चेन्नई । नेपाली राजदूतावास नई दिल्ली र किन ईन्डियाको संयुक्त आयोजनामा १२ अप्रेल २०२७ का दिन चेन्नईको पेरीमेटमा अवस्थित रोयल रेजेन्सी होटेलमा “श्रमिक चेतना तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डाँ शंकर प्रसाद शर्मा हुनुहुन्थ्यो। वहाँले गमलामा राखिएको विरूवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुका साथै प्रेणादायी उद्घाटन भाषण पनि गर्नु भएको थियो।
किन ईन्डियाका डाइरेक्टर नविन जोसीले विषय प्रवेस गर्दै भारतमा बेचिएका नेपाली चेलीहरूको उद्दारको बारेमा बताउनु भयो। राजदूतावासका नेपाल प्रहरी एसएपी प्रकाश मल्लले भारतमा रहने नेपाली मज्दुरहरूले जान्न पर्ने कानुनको विषयमा प्रकाशपार्नु भएको थियो। दूतावासका काउन्सिलर हेड अम्बीका जोसीले भारतमा रहेका नेपालीहरूको हक हित र सुरक्षाको बारेमा गरेका महत्वपूर्ण कार्यको जानकारीका साथै नेपाली दूतावासबाट मिल्ने कानुनी सहयोगको बारेमा व्याख्या गर्नु भयो।
कार्यक्रममा विभिन्न सामाजिक संघ संस्थाबाट उपस्थित प्रतिनिधिहरूले अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाइ राख्नु भएको थियो । जसमा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य दुर्गा सुवेदी, केन्द्रीय सदस्य माया हमाल, माया रोका, केन्द्रीय सदस्य तथा चेन्नई दक्षिणका अध्यक्ष भुवन सुवेदी, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, हाँक साप्ताहिकका पत्रकार तथा केन्द्रीय सदस्य बिक्रम केसी, अखिल भारत नेपाली विद्यार्थी संघका अध्यक्ष नर बहादुर बिक, शिक्षिका प्रेमा थापा, व्यवसायी रामकुमार केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापा, चेन्नई उत्तर नगर अध्यक्ष गोपाल बिक, प्रबासी नेपाली संघ राज्य सचिव तेजेंद्र प्रसाद शर्मा, चेन्नईका अध्यक्ष दुर्यधन शर्मा, नेपाली समाज भारतका क्षेत्रीय अध्यक्ष चन्द्र महरा, सचिव कृष्ण कुँवर, जन सम्पर्क समिति क्षेत्रीय उपाध्यक्ष गंगाराम शर्मा, सांस्कृतिक सचिव सुमित्रा पराजुली, अखिल भारत नेपाली एकता मन्चका केंद्रीय महासचिव कृष्ण सापकोटा, केंद्रीय सदस्य गंगा थापा, व्यवसायी भुपेंद्र महरा, सुदुर पश्चिमेली नेपाली समाज भारतका अध्यक्ष सुरेश तिखातरी र सदस्य कृष्ण तिरूवाले अन्तरक्रियामा आफ्ना भनाइ राख्नु भएको थियो। उक्त विषयमा दूतावासका अम्बिका जोसी र प्रहारी SSP प्रकाश मल्लले समिक्षा गर्नु भएको थियो। कार्यक्रम अति शान्त र ज्ञानवर्धकमुखी रहेको थियो भने कार्यक्रमको संचालन किन ईन्डियाका ग्लोबल कोर्डीनेटर ईन्द्रराज भट्राइले गर्नु भएको थियो।






अन्तमा स्वादिष्ट लन्च सहित कार्यक्रम समापन भएको थियो।

