डडेल्धुरा । भारतले अतिक्रमण गरेको नेपाली भू- भागका कालापानी गुञ्जी इलाकाका सात गाउँ गुञ्जी, नाभी, कुटी, रोङकाङ, नपलच्यु गर्ब्याङ र बुदीको गाउँहरु गुञ्जी गाउँको मल्लसेरा चौरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत बिहीबार भर्चुवल माध्यमबाट नेपालको दार्चुला जिल्लाको व्यास गाउँपालीकाको वार्ड न. १ रहेका गुञ्जीगाँउको तल्लसेरा चौरमा विद्यालय र नजिकै शिवभगवानको मन्दिर मुर्ती ९ शिवधाम० लगायतका भौतिक सँरचना निर्माण गर्नका लागि जम्मु कस्मिरबाट भारतीय प्रधानमन्त्री मोदीले भर्चुवल माध्यमबाट शिलान्यस गरेका छन।
नेपालले जारी गरेको चुच्चे नक्सा भित्र नाभी कुटी परेपनि गुञ्जीका सातगाउँ नेपालको पुरानो नक्सा भित्र पर्ने भु(भागहरु हुन। नेपालको पुरानै नक्सा भित्र पर्ने गुञ्जीको तल्लसेरा चौरको नेपाली भु- भागमा भारतीय सरकारले स्कूल र शिवमन्दिर निर्माण गर्न लागेका हुन् ।
शिलान्यास अवसरमा सीमावर्ती पिथौरागढ सदरमुकाममा बिहीबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा भारतका अजय टमटा पिथौरागढ जिल्ला अलमोडा लोकसभा सदस्य सहभागी थिए । उत्तराखण्ड प्रदेशका राज्यमन्त्री गणेश भण्डारी, धारचुलाका ब्लक प्रमुख धनसिंह धामी, पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी रिना जोशी पनि सो कार्यक्रममा सहभागी थिए । शिवधाम परियोजनाका लागि ७५ करोड भारतीय रुपियाको वजेट विनियोजन गरेको वताइन्छ। नेपालको गुञ्जीमा निर्माण गरिन लागेको शिवधामबारे नेपाल सरकार भने बेखबर छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले शिवधाम निर्माण र शिलान्यासबारे आफूलाई थाहा नभएको बताएका छन्। पिथौरागढको शिलान्यास कार्यक्रमका सहभागीले मोदीले शिलान्यास गरेको यो शिवधामलाई हिन्दूहरुको पाँचौं पवित्र धाम हुने बताएका छन्। –लालबहादुर जाग्री

