सुर्खेत । सुर्खेत जिल्लाकोसाविक लेकपराजुल गा.वि.स. (वडा नं ९ ) १८३ नं कित्ता मालपोत कार्यालयमा फिल्डबुक स्रेष्ता कायम भएको सरकारी जग्गा हाल सुर्खेत जिल्लाको भेरी गंगा नगरपालिका वडा नं १२ को छिन्चु बजारमा पर्ने अर्थात रत्नराजमार्गको उत्तरमा पर्ने सरकारी जग्गा हिनामिना भएको छ । सोही वडा बस्ने नेपाली कांग्रेसका क्षेत्रीय कोषाध्यक्ष र सोही वडा बस्ने रद्र कुमार पुनले हाल सडकको लगत कट्टा हुँदा २१४५–२१४६ –२१४७ मध्येको २१४६ नं कित्ता जग्गा अतिक्रमण गरी घर बनाएको हुँदा सो विषयमा अख्तियार दूरोपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यलय सुर्खेतमा उजुरी गर्दा पनि आवश्यक छानविन प्रक्रिया अगाडि नबढाइएको र निजहरुले सो सरकारी जग्गा जालसाजी गरी सुकुम्बासी समस्या समाधान आयोग सुर्खेतबाट आफ्ना नाउँमा ल्याउनको लागि सोही वडाका वडा अध्यक्ष रामबहादुर डाँगी र भेरी गंगा नगरपालिकाको मेयर यज्ञप्रसाद ढकाल र नगर कार्यपालिका अधिकृत कृष्ण पोख्रेलले सो सरकारी जग्गा निज व्यक्ति विशेषको नाममा ल्याउन सुकुम्बासी समाधान आयोगलाई सिफारिस गरेको हुँदा
सो सार्वजनिक जग्गालाई हिनामिना हुन नदिन सम्बन्धित पक्षको ध्यान जानु पर्ने सरोकारवालाहरुको भनाई छ ।२०२८ ÷२९ सालतिर यो जग्गाको नापी भएको थियो । २०७८ बैशाख २ गते प्रकाशित जनआस्थामा मेहलकुना मालपोत कार्यालयका तत्कालिन मालपोत अधिकृत कृष्णप्रसाद पोख्रेलले माथि उल्लेखित जग्गा सार्वजनिक भएको र उल्लेखित कित्ताको जग्गा अतिक्रमण भएको बताएका थिए । कृष्ण प्रसाद पोख्रेल अहिले भेरी गंगा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत छन् । २०८० फागुन ९ गते गृह मन्त्रालयले सार्वजनिक जग्गाहरु अतिक्रमित भएको भए जानकारी दिनु भन्ने सूचना जारी गरेको थियो । वर्तमा क्राीन्तकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला सचिव रत्नबहादुर ओलीले २०८० फागुन १४ मा सो अतिक्रमित जग्गाको जानकारी गराउँदै सार्वजनिक जग्गाको संरक्षण गर्न गृह मन्त्रालयमा निवेदन दिएका थिए । त्यस सम्बन्धमा संघर्षका कार्यक्रमहरु समेत भएका थिए । अहिले सार्वजनिक जग्गा संरक्षणकालागि जनस्तरबाट आवाज उठिरहेको छ ।




