१५ फागुन, काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जापानी लगानीकर्ताहरुलाई उत्साहित भएर लगानी गर्न अनुरोध गरेका छन् ।नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ मा आजबाट शुरु भएको समिटमा भाग लिन नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुलाई भेट्दै पौडेलले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।विदेशी लगानीकर्ताहरुको लागि जलविद्युत, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको लागि आकर्षक क्षेत्र रहेको भन्दै यी क्षेत्रहरुमा ढुक्क भएर लगानी गर्न भनेका हन् । कार्यक्रमको अवसरमा मन्त्रीले निजी क्षेत्रका सरोकारहरुलाई सम्बोधन गरी विभिन्न कानुनहरु अध्यादेशमार्फत संशोधन गरी लगानीको लागि सहज वातावरण तयार गरेको पनि बताए ।
Comments

