काठमाडौं । होटलको ग्यास सिलिन्डर विष्फोट हुँदा बुधबार राति मुगुको रारा तालको किनारमा रहेको डाँफे होटलमा आगलागी भएको बताइएको छ । आगलागीबाट चारवटा भवन जलेर नष्ट भएका छन् ।
नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आगो नियन्त्रणमा लिएका छन् ।