माघ १९, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सेमी लिक्विड सुनसहित क्यानेडेली एक नागरिक पक्राउ परेका छन् । दुवईबाट गएराति मोहमद कमाल महागोव काठमाडौं ओर्लिएका थिए ।
भन्सार क्षेत्रको एक्सरे चेक जाँचको क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्लाष्टिकमा प्याक गरी आफ्नै शरीरमा बोकेको सेमी लिक्विड सुन बरामद गरेको प्रहरीले जनाएको छ ।
Comments