काठमाडौं। सुन चाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । सुनमा लगाएको विलासी कर तथा हिरामा लगाएको १३ प्रतिशत भ्याट हटाउन सुन चाँदी व्यवसायीहरु अ आन्दोलनमा उत्रिएका हुन्। नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल सुनचाँदी रत्न तथा आभूषण र नेपाल हस्तकला महासंघको संयुक्त आन्दोलन गरेका हुन्। उनीहरुले पसल पसलमा विरोध स्वरुप मागहरु लेखेर ब्यानर राखेका छन्। उपत्यका बाहिरका सुनचाँदी व्यवसायीहरुले पनि आन्दोलन गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्ष देखि लागु हुने गरि सुन खरिद गर्दा विलासीता कर २ प्रतिशत लाग्ने बनाएको छ। हिरामा १३ प्रतिशत भ्याट लगाइएको छ । पछि सुनचाँदी व्यवसायी तथा कालीगढहरु यसलाई हटाउन माग गरिरहेका छन्।
आन्दोलनकारीहरुले सुनचाँदी कारोबारका लागि ऐन, नीति तथा नियम निर्माण गर्नुपर्ने माग गरेका छन्।

