काठमाण्डौ , १ चैत्र । संसदको तल्लो सदन प्रतिनिधि सभामा निजामति सेवा विधेयक पेश भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सो विधेयक संसदमा पेश गरेका हुन् ।
विधेयकमा कर्मचारीको अवकाश पाउने उमेर हद ६० वर्षको व्यवस्था रहेको छ । ५५ वर्ष उमेर पुगेका कर्मचारीले स्वच्छिक अवकाश लिनचाहेमा पाउने व्यवस्था रहेको छ । निजामति सेवा विधेयक लामो समयदेखि विचाराधीन रहेको थियो ।
Comments

