सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुटवल । वर्तमान संकटग्रस्त राजनीतिक अव्यवस्थाका बारेमा बुटवलमा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न राजनीतिक दल , संघ संस्था , नागरिक समाजका अगुवाहरुको उक्त अन्तरक्रियामा सहभागिता रहेको थियो ।मार्क्सवादी विचार मञ्चका अध्यक्ष युवराज पन्थीले अहिले देशको राजनीति संकटग्रस्त अवस्थामा छ । प्रतिगामी शक्तिहरुको सकृयता बढ्दो छ । यस्तो हुनुमा यो व्यवस्थाका शासक दलहरु जिम्मेवार छन्।अब देश यथास्थितिमा रहन्छ वा पश्चगमन तर्फ धकेलिने हो भन्ने विकल्प खडा भएका छन् ।देशभक्त गणतन्त्रवादीहरुको कर्तव्य देशलार्इ अग्रगमन तर्फ लैजाने पहलकदमी उठाउनु पर्ने हुन्छ भन्दै अग्रगामी शक्तिहरु एकाकार हुनुपर्ने कुरामा जोड दिनु भयो ।
अर्का सहभागी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीले वर्तमान अवस्थामा राजा ज्ञानेन्द्रको राजनीति वक्तव्य र सोही अनुरुपको सकृयतालाई सामान्यरुपमा लिनु हुदैन । अहिले शासनमा रहेका दलहरुको कृयाकलापबाट नेपाली जनता असन्तुष्ट छन् । बाह्य शक्तिले पनि नेपालमाथि आफू अनुकुलको स्वार्थ लाद्न चाहन्छन । यस्तो परिवेशमा राजावादीको सकृयता बढ्नु र जनताको उल्लेख्य सहभागिता देखिनु लोकतान्त्रिक गणतन्त्रका लागि चुनौती हो ।यस्तो चुनौतिलाई परास्त गर्दै मुलुकलार्इ यथास्थितिको चङ्गुलबाट अग्रगमन तर्फ अघि बढ्नु अबको निकास हो ।
सो कार्यक्रमा वरिष्ठ लेखक तथा मार्क्सवादी चिन्तक विन बहादुर कुँवरले आजको संकटग्रस्त राजनीतिक परस्थिति यथास्थितिवादी , प्रतिगामी र अग्रगमनबीचको द्वन्द्व चर्किएको अवस्थामा देश यथास्थितिमा रहिरहन नसक्ने भएकोले पश्चगमन जनताका लागि स्वीकार्य छैन । जनगणतन्त्र स्थापना नै अबको निकास हो भन्ने विचार व्यक्त गरे । कार्यक्रममा उच्च अदालत बुटवल बारका अध्यक्ष गोविन्द प्रसाद मरासिनी , अधिवक्ता ज्ञानु के. सी. कम्युनिष्ट सङ्ग्रालयका अध्यक्ष चेतनानारायण आचार्य, एमालेका जिल्ला कमिटि उप– सचिव वावुराम पन्थी ,नेकपा एकीकृत समाजवादीका सिद्दिचरण भट्टराई, नेकपा रुपन्देहीका अध्यक्ष बिरेन्द्र सि ,स्व.पा.का रुपन्देही जिल्ला अध्यक्ष सुदन ज्ञवाली ,वामपंथी नेता पुरुषोत्तम कंडेल , नेकपा मसालका लालचन्द्र पन्त , वामपंथी नेता विनोद उपाध्याय , ,नागरिक अगुवा टुकराज पाण्डे लगायतले आ –आफ्नो विचार राखेका थिए ।
राष्ट्रिय स्वाधीनताका लागि नागरिक मञ्चका पदम कार्कीको अध्यक्षता, ऋषि आजादको स्वागत र समुन्द्र जि. सि. को सञ्चालनमा सम्पन्न भएको थियो । भिम कार्की (प्रशिक्षार्थी )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित