जनसम्बन्ध विस्तार अभियानको क्रममा कपिलवस्तुमा अन्तरक्रिया

२०८२ बैशाख १० , कपिलवस्तु । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेपाल कपिलवस्तु जिल्ला समितिको आयोजनामा , जनसम्बन्ध विस्ता अभियान अन्तर्गत कपिलवस्तुको ४ नम्बरमा “मिटरव्याज , सहकारी , वित्तीय संस्था तथा बैंक पीडितको न्यायको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पार्टीका जिल्ला सचिव हिमलाल न्यौपानेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि पार्टीका पोलिटव्युरो सदस्य प्रेम सुवेदी थिए भने , कार्यपत्र प्रश्तुत अर्का पोलिटव्युरो सदस्य लालबहादुर जाग्रीले गरेका थिए । कार्यक्रममा प्रस्तुत कार्यपत्रमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नारायण भुसाल , राजमो जिल्ला सदस्य पिताम्बर खनाल , सहकारी अभियन्ता सन्दिप सापकोटा , कपिलवस्तु नागरिक समाजका अध्यक्ष अर्जुन पोखरेलले पीडितलाई न्याय दिन एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रमको सन्चालन दिपक पौडेल र स्वागत मन्तव्य कमल उप्रेतीले दिएका थिए ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित