बक्यौता छिटो बुझाउन नेपाल विद्युुत प्राधिकरणको आग्रह

 

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङक लाइन मार्फत विद्युत् आपूर्ति लिएका उपभोक्तालाई बक्यौता रकम छिटो बुझाउन आग्रह गरेको छ । नेपाल विद्युत प्राधिकरणले आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो ।मन्त्री परिषदको बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो ।
वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,’ प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ ।
उद्योगीहरुले २२अर्ब रकम बराबरको विद्युत महसुल रकम नतिरेको प्राधिकरणले जनाउँदै आएको छ । विद्युत महसुल नतिर्ने उद्योगहरुको विजुलीको लाईन पटक पटक काटिने जोडिने हुँदै आएको छ । गत कार्तिक २५ गते बसेको मन्त्री परिषद बैठकले उद्योगहरुको काटिएको विजुली तत्काल जोड्न र १५ दिन भित्र विजुलीको महसुल तिर्न निर्णय गरेको थियो भने प्राधिकरणको वोर्ड बैठकले विजुली जोड्ने निर्णय गरेको थियो ।उद्योगहरुले खपत गरेको विद्युत महसुल तिर्न पटक पटक आनाकानी गर्दै आइरहेका छन् । विद्युत खपत गरेको दशक वित्न लाग्दा समेत उद्योगीहरुबाट विद्युत महसुल उठाउन विद्युत प्राधिकरण असफल भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित