काठमाडौं । देशमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने १० दिने अभियान सुरु गरिएको छ । यो अभियान फागुन ११ गतेदेखि २५ गतेसम्म देशका विभिन्न १५ जिल्लामा सन्चालन गरिनेछ ।
उक्त अभियान सुरु हुने जिल्लाहररूमा झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली रहेका छन् ।
लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोग लागेमा खुट्टा, स्तन र अण्डकोष सुन्निन्छ र मानिसको ज्यान पनि जानसक्छ । दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ । तर दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त बिरामी भई ओछ्यान परेकाहरुले भने हात्तीपाइले रोग विरुद्धको औषधि खानु हुँदैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार यस अभियानमा तालिमप्राप्त स्वास्थ्यकर्मीहरू उक्त १५ जिल्लाका विभिन्न वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थल आदिमा पुगेर बुथ राखी औषधि खुवाउने छन् । स्वास्थ्य मन्त्रालयले आफूलाई पायक पर्ने स्थानमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खान ती जिल्लाका नागरिकहरुलाइ अनुरोध गरेको छ ।