लोकनारायण सुबेदी
विश्वमा गत बर्ष नै यूक्रेनले संसारका सबैभन्दा बढी हतियार आयात गर्ने देशहरुमा भारतलाई समेत बिस्थापित गरिदिएको थियो । यसमा सबैभन्दा बढी अमेरिकाले यूक्रेनलाई ४५ प्रतिशत हतियार आपूर्ति कार्यमा सहयोग गरेको हो । अनि जर्मनी र पोल्याण्डले क्रमशः १२ र ११ प्रतिशत हिस्सा हतियार यूक्रेनलाई दिएको तथ्यांक छ। हुन पनि अमेरिकाको हतियार सहयोग बिना यूक्रेन सम्भवतः रुसी हमलाको केही महिनाभित्र नै रुसका सामु आत्मसमर्पण गरिसक्ने थियो भन्ने बिश्लेषण पनि यतिबेला जारी नै रहेको छ ।
हुन पनि महत्वपूर्ण हतियार आपूर्तिका लागि आयातमा भरपर्नुपर्ने देशहरुका लागि लामो समयसम्म चल्ने गरेका युद्धमा शामिल हुने कुरा अत्यन्तै जोखिमपूर्ण र गम्भीर हुन सक्तछ । वास्तबमा बर्तमान समयमा बिश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता यूक्रेनले, डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि यो कठोर सत्य थाहा पाइसकेको पनि छ । हालै यूक्रेनलाई रुससँग लड्नका लागि अमेरिकी हतियारहरुको आपूर्ति सुरक्षित तुल्याउनका निम्ति यूक्रेनले आफ्नो प्रसस्तै दुर्लभ भू–खनिज अमेरिकालाई बुझाउनु परेको तीतो यथार्थलाई स्पष्ट पारेको छ ।
हुन पनि यूरोप, एशिया र एशिया–प्रशान्त क्षेत्रहरुमा बढ्दो सैन्य गतिबिधि कारण हालैका बर्षहरुमा हहियार तथा गोला बारुदको मागमा धेरै ठूलो बृद्धि भएको यसका बिज्ञहरु बताउँदछन् ।स्टकहोम इण्टरनेशनल पीस रिसर्च इन्स्टीचयूट(सिप्री)ले औंल्याए अनुसार बिश्मा सैन्य खर्चमा अभूतपूर्ब बृद्धि भएको देखिदै आएको छ । बितेको बर्षमा मात्रै बिश्व सैन्य खर्च २,७१८ ट्रिलियन डलरसम्मप पुगिसकको थियो जुन त्योभन्दा अघिल्लो बर्ष २०२३ को भन्दा यथार्थतः ९.४ प्रतिशतले बृद्धि भएको थियो । यो स्थिति शीत युद्धको समाप्ति पछिदेखि यता हरेक बर्ष हुने गरेको बृद्धिभन्दा धेरै बढी बृद्धि भएको औल्याइन्छ । आज बिश्वका कयौ भागहरुमा सैन्य खर्च बढिरहेको छ । यूरोप र पश्चिमा एशिया दुबै क्षेत्रमा यसमा तीब्रतम बृद्धि भएको बिश्व सैन्य खर्चका अध्येता बिश्लेषकहरु उल्लेख गर्दछन् ।उनीहरुका अनुसार शीर्षस्थ पाँच सैन्य खर्च गर्ने देशहरुमा अमेरिका, चीन, रुस,जर्मनी,र भारत रहेका छन् । समग्रमा मिलाएर भन्दा ती पाँच देशहरुको कूल सैन्य खर्चमा बिश्वको ६० प्रतिशत हिस्सा पर्दछ ।तिनको संयुक्त सैन्य ब्यय मात्रै पनि १,६३५ ट्रिलियन डलर हुन पुग्दछ ।
गएको बर्ष नै यूरोप(रुस समेत)मा मात्र यस्तो सैन्य खर्च १७ प्रतिशतले बढेर ६९३ बिलियन डलर पुगेको तथ्यांक प्रकाशितभएको थियो । हालयूक्रेनमा युद्ध चलेको तेश्रो बर्ष जारी रहिरहँदा पूरै यूरोपमा सैन्य खर्च बढ्दै गयो जसबाट यूरोपेली महाद्विपको सैन्य खर्च उल्लेखनीय रेकर्ड स्तरमा पुग्न गएको कुरा प्रकाशमा आएको छ । अनुमानितरुपमा रुसको सैन्य खर्च २०२४ मा १४९ बिलयन डलरसम्म पुगेको थियो ।सकल घरेलु उत्पादनको ३४ प्रतिशतका साथै २०२४ मा कुुनै पनि देशको सबैभन्दा बढी यूक्रेनमाथि यो सैन्य खर्चको बोझ रहेको र बढेको थियो ।
अनि यस अबधिमा जर्मनीको सैन्य खर्च २८ प्रतिशत बढेर ८८.५ बिलियन डलर पुगेको छ । त्यसरी नै पोल्याण्डको सैन्य खर्च २०२४ मा ३१ प्रतिशतबाट बढेर ३८.० बिलियन डलर पुग्न गएको थियो । नाटोको बिशाल सैन्य खर्चको समर्थन गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अप्रसन्नताका कारण जर्मनी र अन्य कयौं यूरोपले देशहरुद्वारा अपनाइएका नीतिहबरुबाट बिश्लेषकहरुले पत्ता लगाएका छन् कि यूरोप उच्च र बढ्दो सैन्य खर्चको एउटा नयाँ युगमा प्रवेश गरिसकेको छ ।
यसैगरी अमेरिकी सैन्य खर्चमा ५.७ प्रतिशतले बृद्धि भएर त्यो खर्च ९९७ बिलियन डलरसम्म पुगिसकेको छ भने यूरोपेली नाटो सदस्यहरुले कूल ४५४ बिलियन डलर सैन्य खर्च गरेका छन् । त्यो गठबन्धनले गरेको कूल सैन्य खर्चको ३० प्रतिशत हिस्सा हो । बिश्व हतियार निर्यात डेटाका अनुसार शीर्षस्थ २० हतियार निर्माता देशहरुमा अमेरिका, रुस, फ्रान्स, चीन, जर्मनी, इटली, यूके, इजरायल र दक्षिण कोरिया रहेका छन् ।
त्यसरी नै पश्चिमा एशियाली क्षेत्रमा पनि २०२४ मा सैन्य खर्च १४ प्रतिशतले बढेर २४३ बिलियन डलर पुगिसकेको थियो । बितेको बर्ष मात्रै इजरायलको सैन्य खर्च ६५ प्रतिशतले बढेर ४६.५ बिलियन डलर पुगिसकेको थियो ।लेबनानको सैन्य खर्चा २०२४ मा ५८ प्रतिशतले बढेर ६३५ बिलियन डलर हुनपुगेको थियो ।
हुन त आश्चर्यजनकरुपले क्षेत्रीय संघर्षमा संलग्न हुने र क्षेत्रीय प्रोक्सी युद्धका लागि यसको समर्थनको आवश्यकता हुँदा हुँदै पनि इरानको सैन्य खर्च भने बास्तबिकरुपमा १० प्रतिशतले घटेर २०२४ मा ७.९ बिलियन डलर रहन गएको थियो । इरानमाथि प्रतिबन्धको प्रभावले सैन्य खर्च बढाउने उसको क्षमतलाई सीमित तुल्याइदिएको हुन सक्ने अनुमान गरिएको छ । बिश्वमा दोश्रो सबैभन्दा ठूलो सैन्य खर्च गर्ने देश चीनले आफ्नो सैन्य खर्चलाई सात प्रतिशतले बढाएर अनुमानतः ३१४ बिलियन डलर पुर्याएको छ । उता जापानको सेनाले पनि २०२४ मा सैन्य ब्ययमा २१ प्रतिशतले बृद्धि गरेर ५५.३ बिलयन डलर पु¥याएको छ । भारत पनि बिश्वको सैन्य खर्च गर्ने पाँचौ ठूलो देश मानिन्छ उसको सैन्य खर्च पनि बृद्धि गरे ८६.१ बिलियन डलर पुगेको बिश्लेषकहरु उल्लेख गर्दछन् । भारतले चालु आर्थिक बर्षको बजेमा ९.५३ को रेकर्ड बृद्धि गरेको बताइएको छ ।
अनि भारतको सदियार छिमेकी पाकिस्ताले पनि आफ्नो सैन्य र रक्षा खर्चमा आफ्नो आर्थिक बर्ष २०२५÷२६ को बजेटमा निकै ठूला अर्थात् १९ प्रतिशतले बृद्धि गरेको छ । पाकिस्तान पनि भारत जस्तै मूलत बिभिन्न देशहरुबाट अधिकांश हतियार आयात गर्ने देशहरु मध्येमा परेको र हात हतियारमा परनिर्भर देश रहेको छ ।हुन पनि परस्पर लडाई लड्ने ती दुबै देशको स्थितिको बिडम्बनमा के छ भने दुबै प्रतिद्वन्द्वी दक्षिण एशियाली देश भारत र पाकिस्तान हतियार आयातमा अत्यन्तै परनिर्भर रहेका छन् । हतियारहरुमा भारतको ऐतिहासिक आयात निर्भतार पाकिस्तान, चीन, बंगलादेश जस्ता छिमेकी देशहरुसँगको मनोमालिन्य रहेका कारणले पनि यसरी हतियार भित्र्याउनु परेको र यो चिन्ताजनक स्थितिरहेको समेत बताइने गरिदै आएको छ ।
रुस स्वयं लामो समयदेखि नाटो बिस्तारका कारणले गर्दा यूक्रेन युद्धमा फँसेको छ नै, तर पनि रुस भारतलाई सबैभन्दा बढी हतियार आपूर्तिकर्ता देश रहेकै छ । भनिन्छ कि यो पछिल्लो समयमा भने रुसको त्यो हिस्सेदारी कम हुँदै गएको छ । अनि भारतले हतियार आयातमा बिबिधता ल्याउन थलेबाट पनि उसको भारतमा आपूर्ति कम हुँदै गएको देखिन्छ । भारत सैन्यरुपले शक्तिशाली देश बन्नका लागि महत्वपूर्ण हतियारमा आत्मर्भिर हुन सोचिरहेको पनि बताइन्छ । यसले गर्दा उसको सैन्य खर्च अझ बढ्ने र त्यसको प्रभाव छिमेकी देशहरुलाई पनि पर्ने औंल्याइदैछ । भारतलाई हतियार आपूर्तिमा सहयोग गर्ने रुस र इजरायल दुबै लामो लडाईमा अल्झिरहेकोले पनि भारतले आफै हतियार खर्च बढाउने स्थिति सिर्जना भएको समेतउल्लेख गरिदै छ ।
त्यसरी नै पाकिस्तान पनि हतियार अधिकांशतः आयात गर्ने देशमा नै पर्दछ र यसमा पाँचौ राष्ट्रमध्येमा रहेको तथ्यांकले दर्शाउँदछ । पाकिस्तान हतियार आयातका लागि छिमेकी देश चीनमाथि बढी निर्भर रहेको बताइन्छ । २०२० देखि २०२४का बीचमा पाकिस्तान हतियार आयातमा चीनससँग ८१ प्रतिशत आयात गर्ने गरेको तथ्यांक छ । त्यसमा भारत चीनको पाकिस्तान लगायत दक्षिण एशियाली देशमा बढ्दो प्रभावबाट निकै चिन्तित देखिन्छ । पाकिस्तान भारतको एक चौथाई आकारको सानो देश भएर पनि हात हतियारमा बिश्वको पाँचौ देशमा परेको र उसको बिश्व हतियार आयातमा ४.६ प्रतिशतको हिस्सेदारी रहेको उल्लेख गर्दछ । बितेको बर्षको मात्रै कुरा गर्ने हो भने बिश्वमा शीर्ष पाँच हतियारआयातकर्ता देशहरुमा यूक्रेन, भारत, कतार , साऊदी अरब र पाकिस्तान रहेका देखिन्छन् । यी यावत कुराले बिश्वमा हात हतियारमा ठूलो लगानी र यसको ठूलो ब्यापार चलेको प्रष्ट छ । यसरी युद्धजन्य र युद्धको स्थिति सँधै कायम राखिराख्ने निरन्तर सन्त्रासको स्थिति विद्यमान रहन्छ । अनि यसले चौतर्फी मानवीय विकास तथा आम शान्तिका लागिका श्रोत साधनको बजेट र लगानीलाई अपूर्ब असर पार्दछ र यथार्थत अर्बौं मानिसको आँतलाई सुकाउने र मार्ने काम गर्दछ भन्ने कुरा कतै नलुकेको र खुलस्त भइरहेको कुरा छ ।

