वैशाख२५ ,काठमाडौं।नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ।नेपालसरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरुभएको मेला वैशाख२९गते सम्म चल्नेछ।मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गर्नु भएको थियो ।कार्यक्रममा नेपाल,चीन र बंगदादेशका गरी १२०बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरू सँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघले जनाएको हो । यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १०औं संस्करण सम्म आइपुगेको छ।
मेलामा डिजिटल पेमेन्ट पाटनर आइएमइपे, अफिसियल इन्स्योरेन्स,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पाटनर भायनेट र सपाटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्टट्रेडिङ कर्पोरेशनलि ,चाइना एक्जिविशन एण्डफोरम कम्पनीलि। गार्मेन्ट एशोसिएयन नेपाल एक्जिविशन लाइट हाउस, इन्ट्रोडक्सन टे«ड सोज नेपालप्रा.लि रहेको र मेलामा निशुल्क प्रवेशको वयवस्था गरिएको छ ।मेलामा नेपालस्थिति थाइल्याण्ड र इजरायल,युएइका राजदूत अन्तर्राष्ट्रियश्रमसंगठन (आइएलओ)का देशिय निर्देशक तथा अमेरिका,रुस, पाकिस्तान, बंगलादेशका राजदुतावासका आर्थिक मामिला प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।