ओभरलोड रोक्न प्रमुख जिल्ला अधिकारी घिमिरेले दिएको निर्देशन पालना गर्ने ट्रक समितिको निर्णय

भैरहवा । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीले ओभरलोड बोक्ने गाडीको भार मिलान गर्ने निर्देशनको स्वागत गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक ट्रकलाई भैरहवा भन्सार कार्यालय परिसर तथा रुपन्देही क्षेत्रका उद्योगहरुमा उत्पादित वस्तुहरु उद्योग परिसरमै ओभरलोड भार मिलान गर्न जेठ ६ गते रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दिएको निर्देशन लुम्बिनी ट्रक यातायात व्यवसायी संघले स्वागत गरेको छ ।

विगतमा भारतीय ट्रकहरुले ओभरलोड बोकेर नेपाल प्रवेश गर्दा सडक तथा पुलहरु भत्किने गरेका उदाहरणहरु ज्वलन्त रहेको भन्दै प्रमुख जिल्ला अधिकारीको निर्देशनलाई अक्षराम्स पालना गर्ने संघका अध्यक्ष रुमाखर गौतमको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा नेपाली ट्रक व्यवसायीहरुले काम नपाएर पलायन हुनु पर्ने अवस्थामा प्रमुख जिल्ला अधिकारीकोे निर्णयलाई लुम्बिनी ट्रक यातायात व्यवसायी संघले पूर्ण रुपमा पालना गर्दै ओभरलोड रोक्नकोलागि सहयोग गर्ने प्रतिबद्धता जनाउँद छौं भन्ने उल्लेख छ ।

ओभरलोड बोकेर आउने भारतीय गाडी नेपालमा एक हजारको जरिवाना काटेर ७२ घण्टा गुड्न पाउँछन् । जसका कारण नेपालमा अर्बौ खर्च गरेर बनेको सडक भत्किने गरेको छ । गत बैशाख २९ गते बेलुका ओभरलोड बोकेर हिँडेको ट्रक नवलपरासीको चोरमारा गिरुवारीमा रहेको पुल भत्कियो । म.प्र. ०३००१ ख ६३ नं. को १८ चक्के सिमेन्टको कच्चा पदार्थ बोकेको ट्रकले उक्त पुल भत्काएको हो । सर्वोत्तम सिमेन्टबाट ओभरलोड सहितको कच्चा पदार्थ बोकेर हिँडेको उक्त ट्रकले पुल भत्काउँदा ड्राइभर्सनबाट पूर्व पश्चिम राजमार्ग सुचारु छ । गत पुस २६ गते बिनयी त्रिवेणी गाउँपालिका–१ दुुम्किबासमा रहेको विनयी पुल ६४ चक्के भारतीय एन एल वान, ए एच ५१७९ टेलर गाडिले भाँच्न पुुग्यो । पुस २१ गते कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयबाट शिवम् सिमेन्टको ६० टनको जेनेरेटर बोकेर जाँदा पुल भाँचेको थियो । उक्त पुल यतिबेलापनि ड्राइभर्सनबाट सञ्चालन भएको छ । भारतीय ओभरलोड बोकेका गाडीका कारण नेपालको सडक ध्वस्त भएको छ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित