टेकहरी न्यौपाने
मोनसेन्टो एक बहुराष्ट्रिय कम्पनी हो । जसले आज संसारभरका किसानहरुलाई बिउ र कृषि उत्पादनहरु प्रदान गर्दछ । यो अमेरिकाको कृषि र रसायन टेक्नोलोजीको हिसावले दिग्गज कम्पनी मानिन्छ । यो विश्वको खाद्य आपूर्तिको मालिक भएर जमेको छ । यसको आलोचना विश्लेषण गरेर यो सानो लेखमा सम्भव पनि छैन । यो कम्पनीलाई बन्द गर्न र जरिवाना तोक्न अमेरिकामा नै थुप्रै मुद्दाहरु दर्ज नभएका होइनन् तर विडम्बना यो मोनसेन्टो कम्पनी विश्वबजारमा दिनप्रतिदिन आफ्नो बलियो पकड स्थापना गर्दै गयो । थुप्रै देशका वैज्ञानिकहरुले पनि यो संसारको जीवजगतको लागि निकै नै हानिकारक रहेको खुलासा गरेका छन् । यो सबैका बाबजुद पनि यो विश्वबजारमा यति हावी भैसक्यो कि अब यसको उपस्थिति विना लगभग संसारमा खेतीपातीको जोहो गर्न यसको विउ विजन विना किसानले जमिन हरियो बनाउन नसक्ने, यसबाट उत्पादित विउविजन बाहेक अरु विकल्प नरहने स्थिति देखा परेको छ । असम्भव नै देखिन आएको छ ।
बहुराष्ट्रिय कम्पनीहरुले विउ र रसायनिक मलको विश्व बजारीकरणको चक्रव्यूमा लगभग सबैलाई फसाइसकेको छ । यसको निर्माण यस्तो घातक तरिकाले गरिएको छ कि यस कम्पनीको रसायनिक मल र विउ विजनहरु प्रयोग गरिसकेपछि यसकै अधिनस्त रहेर काम गर्नु पर्दछ । फलस्वरुप हाम्रा अर्गानिक विउ, विजन पशु चापायाको मल यसको साम्ने कामै नलाग्ने भएर जान थाल्यो । जस्तै हामीहरुले पहिला पहिला आफ्नै खेतबारीमा उत्पादित खेतीहरुबाट पोटिला रसिला राम्रा राम्रा दाना राम्रा फल लागेकोलाई चुनेर विउको लागि भनेर छुट्टै राख्ने गरिन्थ्यो । जस्तैः मकै, कोदो, गहुँ, धान, जौं, फापर, तोरी, बोडी, सिमी, भटमास, विभिन्न किसिमका तरकारीहरु काँक्राको त झन काँक्रो खाएर त्यसका विंघा विउलाई भनेर घर, गोठको भित्तामा छेपाएर राख्ने गरिन्थ्यो । अनि आगामी खेतपती तिनै संरक्षण गरेर राखेका विउपोलाबाट गर्ने गरिन्थ्यो । तर आज हामीहरुले त्यसरी छुट्टाइएका विउपोलाहरु अर्थहीन भएर गएका छन् । त्यसरी हामीहरुले राखेका विउपोलाहरुबाट खेती गरियो भने खेतबारी बाँझै हाम्रा अर्गानिक र स्वस्थबद्र्धक मानिने फलफूल, तरकारी, अन्नपातहरुको कैयौं विउविजनहरु लोप भएर गएका छन् । लोप हुने प्रक्रिया बढ्दो छ । यो मोनसेन्टो कम्पनी एसिया महादेशमा आउनु भन्दा अगावै अमेरिका र यूरोपियन मुलुकहरुमा वैज्ञानिक र किसानहरुले विरोध गरेर थुप्रै केशहरु दर्ज नगरेका त होइनन । तर हर देशका सरकार प्रमुखले विभिन्न चोर बाटोबाट आ–आफ्ना देशहरुमा प्रवेश गराएर यस मोनसेन्टो कम्पनीको ठूलै चलखेल भएको भनिन्छ ।
यसरी अमेरिकाले दुनियामा विउविजन र रसायनिक मलको आफ्नो एकलौटी कब्जा जमाउन सफल रहेको मानिन्छ । अहिले यस कम्पनीमा तिसौं हजार कामदारहरुले रोजगारी गरिरहेको भन्ने छ । त्यस्तै मोनसेन्टोको तरिकाबाट जस्तै ठीक त्यही प्रकारका आफूलाई विश्व बजारमा म माक्र्सवादी हुँ म कम्युनिस्ट हुँ भनेर आज प्रायः धेरै जसो देशहरुमा आफू चिनिने र आफूलाई चिनाउन थुप्रै खालका नव कम्युनिस्टहरुको वाक्लो उपस्थिति देखिन्छ । त्यसैको फलस्वरुप आज सिंगो विश्व कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टी रक्षात्मक अवस्थाबाट गुज्रिरहेको छ । आफूलाई कम्युनिस्ट हुँ भन्न निकै मन पराउने छद्मभेषीहरुले विभिन्न बहानामा पार्टीभित्र घुसेर शुरुमा आफू निकै इमान्दार खाँटी कम्युनिस्ट रहेको प्रदर्शन गर्ने अनि आफ्नो एकगुट बनाउने अनि आ–आफ्नो फाइदा नाफा घाटाको व्यापार गर्ने पसले कम्युनिस्टहरुले सिंगो कम्युनिस्ट आन्दोलन र पार्टीलाई निकै नोक्सान पुराएका छन् ।
विभिन्न बहानाका नयाँ नयाँ उग्र नारा दिने यसले त केही गर्छ जस्तो गरी नाटक देखाउने अनि अनुशासनविहीन एक झुण्ड तयार गर्ने र कपोलकल्पित बहाना बाजी गर्दै गालीगलौज मिथ्या आरोप लगाएर हिंड्ने । पसले बजारिया कम्युनिस्टहरुको निकै चलखेल र फेन जस्तै बन्न गएको छ । यो तपाई हामीहरुले दैनिक जस्तो देख्ने र भोग्ने गरेका छौं । यस्ता मान्छेहरुको प्रवृत्तिले स्वयं उसलाई पनि र सिंगो कम्युनिस्ट आन्दोलनलाई कम्युनिस्ट पार्टीलाई निकै नोक्सान पुराईरहेको छ । यसबाट कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन निकै ठूलो चुनौती बनेर तपाई हाम्रो सामु खडा भएको छ । यसलाई चिरफार गर्न यसबाट बच्न आलोचनाको पनि आलोचना, गालीको पनि गाली बेइज्जतीको पनि बेइज्जती गरेर नपुग्ने रैछ ।
नेतृत्वले उदारबादबाट एकदम माथि उठेर बेलैमा विचार पुराउन नसक्ने हो भने यसले आउने दिनहरुमा झै ठूलो विकराल स्थिति सिर्जना गर्न सक्ने पक्का देखिन्छ । कम्युनिस्टमा आज अक्सर गरेर नेतृत्व र नेताहरुमा उदारवादको चिन्तन उदारवादको वासग्रहण गरेका छ भने त्यसले निकै ठूलो हानी गरेको हुन्छ । भावकुता र उदारवाद भएको नेता नेतृत्वले देश र समाजमा बेथिति र विखण्डन निरासाको सन्देश प्रवाह गरेको हुन्छ । त्यसले समाज र पार्टीमा खाली निरासावादी कार्यकर्ता र कम्युनिस्ट आन्दोलन कम्युनिस्ट पार्टी जीर्ण बन्न पुग्दछ । छद्मभेषीहरुले फाइदा लिने राम्रो अवसर प्राप्त हुन्छ । त्यसैले नेता र नेतृत्व समय रहँदै अति चतुर र फराकिलो सोंच, परिपक्क निर्णय र निडर स्वभावको रहनै पर्ने देखिन्छ । यहाँ भन्न के खोजिएको छ भने माथि उल्लेखित अमेरिकन बहुप्रतिष्ठित कम्पनी मोनसेन्टोले जसरी हामीहरुले जर्गेना गरेको विउ विजन अहिले आएर रक्षात्मक पनि नभएर मोनसेन्टोकै निर्भरतामा रहनुपर्ने भएको छ । ठिक त्यसैगरी नव कम्युनिस्ट छद्मभेषी दक्षिणपन्थी अवसरवादी, सामन्ती सोंच र निम्न पुँजीवादबाट ग्रसित कम्युनिस्ट नामका मनोरोगी विचार र सिद्धान्तबाट स्खलित आप्नो र आप्mना गुटको फाइदाको लागि भौंतारिदै घुसपैठ गर्ने ठग मनोविृत्त भएकाहरुसँग सजग र सचेत बनि निश्छल भावले संघर्ष गर्दै अगाडि बढ्नुपर्ने र चारैतिरबाट हमला गरिरहेका बेला एक मात्र गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई मलजल गर्दै विश्व सर्वहारा कम्युनिस्टहरुलाई संरक्षण गर्ने संसारका दलालहरुलाई खबरदारी गर्दै देश र जनताको भलाईमा एकजुट भई संसार सामु चुनौती बनेर देखाउन सक्ने क्षमताका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अगाडि बढ्नेछ । अन्यथा गलत विचारको सिकार भएर दिग्भ्रमित भएमा मेन्सेन्टोको सिकारमा विउविजन परे जस्तै ठिक त्यस्तै भ्रमित शिकारीले तपाई हामीलाई हाम्रो सिद्धान्त, विचार, अनुशासन हाम्रो साहस, हाम्रो त्याग तपस्या बलिदान सबैको सिकार गर्नेछ ।

