चैत्र २४ को सम्झनामा कार्यक्रम सम्पन्न

काठमाडौं । चैत्र २४ को सम्झनामभा नेकपा (मशाल) काठमाडौंको आयोजनामा काठमाडौंको बागबजारमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ । ऐतिहासिक चैत्र २४ जनआन्दोलनको स्पीरिटलाई आत्मसात गरौं भन्ने मूल नाराका साथ आयोजना भएको कार्यक्रम नेकपा (मशाल) काठमाडौंको जिल्ला सेक्रेटरी तथा पिविएम चिन्तामणि शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

छलफल कार्यक्रममा हाँक साप्ताहिकका व्यवस्थापक ओमबहादुर के.सी., नेकपा (मशाल) काठमाडौंका प्रवक्ता बलिभद्र शर्मा, अखिल नेपाल महिला संघ केन्द्रीय महासचिव मनु वि.क., रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य टेकहरी न्यौपाने, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव सागर भण्डारी, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सीमा नेपाली, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्य, नेकपा माओवादी केन्द्रका केशवनाथ योगीले २०४६ सालको चैत्र २४ को ऐतिहासिक जनआन्दोलनको मर्मको बारेमा स्पष्ट पारेका थिए ।

चैत्र २४ गते ऐतिहासिक दिन रहेको कुरा वक्ताहरुले स्मरण गरे । त्यो दिनमा जनताको अभूतपूर्व आन्दोलनमा सहभागिता रहेका कारण र शहिद हुन तयार भएको कारण पंचायतको अन्त भई बहुदलीय व्यवस्था स्थापना भएको कुरा वक्ताहरुले बताए । आन्दोलनको बलमा परिवर्तन भएपनि अहिलेसम्म जनतन्त्र र जनजीविकामा केही परिवर्तन हुन नसकेको त्यसको लागि थप आन्दोलनको आवश्यकता रहेको कुरामा जोड दिए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित