युद्ध अन्त्यको लागि वार्ता र संवाद आवश्यक ःप्रधानमन्त्री

काठमाण्डौ, १२ माघ । प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले विश्वमा शान्ति स्थापनाको कार्य निकै चुनौतीपूर्ण रहेको भन्दै शान्ति स्थापनाकोलागि वार्ता संवादको आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्र संघीय निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिसंगको भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । उनले नेपाल विश्वशान्तिको पक्षमा रहेको बताउँदै शान्ति स्थापनामा नेपाली मोडेल निकै प्रभावकारी रहेको समेत रहेको बताए ।

संयुक्त राष्ट्रसंघीय निशस्त्रीकरण मामिलासम्बन्धीको प्रतिनिधि इजुमी नाकामित्सु सहितका भेटमा नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्तिको केन्द्र बन्ने बताईन् साथै उनले शान्तिस्थापनामा नेपालले खेलेको भूमिकाको पनि स्रहाना गरिन् । भेट निकै उत्साहपूर्ण रहेको थियो ।

विश्वमा अहिले रुसयुक्रेन युद्ध ,इजरायल प्यालेष्टाईनबीचको युुद्धका कारण हज्जारौं मानिसहरुको मृत्यु हुनुका साथै लाखौं घाईते भएका छन् ।र लाखौंको विस्थापन भईरहेको छ । शान्ति स्थापनाका प्रयासहरुले केही काम गरिरहेको छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित