मिटर ब्याज पीडितहरूको मार्च बर्दिवास – हेटौडा – काठमाडौँ

चैत्र २, काठमाडौ । मिटर ब्याज पीडितहरुले आज महोत्तरीको बर्दिबासबाट मार्च सुरु गरेका छन् ।

मधेश प्रदेशमा मिटर ब्याज पीडितहरुले लामो समय देखि आन्दोलन गर्दै आएकाछन् । उनीहरुले यस भन्दा पहिले कैयौं पटक सभा, जुलुस, धर्ना, मुख्य मन्त्रीलाई ज्ञापन पत्र लगायतका कार्यक्रम गरिसकेका छन् । पीडितहरुको समस्या सुनुवाइ नभए पछि अहिले उनीहरुले बर्दिबास देखि हेटौडा हुँदै काठमाण्डौसम्मको मार्च सुरु गरेका हुन् ।

आज मार्च टोली सर्लाही र महोत्तरीको सीमासम्म आएर बास बस्ने मिटर ब्याज विरुद्धका एक अभियन्ता संघर्ष दाहालले हाँकलाई बताए। दाहालका अनुसार सभा, जुलुस, मिटर ब्याजको भण्डाफोर गर्दै अगाडि बढ्ने छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित