क्षमता अभिवृद्धि तथा उत्पे्ररणात्मक सम्पन्न

 

चैत्र २४ नवलपुर   गण्डकी वचत तथा ऋण सहकारी संस्था लि.गैडाकोटको क्षमता अभिवृद्धि तथा उत्पे्ररणात्मक कार्यक्रम मिति २०८० चैत्र २३ गते शुक्रवार सम्पन्न भएको छ । । गण्डकी वचत तथा ऋण सहकारी संस्था लि. गैडाकोटको सञ्चालक समिति, क्षमता अभिवृद्धि तथा उत्पे्ररणात्मक उप समितिहरु, उच्च व्यवस्थापन समुहकालागि क्षमता अभिवृद्धि तथा उत्पे्ररणात्मक कार्यक्रम होटल एभरेष्ट ताजमहल, गैडाकोट २ को सभाहलमा संस्थाका अध्यक्ष श्री पोषण राज सुवेदीको अध्यक्षता,गैडाकोट नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत श्री झविन्द्र खनाल ज्यूको प्रमुख आतिथ्यता र एसियाली ऋण महासंघका पूर्व अध्यक्ष, नेफ्स्कूनका पूर्व अध्यक्ष साथै नेपालको सहकारी अभियानका अभियन्ता श्री ऋषिराज घिमीरे ज्यूको सहजीकरणमा सम्पन्न भएको हो । संस्थाका सचिव तथा शिक्षा उप समिति संयोजक श्री कुल प्रसाद पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो । साथै संस्थाको हाल सम्मको वित्तिय अवस्था तथा संस्थाले सञ्चालन गरेको कार्यक्रम तथा गतिबिधिहरुको बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुवेदीले प्रस्तुती करण गर्नु भएको थियो । गैडाकोट नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत श्री झविन्द्र खनालले शुभकामना मन्तव्य राख्दै गैडाकोट नगरपालिका कार्यालयभित्र कार्यक्षेत्र बनाई कारोवार गर्ने साथै स्थानीय सरकार गैडाकोट नगरपालिका कार्यालयले गण्डकी साकोस पहिलो नम्वरमा रहेको उत्कृष्ट साकोसको रुपमा रहेको र अन्य सहकारी संस्थाको लागि अनुकरणीय रहेको कुरा व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा आजका प्रशिक्षक एसियाली ऋण महासंघका पूर्व अध्यक्ष, नेप्mस्कूनका पूर्व अध्यक्ष साथै नेपालको सहकारी अभियानका प्रभावशाली अभियन्ता श्री ऋषिराज घिमीरे सहजीकरण गर्दै सहकारी कारोवार ठुलो, कार्यक्षेत्र धेरै समट्ने, धेरै शेयर सदस्यहरु धेरै भएर मात्र उत्कृष्ट सहकारी नहुने भन्दै आफ्नो साकोसमा रहेको सदस्यहरु सत प्रतिशत सकृय सदस्य गराउने, पल्र्स मापदण्ड वमोजिमका सवै सुचाङ्कहरु ठीक ठाउँमा राख्न सक्ने, संस्थाको कारोवारमा सम्पूर्ण शेयर सदस्यहरु सन्तुष्ट भएको खण्डमा पनि संस्था उत्कृष्ट हुने कुरामा राख्नुभएको थियो । संस्थाका वारेमा सम्पूर्ण सञ्चालकहरु, सम्पूर्ण उप समितिहरु जानकारी रहनु पर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिकाका सहकारी अधिकृत श्री देवेन्द्र गौतम, गैडाकोट नगरपालिका वडा नं। १ का वडाअध्यक्ष श्री शुरेन्द्र प्रसाद रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सञ्चालक समिति, लेखा तथा सुपेरिवेक्षण समिति, सम्पूर्ण उप समितिहरु, सल्लाहकारहरु र संस्थापक अध्यक्षको उपस्थिति रहेको थियो । अन्तमा उपस्थित गैडाकोट नगरपालिका कार्यलयका प्रमुख प्रशासकीय अधिकृत, गैडाकोट नगरपालिका कार्यलयका सहकारी अधिकृत, प्रशिक्षक साथै गैडाकोट नगरपालिका कार्यालय वडा नं। १ का वडाअध्यक्षलाई कार्यक्रम अध्यक्ष श्री पोषणराज सुवेदीले मायाको चिनो हस्तान्तरण गरी आफ्नो मन्तव्य सहित उपस्थित सवैमा धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित