चियो भन्ज्याङबाट जनसम्बन्ध विस्तार अभियानको उद्घाटन

चैत्र – ४, फिदिम। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पाँचथरबाट सुरु हुने जनसम्बन्ध विस्तार अभियानको आज नेपाल भारत सिमाना चियो भन्ज्याङमा उद्घाटन गरिएको छ । पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय स्तरबाट गठित ४ टोली मध्ये एक टोलीका नेता राम सिंह श्रीसले मशाल प्रज्वलन गरी अभियानको उद्घाटन गर्नु भयो । नेता राम सिंह श्रीसले यस अभियानले पार्टी र जनताको सम्बन्ध जोड्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले वर्तमान संसदीय व्यवस्थाले देश र जनताको समस्या समाधान गर्न नसक्ने हुनाले नयाँ जनवादी क्रान्ति आबश्यक भएको स्पष्ट गर्नु भयो । कार्यक्रमको सन्चालन पार्टीका पोलिटब्युरो सदस्य तथा १६ नम्बर ब्युरो ईन्चार्ज सुरेन्द्र भण्डारी, स्वागत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पाँचथर जिल्ला ईन्चार्ज पुष्प सुवेदी र अध्यक्षता पार्टीका पाँचथर जिल्ला सेक्रेटरी कृष्ण चौलागाईंले गर्नु भएको थियो । पार्टीका पोलिटब्युरो सदस्य चन्द्रहरी सुवेदी अटल, क्रन्तिकारी टेड युनियन महासंघ नेपालका केन्द्रीय संयोजक इश्वर तिमिल्सिना ,क्रान्तिकारी महिला संगठन नेपालका सहसंयोजक शारदा महत, क्रान्तिकारी युवा संघ नेपालका सहसंयोजक दोर्जी शेर्पा, क्रान्तिकारी किसान महासंघ नेपालका सचिवालय सदस्य बालकृष्ण सुवेदी, पार्टीका केन्द्रीय सदस्य धनमाया निरौला अनु र नाम भगत लिम्बू लगायतको आतिथ्यता थियो ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित