असार २९, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालको लापर्वाहीले बच्चाको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् ।
असार २६ गते साँझ साढे सात बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका घोराही–३ का ११ वषीय आक्रोश नेपालीको २८ गते बिहान १० बजेर २५ मिनेटमा मृत्यु भयो । भर्ना भएका बालकको एमआरआई गर्ने क्रममा ह्वील चेयरमा राखेर अक्सिजन सिलिण्डरसँगै लैजाँदै गर्दा ढोकाबाटै एमआरआई मेसिनको चुम्बकले तानेर सिलिण्डरले चोट लाग्दा बालकको मृत्यु भएको पीडित परिवारले दाबी गरेका छन् । अक्सिजन सिलिण्डर ठोक्किदा मेसिनमा पनि एक करोड बढीको क्षतिको अनुमान गरिएको छ ।
बच्चालाई एमआरआई गर्ने भनेर लगेपछि अक्सिजन सिलिन्डर एमआरआई मेसिनमा ठोक्किएको र डाक्टर बच्चा छाडेर भागेको बताइएको छ । आफन्तहरुले बच्चा ठिकठाकै भएकाले एम आर आर्ई गर्नु पर्दैन भन्दाभन्दै अस्पतालले गर्नैपर्छ भनेपछि एमआरआई गर्न गएको तर अक्सिजनको सिलिण्डिर पड्किएर बच्चाको मृत्यु भएको भनेका छन् भने अस्पतालले बच्चाको सिलिण्डर पड्किएको कारण नभई छारे रोगका कारण मृत्यु भएको बताएको छ । बच्चाको अकालमै मृत्यु भएको विषयलाई लिएर आफन्तहरु स्कूलका विद्यार्थीहरु आन्दोलित भएका हुन् । परिवारले क्षतिपूर्ति स्वरुप २५ लाख माग गरेका छन् भने अस्पतालले सो क्षतिपूर्ति दिन असहमत देखिएको कारण आफन्तीहरुले अस्पताल अगाडि नारा जुलुश प्रदर्शन गरिरहेका छन् ।
अस्पतालको लापर्वाहीले बच्चाको मृत्यु, आफन्तजन आन्दोलित
Comments