ब्रो करनम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस

 

काठमाण्डौ । ब्रोकर नं ३ अरुण सेक्युरिटिजले आफ्नो नयाँ टिएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम (व्यापार व्यवस्थापन प्रणाली)सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पश्चात् २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवा सहित मार्जिन कारोबार सेवा प्रदान गर्नकालागि अरुण सेक्युिरिटज (ब्रोकर नं ३ )एट्रेडमा जोडिएको छ । डिजीहबले सञ्चालनमा ल्याएको अत्याधुनिक नयाँ टीएमएस एट्रेडमा लगानीकर्ताले कारोबार गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको सुविधा प्राप्त गर्नुका साथै मार्जिन कारोबार गर्ने सुविधा प्राप्त गर्नेछन । यसका साथै यो टीएमएस मा जोडिने ग्राहकहरूले आफ्नो सेयर बिक्री गर्नासाथ बिक्री गरेको रकम बराबर कारोबार लिमिट प्राप्त गर्न सक्नेछन् ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको टीएमएसबाट कारोबार सञ्चालन गरिरहेको अरुण सेक्युिरिटजले अहिले सञ्चालनमा रहेको टिएमएसमा मार्जिन कारोबार सुविधा नभएकोले आगामी दिनहरुमा मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याउन आजदेखि डीजीहबको एट्रेड अन्तरगत आफ्नो कारोबार गर्ने जानकारी गराएको‌छ । अरुण सेक्युिरिटजले नेप्से अन्तरगतको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आजदेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो ।

हाल अरुण सेक्युिरिटजमा करिव २ लाख लगानीकर्ताले ब्रोकर खाता खोली सेयर कारोबार गर्दै आएका छन् । आजदेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन्।

एट्रेडमा टिएमएसमा लगानीकर्ताले वेवबाट, डेक्सटपबाट तथा मोबाइल एपलगायतबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो लाईभ हेर्न पाउनुका‌साथै लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा कारोबारको पारदर्शिता, सिस्टमको सुरक्षा तथा कारोबार डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ ।

नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका विशेषताहरु

१ मोबाईल भर्सन

२ वेब भर्सन

३ डेस्कटप भर्सन रहेको छ ।

अन्य अपरेसनल विशेषताहरुमाः

१.सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्कोलागि ब्रोकरलाई भनी राख्नु नपर्ने ।

२.आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने ।

३.एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने ।

४ . अर्डर बास्केट ।

५ .आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने ।

६ . रियल टाईममा खरिद बिक्रीको अलेर्ट प्राप्त गर्न सकिने ।

७ .सजिलो र छिटो अर्डर राख्न सकिने ।

८ .आफ्नो चाहे अनुसार जती पनि सेयरको मार्केट डेप्थ हेर्न पाइने ।

९. लिन्क एन्ड डक फिचर्स भएको ।

१० .मल्टी विन्डो फिचर्स भएको ।

११ .मल्टी एक्सचेन्ज फिचर्स भएको ।

१२सेयर खरिद बिक्री पछिको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको व्यवस्था भएको ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित