश्चिमा साम्राज्यवादको कठपुतली सरकार निरङकुश निर्दलिय तानाशाही तथा फासीवादी चरित्र उदाङगो भएको छ ।फरक विचारमाथिको चरम दमनले राज्यआतङ्क श्रीजना गरी उनीहरुले नै मन्चन गरिरहेको कथित संसदीय निर्वाचनको नाटकको जिम्मेवारीबाट भाग्ने वहाना खोजिरहेको देखिन्छ । यसले के देखाउछ भने राज्यआतङ्कका बल बारबारा फाउन्डेशन, युथकाउन्शिल वा अमेरिकि दलाल जबरजस्ती निवार्चित गर्ने षडयन्त्र पर्दाफास हुदै गएको र अव नयाँ बहानामा सत्ताको आयु लम्ब्याने षडन्त्रको तानाबुन्न लागेको देखिन्छ ।
नागरिकले भोट दिने वा नदिने मौलिक हकको कुरा हो । यो कठपुतली निरङ्कुश सरकारले नागरिकका सामान्य भन्दा सामान्य हक समेत कुण्ठित गर्दै लगेको छ ।अत ः नागरिकको अभिब्यक्ति स्वतन्त्रता र मानव अधिकार रक्षाकालागि सम्पूर्ण राष्टवादी देशभक्त तथा न्यायप्रेमी जनसमुदाय मा एकता बद्ध भई आवाज उठाउन हार्दिक अपील गर्दछु । साथै पक्राउ पर्नु भएका कमरेडहरुलाई अबिलम्व स सम्मान रिहाइ गर्न जोडदार माग गर्दछु ।”

सिताराम बुढाथोकी

डिल्लीराम बोहरा

