काठमाडौं । अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीहरुलाई लक्षित गरी हवाई आक्रमण शुरु गरेका छन् । हुथी विद्रोहीहरुलाई दवाउन भन्दै १२ जनवरी देखि हवाई आक्रमण शुरु गरेका हुन् । अमेरिका र बेलायतसहित यो हवाई आक्रमणको सहयोगीको रुपमा अष्ट्रेलिया, बहराईन, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, न्यूजिल्याण्ड मिलेर हवाई आक्रमणको घोषणा गरेका छन् । अमेरिका र बेलायतसहित आक्रमणमा सहभागीहरुले यो हवाई आक्रमण सही भएको बताएका छन् । यसले लाल सागरमा देखिएको तनावलाई कम गर्ने उल्लेख गरेका छन् ।
हुथीहरुले सामुन्द्रिक व्यापारलाई खतरामा पारेको र व्यापारिक स्वतन्त्रता हनन गरेको उनीहरूले आरोप लगाएका छन् । जहाँ हुथीहरु रहेका छन् त्यहा आक्रमण गर्ने भन्दै हवाई आक्रमण जारी राखेका छन् । उनीहरुको यो कदमले मध्यपूर्वमा थप युद्धको संकट गहिरिने लक्षण देखिएको छ ।
अमेरिका र बेलायत सहित अन्य देशको साथ सहयोगमा आक्रमण शुरु भएपछि हुथीहरुले यो आक्रमणको दुवै देशले भारी मूल्य चुकाउनु पर्ने छ भन्ने संदेश दिएका छन् । यो हवाई आक्रमणलाई पूरा रुपमा स्वीकार गर्न नसकिने बताईरहेका छन् । उनीहरुले यसको लागि तयार रहेको र आफूहरुसँग कुनै विकल्प नरहेको बताईरहेका छन् । उनीहरुले यात आफूहरुको जीत हुने यात शहिद बनिने कुरा स्पष्टताका साथ राखेका छन् । उनीहरुले यो पनि बताइरहेका छन् कि अमेरिका र बेलायत हुथी हरुको सेनाबाट भाग्न विवश हुनेछन् । अमेरिका र बेलायतले आक्रमण शुरु गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुईट्रेसले सबै पक्षसंग लाल सागरको स्थितिलाई नविगार्न शान्ति र स्थायीत्व कायम राख्न अनुरोध गरेकाछन् ।
यमनमा हुथी लक्षित आक्रमणको घोषणा भएपछि यमनको सानामा हज्जारौंको प्रदर्शन भएको छ । उनीहरुले यमनका हुथीहरुमाथि जुन आक्रमणको घोषणा गरिएको छ । यसले ठूलो मूल्य चुकाउनु पर्ने बाताएका छन् । प्रदर्शनमा यमन र प्यालेष्टाईनको झण्डाहरु बोकेका प्रर्दशनकारीहरुले अमेरिकन ब्रिटिसअमेरिकाको आक्रमणको विरोध गरेका छन् । उनीहरुले “अमेरिकाको मृत्यु इजरायलको मृत्यु” भन्ने नाराहरु लगाएका छन् । हुथी विद्रोहीका प्रमुखले गाजाको समर्थन गर्ने आफ्नो निर्णयमा अडिग र प्रतिबद्ध रहेको बताएका छन् । उनीहरुलाई कुनै पनि आक्रमणले विचलित बनाउन नसक्ने बताईरहेका छन् । हुथीहरुले आफ्नो सेनालाई ध्वस्त गर्न सजिलो नभएको बताएका छन् र उनीहरुले हुथीहरुमाथिको आक्रमणले अमेरिका र बेलायतले मध्यपूर्वमा थप युद्ध भडकाउने र युद्धको नयाँ मोर्चा बनाउने छ भनेका छन् । उनीहरुको एक मात्र माग भनेको गाजामाथिको आक्रमण रोक्नु पर्ने र नाकावन्दी तत्काल खुलाउनु पर्ने बताएका छन् ।
हुथीहरुलक्षित आक्रमणले मध्यपूर्वका युद्धको संकट झनै गहिरिने देखिन्छ । अमेरिकाले हुथीहरुलाई साउदी अरब तथा इरानको सहयोग तथा समर्थन रहेको आरोप लगाईरहेको छ । हुथीहरुले अमेरिकी सहयोगमा गाजामा भईरहेको आक्रमण रोक्नु पर्ने भन्दै लाल सागरमा व्यापारिक पानी जहाजहरुमाथि आक्रमण र अवरोध गर्दै आइरहेका थिए । अक्टोबर सातमा हमासले गरेको इजरायल आक्रमणको विरोधमा हमास विरुद्ध जारी राखेको इजरायलको आक्रमणको विरोध गर्दै हुथीहरुले लालसागरमा खासगरी अमेरिकी ,इजरायली र बेलायती पानी जहाजहरुलाई लक्षित गरी आक्रमण गर्दै आईरहेको थियो । हुथीहरुको आक्रमणको जवाफी कारबाही स्वरुप अमेरिका र बेलायतसहितले हुथीहरुमाथि आक्रमण जारी राखेका छन् । यसले मध्यपूूर्वमा तनाव सिर्जना गरेको छ । उनीहरुको प्रस्तुती हेर्दा आक्रमण यक्तिकैमा रोकिनेजस्तो छैन । अमेरिकाले हमासविरुद्ध इजरायललाई आर्थिक तथा हतियार सहयोग गर्दै आईरहेको छ । इजरायलले विश्वले प्यालेष्टाइनमा हमला रोक्न गरेको अनुरोधलाई अस्वीकार गर्दै हमला जारी राखेको छ । गाजामा मानवीय संकट गहिरिँदो छ । अझ हुथी लक्षित भन्दै यमनमा पनि आक्रमण जारी राखेमा आसपासका देशहरुले कस्तोे रणनीति लिने हुन् ? छिमेकीदेशमा भईरहेको हमलाको चुपचाप हेरेर बस्ने स्थिति त नहोला । यसले विश्व भरिको नै राजनीतिक ,आर्थिक,तथा व्यापारिक गतिविधिमा फेरबदल आउन सक्छ । किनकि विश्वको व्यापारको १५ प्रतिशत हिस्सा यहि लाल सागरबाट हुने गरेको छ । हुथीहरु माथिको आक्रमणबाट साम्राज्यवाद युद्ध बिना बाँच्न सक्दैन भन्ने पुष्टि भएको बिश्लेशकहरूले बताएक छन् । विश्व भरी साम्राज्यवादले सृजना गरेको युद्धबाट स्वयमले चिहान खन्ने काम गरिरहेको पनि समीक्षा भैरहेको छ ।

