२०७९ असार ५ गते सम्पन्न बरेङ गाउँपालिकाको नवौं गाउँ सभामा अध्यक्ष कृष्णप्रसाद शर्माद्वारा प्रस्तुत तथा गाउँ सभाद्वारा पारित
गाउँसभाका अध्यक्ष महोदय,
सभाका सम्पूर्ण सदस्यहरू ।
१. जनताको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय तहलाई मजबुद बनाउन संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक व्यवस्थाको कार्यान्वयनका क्रममा बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा स्थानीय तहको दोस्रो कार्यकालको प्रथम आर्थिक वर्ष २०७९।०८० का लागि गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुशी महसुस गरेको छु ।
२.यस अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना र देशभक्तिपूर्ण आन्दोलनमा मुलुक र जनताको लागि प्राण उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, यस क्रममा घाइते हुनुभएका राष्ट्रप्रेमी व्यक्तित्व तथा वहाँहरुको परिवारजनहरु प्रति उच्च सम्मान प्रकट गर्दछु ।
३.विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनुहुने सबै नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको घरपरिवार र आफन्तजनहरूमा सहानुभूति प्रकट गर्दछु ।
४.स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि अहोरात्र खटिनु भएका सबै राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, राजनैतिक दल, पत्रकार र आफ्नो जनप्रतिनिधि आफै छनौट गर्नका लागि उत्साहपूर्ण हिसाबले मतदान गर्नुहुने सम्पूर्ण बरेङबासी नागरिकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
५.स्थानीय तहको प्रथम निर्वाचनबाट बरेङ गाउँपालिकामा निर्वाचित भइ पहिलो कार्यकालमा गाउँपालिकाको सर्वाङ्गीण विकास र नागरिकको सेवामा सदा सर्वदा समर्पित सम्पूर्ण जनप्रतिनिधीहरू र समृद्ध बरेङ, सुखी बरेङबासीको लक्ष्य हासिल गर्न विभिन्न तह र तप्काबाट प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याउनुहुने सबै कर्मचारीहरू तथा बरेङबासी आदरणीय आमा बुवा, दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।
६.कोभिड–१९ व्यवस्थापनमा आफ्नो जिउ ज्यानको प्रवाह नगरी जनताको सेवामा अहोरात्र खटिनुहुने सबै स्वास्थ्यकर्मी, कर्मचारी,राजनैतिक दलहरु, नागरिक समाज, संघसंस्थाहरु, जनप्रतिनिधि तथा पत्रकारहरू लगायत सबैमा हार्दिक नमन गर्न चाहन्छु र आगामी दिनहरूमा सोही प्रकारको सहयोगको अपेक्षा गर्दछु।
सभाका सदस्यज्यूहरू,
म अब गाउँपालिकाको विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि गरिएका महत्वपूर्ण प्रयास, अवसर र चुनौतीहरू उल्लेख गर्न चाहन्छु ।
चालिएका कदम तथा महत्वपूर्ण प्रयासहरुः
० समृद्ध बरेङ, सुखी बरेङबासीको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि उपलब्ध स्रोत साधनको विवेकपूर्ण विनियोजन र कार्यान्वयन गरिएको ।
० “शिक्षामा प्रविध बरेङमा समृद्धि“ भन्ने नाराका साथ गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय, विज्ञान प्रयोगशाला, क्ष्ऋत् लगायत आवश्यक पूर्वाधारहरूको विकास गर्दै प्राविधिक शिक्षा सहित गुणात्मक शिक्षा प्रवाहको व्यवस्था गरिएकोछ ।
० बजेट तथा कार्यक्रम निर्माण गर्दा तथ्य र तथ्याङ्क तथा आवश्यकताका आधारमा गरिएकोछ जसका कारण विकास योजना तथा कार्यक्रमहरूमा जनसहभागिता र अपनत्व वृद्धि भएको छ ।
० सीमित स्रोत र असीमित आवश्यकताहरूबीच सन्तुलन कायम गर्न गाउँपालिकाको प्रथम पञ्चवर्षीय आवधिक योजना निर्माण गरी वार्षिक योजना र मध्यकालीन खर्च संरचनासँग तादत्म्यता कायम गर्न सुरु गरिएकोछ ।
० पूर्वाधार विकासका साथै सामाजिक विकास क्षेत्र विशेष गरी शिक्षा र स्वास्थ्यका क्षेत्रहरूमा तुलनात्मक हिसाबले बढी बजेट विनियोजन गरी सन्तुलित विकासको अवधारणा अवलम्बन गर्दै उपलब्ध प्रतिफल सबै बरेङबासी नागरिकाहरूमा पु¥याउँदै सामाजिक न्याय सहितको समतामूलक समाज निर्माणको प्रयास गरिएकोछ ।
० कृषि तथा पशुक्षेत्रको आधुनिकीकरण र व्यवसायिकरणको थालनी गर्दै विभिन्न प्रकारका अनुदानको व्यवस्था गरी आर्थिक विकास र समुन्नतीको सुरुवात गरिएकोछ ।
० आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुनु नपर्ने र कम्तीमा आधा घण्टाको दूरीमा स्वास्थ्यसेवा प्राप्त हुने व्यवस्था सुनिश्चितता गर्न सामुदायिक स्वास्थ्य इकाइहरू स्थापनका साथै सबै वडाहरूमा बर्थिङ सेन्टरको व्यवस्थाका साथै वडा नं २ र ३ मा स्वास्थ्य ल्याबहरूको समेत प्रबन्ध गरी स्वस्थ्य क्षेत्रको विकासमा जोड दिइएको ।
विकास र समृद्धिका अवसरहरुः
–भौगोलिक हिसाबले सानो र कम जनसंख्या भएकाले विकास गर्न सहज,
–पाल्पा, बुटवल, बागलुङ, पोखरा लगायतका महत्वपूर्ण सहरहरुसँग सडक सञ्जाल कायम,
–तुलनात्मक हिसाबले पर्याप्त कृषियोग्य जमिन र बर्षभरी बग्ने खोला नालाका कारण सिंचाइ व्यवस्था सहज ।
–पर्याप्त मात्रमा वनजङ्गलका कारण वनपैदावार र वनजन्य व्यवसायको सम्भावना,
–प्रसिद्ध साग्दी सत्यवती मन्दिर सहित विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूका कारण आन्तरिक पर्यटनको सम्भावना ।
चुनौतीहरुः
–भौगोलिक असहजताका कारण विकास कार्यहरू खर्चिलो,
–बढ्दो बसाइँसराइ,
–बढ्दो अनुदानमुखी र उपभोगवादी प्रवृत्ति,
–बजेट अभावका कारण पटके विकास कार्य, लगानीको न्यून प्रतिफल,
–कृषियोग्य जमिनको उपयोगमा कमी र खेतीयोग्य जमिन बाँझिनु,
–आन्तरिक आय न्यून हुनु ,
–संघ तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने बजेट संशोधन सहित न्यून प्राप्त हुनु ।
सभाका सदस्यज्यूहरू,
म अब चालू आ.व २०७८।०७९ मा हालसम्म गाउँपालिकाले हासिल गरेका प्रमुख उपलब्धिहरू प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
आर्थिक वर्षको सुरुवात र मध्य समयमा गाउँपालिकामा देखिएको कोरोना भाईरसको महामारी र आ.व को अन्त्य तथा योजना कार्यान्वयनको अत्यन्तै महत्वपूर्ण समयमा भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ लगायतका कारण आ.व २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका उद्देश्यहरू प्राप्ती र बजेट तथा योजना कार्यान्वयनमा प्रत्यक्ष रुपमा असर पारेको तथ्य हामी सबै बीच प्रष्ट छ । तथापी, यस प्रतिकूल परिस्थितिका बाबजुद गाउँपालिकाले आ.व २०७८।०७९ मा आत्मसात गरेका नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको उल्लेख गर्न पाउँदा खुशी लागेको छ । चालू आ.व २०७८।०७९ मा हालसम्म गाउँपालिकाले सम्पादन गरेका केही महत्वपूर्ण कार्यहरू र उपलब्धीहरू यस गरिमामय सभामार्फत सबै बेरेङबासी नागरिकहरूलाई जानकारी गराउन चाहन्छु ।
०आर्थिक वर्षको सुरुवातमै देखिएको कोरोना महामारीलाई कोभिड–१९ अस्थायी अस्पताल सञ्चालन तथा स्वास्थ्यकर्मीहरू परिचालन मार्फत समयमै नियन्त्रण गर्न सफल भएको र हाल सम्म गाउँपालिकाका जम्मा ८७१४ जनालाई कोभिड–१९को खोप र ५४५३ जनालाई बुस्टर डोजको व्यवस्था गरिएको छ ।
० प्रदेश र संघीय सरकारबाट हस्तान्तरित लगभग सबै योजनाहरू कार्यान्वयन गरिएको छ जसमध्ये केही ठूला र महत्वपूर्ण योजनाहरू नयाँबजार सल्यान सुखौरा सडकको ट्र्याक ओपन, झुले बरेङ खानेपानी योजना, सर्वोदय मा.वि. भवन निर्माण योजना, र ३ नं वडा कार्यालय भवन निर्माणको बहुबर्षे योजना कार्यान्वयनको सुरु भएको, झुडीघाट र काउलाघाट झोलुङ्गे पुल निर्माण गरिएको छ, धुल्लुबाँस्कोट स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न भई सञ्चालन गरिएको छ ।
०चालू आ.व मा जम्मा १३.५८ कि.मि नयाँ सडक ट्र्याक खोलिएको छ, ३०.१२८ कि.मी सडक सरसफाई, ४.६७ कि.मि सडक ग्रेड मिलाउने र चौडा गराउने काम भएको छ । साथै ५२७ घन मिटर ग्याबिन पर्खाल निर्मण, १२६.९७ घन मिटर मेसिनरी वाल, १६१९ मिटर पक्की नाली, ५.९२ कि.मि कच्ची नाली, क्रस ड्रेन ५ वटा, ढुङ्गा सोलिङ ३०५ मिटर र ग्राभेलिङ तर्फ ६.४२८ कि.मि सम्पन्न भएको छ । गाउँपालिकाभित्रका सबै बस्तीहरुमा अन्तरआबद्धता कायम गर्ने उद्देश्यका साथ गाउँपालिकाको गौरवको योजनाका रुपमा लिइएको रिङरोड योजनाको ट्रयाक ओपन भएकोछ । सल्यान र सुखौराका नागरिकहरुका लागि गाउँपालिकाको केन्द्रमा छोटो समयमा आवत जावतमा सहजता ल्याउन नयाँबजार, सल्यान, सुखौरा सडकको ट्रयाक खोलिएकोछ। झुले बरेङ खानेपानी लगायत विभिन्न पूर्वाधार योजनाहरु अन्तिम चरणमा रहेका छन् ।
०गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम मार्फत् २७ वटा विद्यालयमा भवन, लगायत पूर्वाधार निर्माण, फर्निचर फिक्चर्स, कक्षाकोठा व्यवस्थापन क्ष्ऋत् व्यवस्थापन, विद्यालय घेरावार, हरित विद्यालय निर्माण जस्ता महत्त्वपूर्ण कार्यहरू सम्पन्न गरिएको ।
०कक्षा १–३ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको, गाउँपालिकाको शैक्षिक प्रोफाइल तथा पाँच वर्षे शैक्षिक योजना निर्माण भएको, सबै १–८ सञ्चालित आधारभूत विद्यालय र माध्यमिक विद्यालयहरूमा विज्ञान प्रयोगशाला, पुस्तकालय, स्यानिटरी प्याड डिस्पोजल मेसिन वितरण तथा क्ष्ऋत् व्यवस्थापन गरिएको, दिवा खाजा कार्यक्रम मार्फत् गाउँपालिका भित्रका सामुदायिक विद्यालयका बालविकास केन्द्र देखि कक्षा ५ सम्मका सबै विद्यार्थीहरू लाभान्वित भएका छन ।
०बालवालिकाको खेलकुद विकासको लागि १–८ सञ्चालित आ.वि. र सबै मा.वि. मा खेल सामग्री वितरण, एक वडा एक प्राथमिक विद्यालय पुस्तकालय स्थापना, प्राथमिक विद्यालयहरूको लागि कम्प्युटर र प्रिन्टर वितरण जस्ता कार्यक्रम मार्फत विद्यालयलाई खेलकुद विकास र प्रविधिको पहुँच पु¥याइएको छ ।
० ५ ओटै स्वास्थ्यचौकीहरुमा सामुदायिक औषधिक कार्यक्रमको स्थापना, १ बर्थिङ सेन्टर थप, र १ ओटा बर्थिङ सेन्टर स्थापनाको तयारी भईरहेको, २वटा सामुदायिक स्वास्थ्य इकाइ सम्पन्न, १ वटा स्वास्थ्य परीक्षण प्रयोगशाला (ल्याब) थपिएको, १० शैयाको अस्पताल निर्माणको लागि निशूल्क जग्गाको व्यवस्था र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार, आयुर्वेद तथा पुरानो चिकित्सा पद्धति अन्तरगत नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको र प्रत्येक वडाहरुमा नागरिक आरोग्य समिति गठन गरि योग ध्यान र पुरानो चिकित्सा पद्दतिको प्रवर्धन गरि र नसर्ने तर सम्पत्ती र शरिरको नाश गर्ने क्यान्सर, मधुमेह, दम, मुटु तथा मृगौला सम्बन्धि रोगको जोखिम कम गर्ने तयारी भईरहेकोछ। स्वास्थ्यकर्मी घरदैलो कार्यक्रम सञ्चालन, ५वटै स्वास्थ्यचौकीहरुमा नियमित र निशूल्क अत्यावश्यक औषधिहरुको व्यवस्था गरिएकोछ ।
०कृषिमा व्यावसायिकता र आधुनिकीकरणको प्रवर्द्धनका लागि १२ वटा मिनिटिलर, ८ वटा कुटानी पिसानी मिल वितरण, उन्नत बिउ वितरण कार्यक्रम सञ्चालन गरिएको, अलैंची पकेट १ वटा, बाख्रा पकेट १, सुन्तला पकेट– १ बिस्तार गरिएको, २ वटा ग्रिन हाउस निर्माण गरिएको, वडा नं १ मा मकै पकेट, वडा नं २ मा अलैंची पकेट, वडा नं ३ मा सुन्तला पकेट तथा वडा नं ४ र ५ मा बाख्रा पकेट क्षेत्र थप गरिएको छ ।
०बधशाला निर्माण, दुध, अण्डा र मासुमा आत्मनिर्भरता कार्यक्रम, पशु आहार कार्यक्रम, व्यवसायिक फर्म सपोर्ट कार्यक्रममार्फत् कृषकहरूलाई विभिन्न अनुदान प्रदान गरी आर्थिक समृद्धिको थालनी गरिएको छ ।
०लघु उद्यम विकास कार्यक्रम अन्तरगत जम्मा ९४ जनालाई बाख्रा पालन, तरकारी खेती, नर्सरी,मौरीपालन लगायतका सिपमूलक तालिम प्रदान गरिएकोछ ।
०संघीय सरकारसँगको सहकार्यमा चालू आ.व. मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जम्मा ८६ वटा घरपरिवार लाभान्वित भएका छन् ।
०प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गाउँपालिकाको समेत थप आर्थिक लगानी मार्फत जम्मा २९२ जनाले रोजगार प्राप्त गरेका छन । यस कार्यक्रम अन्तरगत १० वटा खानेपानी ट्याङ्की निर्माण तथा सरसफाई, २ हजार मिटर पाइप लाइन विस्तार, ४ हजार मिटर पक्की नाली निर्माण, ८ हजार मिटर कच्ची नाली निर्माण, १४ वटा प्रतिक्षालय, ५ वटा सामुदायिक भवन निर्माण, ५ वटा शौचालय २३ वटा सिंचाइकुलो, गोरेटो बाटो ३५ वटा लगायसँग विभिन्न ४६ वटा योजनाहरु सम्पन्न भएका छन ।
०बरेङ बजारमा सौर्य सडक बत्ती र सी.सी. क्यामेराको व्यवस्था गरिएको छ, पर्यटन प्रवर्द्धनका लागि विभिन्न पूर्वाधारहरूको निर्माण र विस्तार गरिएको जसमध्ये प्रमुख कार्यहरू कौडेको लेक संरक्षण, छहरेखोला (भैंसेखोला) पर्यटकीय पूर्वाधार, साग्दी सत्यवती धार्मिक पर्यटकीय पूर्वाधार निर्माण, भातेपोखरा पर्यटकीय पूर्वाधार योजना आदि रहेका छन् ।
०गाउँपालिकाको प्रशासकीय भवन निर्माणार्थ निःशुल्क जग्गा प्राप्ती गर्नुका साथै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको र यथाशीघ्र भवन निर्माणको कार्य अगाडी बढाउन लागिएको, वडा नं ३ को वडा कार्यालय भवन निर्माण कार्य थालनी, सर्वोदय माध्यमिक विद्यालय भवन निर्माण योजना शुरुवात, साथै वडा नं १ को वडा कार्यालय निर्माण सम्पन्न भई आफ्नै भवनबाट सेवा प्रवाहको थालनी भएकोछ ।
० सार्वजनिक सेवाप्रवाहलाई चुस्त, दुरुस्त, सहज र प्रभावकारी बनाउन विभिन्न सफ्टवयरहरूको व्यवस्था, नागरिक बडापत्रको व्यवस्था, डिजिटल बोर्ड, सूचना प्रविधिको प्रयोग, सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन, नागरिक घरदैलो कार्यक्रम, सामाजिक सुरक्षा भत्ता टोल टोलमा वितरण गरिएकोछ ।
० स्थानीय सरकारको अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका रुपमा रहेको कानून निर्माण कार्यलाई प्राथमिकतामा राखी चालू आर्थिक वर्षमा २ वटा नीतिहरू, २ वटा ऐन, ११ वटा कार्यविधिहरू र गाउँपालिकाको प्रथम पञ्चवर्षिय आवधिक योजना निर्माण गरिएको छ । साथै गाउँपालिकाका सबै दस्तावेजहरू र महत्वपूर्ण कागजातहरूको अभिलेखीकरण गरी विद्युतीय माध्यममा सुरक्षित गर्न फाइल सर्भर व्यवस्थापन प्रणाली ( ँष्भि क्भचखभच ःबलबनझभलत क्थकतझ ) को व्यवस्था गरिएको छ ।
० उमेर चौरासी सम्मान कार्यक्रम, अपाङ्गता ग र घ वर्गका लागि सामाजिक सुरक्षा भत्ता, उपाध्यक्षसँग संस्थागत सुत्केरी कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, गाउँपालिका अध्यक्ष सामाजिक सुरक्षा कार्यक्रम, उपाध्यक्षसँग महिला शसक्तिकरण कार्यक्रम, लक्षित वर्ग उत्थान कार्यक्रम, उज्यालो बालबचत,युवा तथा खेलकुद कार्यक्रम आदिका माध्यमबाट सबै लक्षित वर्ग समूहका नागरिकहरू लाभान्वित भएका छन ।
०गाउँपालिका न्यायिक समिति मार्फत गाउँपालिकामा परेका उजुरीका आधारमा विभिन्न विवाद तथा असमझदारीहरूलाई समाधान गरी स्थानीयबासीहरू बीच मेलमिलाप र सौहार्दपूर्ण वातावरण कायम गर्ने कार्य भएको छ । त्यसैगरी ४ वटा जेष्ठ नागरिक र १८ वटा अपाङ्ग परिचयपत्रहरु वितरण गरिएको छ ।
सभाका सदस्यज्यूहरू,
अब म आ.व. २०७९।०८० का प्राथमिकता प्राप्त प्रमुख कार्यक्रमहरू प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
विश्वभर फैलिएको कोभिड–१९ को महामारीका कारण विगत २ आर्थिक वर्षहरूमा सिर्जित प्रतिकूल अवस्था र हाल मुलुकमा विद्यमान आर्थिक संकुचनको बाबजुद संघ तथा प्रदेश सरकारबाट प्राप्त बजेटलाई अत्यन्तै विवेकपूर्णरुपमा सदुपयोग र कार्यान्वयन गर्नुपर्ने दायित्व हामीबीच आएको छ र सोको अपेक्षा सभाका सबै सदस्यहरूसँग राखेको छु ।
संघीय शासन कार्यान्वयन पश्चात स्थानीय सरकारको दोस्रो कार्यकालको प्रथम आ.व को वार्षिक नीति तथा कार्यक्रम भएको हुँदा चालू आ.व पृथक र विशेष रहेको सन्दर्भमा आत्मसात गरिएका केही प्रमुख कार्यक्रमहरू यहाँ उल्लेख गर्न चाहन्छु ।
१.कृषिक्षेत्रको विकासबिना बरेङको विकास र समृद्धि असम्भव रहेको हुँदा चालू आ.व. मा कृषि र उत्पादनको क्षेत्रलाई प्रथामिकता दिइनेछ ।साना र टुक्रे अनुदानमूखी कार्यक्रमलाई निरुत्साहित गरी एकिकृत र सामुहिक कृषि प्रणालीको थालनी गरिनेछ ।
२.“आन्तरिक पर्यटन, बरेङको सान“ कार्यक्रम मार्फत आन्तरिक पर्यटन प्रवर्धन र पर्यटन पूर्वाधारको विकास गर्दै आर्थिक विकासको एक प्रमुख आधारका रुपमा पर्यटनलाई अगाडी बढाइनेछ ।
३.“शिक्षामा प्रविधि, बरेङमा समृद्धि“ को मूल नारा सहित सामुदायिक विद्यालय प्रति नागरिकहरूको विश्वास वृद्धि गर्नका लागि र शैक्षिक बेरोजगारहरूको संख्या न्यून गर्न सैद्धान्तिक र अव्यवहारिक शिक्षा प्रणालीलाई विस्थापित गरी प्रयोगात्मक, प्राविधिक र जीवन उपयोगी शिक्षा प्रदान गर्न सोही बमोजिमको स्थानीय पाठ्यक्रम (कक्षा १–८) विकासलाई जोड दिइनेछ ।
४.“बरेङको ध्यान,स्वस्थ बरेङबासी अभियान” “कार्यक्रम मार्फत सबै बरेङबासीहरूलाई पर्याप्त र प्रभावकारी आधारभूत स्वास्थ्य सेवा प्रवाहको लागि विशेष व्यवस्था गरिनेछ ।
५.“बिना विनाश, वातावरणमैत्री विकास“को अवधारणालाई आत्मसात गर्दै पूर्वाधार विकास अन्तर्गत सडक, विद्युत, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा लगानी वृद्धि गर्नुका साथै विकास र वातावरण संरक्षणलाई समानान्तर रुपमा लैजान बायो–इन्जिनियरिङ (द्यष्य– भ्लनष्लभभचष्लन) को अवधारणा विकास गरिनेछ ।
६.बालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री स्थानीय तहका रुपमा गाउँपालिकालाई स्थापित गरिनेछ । महिला, बालबालिका, दलित, आदिवासी जनजाती लगायत सबै लक्षित वर्गहरूलाई सम्बोधन गर्ने गरी विभिन्न कार्यक्रमहरूको व्यवस्था गर्नुका साथै सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणका लागि विशेष जोड दिइनेछ ।
७.आर्थिक तथा समाजिक रुपले पिछडिएका समुदायको लागि विभिन्न प्याकेजहरूको व्यवस्था गरी राज्यको मूलप्रवाहमा प्रवाहीकरण गर्न राहत र परनिर्भरता हैन सिप र आत्मनिर्भरता विकास गर्ने व्यवस्था गरिनेछ ।
८.“दुखी, असहाय र बेसहारा, बरेङको अभिभारा“ कार्यक्रम मार्फत अभिभावकविहीन बालबालिका, बेसहारा, अति विपन्न तथा जोखिम अवस्थामा रहेका जेष्ठ नागरिकहरूको तथ्याङ्क संकलन गरी शिक्षा, स्वास्थ्य तथा न्यूनतम जीवन यापनका लागि सरोकारवाला निकायसँग सहकार्य गरी विशेष व्यवस्था गरिनेछ । साथै अति विपन्न नागरिकहरुका लागि एम्बुलेन्स सेवामा सहुलियत प्रदानका लागि अनुदानको व्यवस्था गरिनेछ ।
९.“बरेङको चाहना, सुरक्षित छाना” को नारा सहित संघ र प्रदेश सरकारसँग सहकार्य गरी गाउँपालिका भित्रका सबै खरको छाना भएका घरलाई जस्तापाताद्वारा विस्थापित गरिनेछ ।
१०.“बरेङको नारा, एक घर एक धारा“ कार्यक्रम मार्फत सबै बरेङबासी नागरिकहरूलाई सफा र स्वच्छ खानेपानी को व्यवस्थालाई जोड दिईनेछ ।
११.सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी नियमित विद्युत सेवा प्रवाहको व्यवस्था गर्ने तथा काठेपोल विस्थापन कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
सभाका सदस्यज्यूहरू,
अब म आर्थिक वर्ष २०७९।०८० को प्रमुख नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमती चाहन्छु ।
वार्षिक बजेट नीति तथा कार्यक्रम तर्जुमाका आधारहरुः
–नेपालको संविधान, २०७२
–स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (संशोधित)
–राष्ट्रिय योजना आयोगको मार्गदर्शन,
–नेपाल सरकारको पन्ध्रौं योजनाले परिलक्षित गरेका अवधारणाहरू,
–स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन,२०७४ (परिमार्जित)
–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
–अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
–संघ तथा प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन,
–बरेङ गाउँपालिकाको प्रथम आवधिक योजना,
–नागरिक समाजबाट प्राप्त सुझावहरू,
दीर्घकालीन सोंच, लक्ष्य, उद्देश्य र अपेक्षित उपलब्धी
दीर्घकालीन सोंच
“सन्तुलित विकास, समाजिक न्याय र समता, सुखी र समृद्ध बरेङबासी जनता” लक्ष्य आर्थिक वृद्धि, सामाजिक न्याय, दिगो, एकीकृत र सन्तुलित विकासका माध्यमबाट सम्पूर्ण बरेङबासी जनताको जीवन स्तरमा सुधार ल्याउने ।
उद्देश्यः
–आर्थिक र सामाजिक रुपमा पछाडी परेका समुदायलाई विशेष जोड दिई सामाजिक न्यायको विकास गर्नु ।
–आधुनिकीकरण सहितको कृषि र पशुपालन तथा जडिबुटी उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवर्द्धन गर्नु, उत्पादन र उत्पादकत्व वृद्धिमा जोड।
–पूर्वाधार विकासमा जोड दिँदै वातावरणमैत्री, दीगो र एकीकृत विकास (क्ष्लतभनचबतभम म्भखभयिऊभलत) को अवधारणलाई अवलम्बन गर्नु ।
–स्थानीय स्रोत साधनहरूको पहिचान र समुचित सदुपयोगको वातावरण तयार गर्नु ।
–मौलिक साहित्य, संगित तथा कलाको संरक्षण र प्रवर्द्धन गर्नु ।
–प्राकृतिक सौन्दर्य, सरसफाई र पर्यावरणीय प्रवर्द्धनमा जोड दिनु ।
–पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरी रोजगारीको अवसर सिर्जना गर्नु ।
अपेक्षित उपलब्धीः
स्रोत साधनको सीमितताका कारण एकै आ.व. भित्र पूर्ण रुपमा जनअपेक्षाको सम्बोधन र परिवर्तन सम्भव नहुन सक्छ तथापी गाउँपालिकाले चालू आ.व. २०७९।०८० मा देहायका उपलब्धीहरू हासिल गरेको हुनेछः
० हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण अझै पनि पूर्ण रुपमा अन्त्य नभईसकेकाले कोभिड–१९ लगायत अन्य महामारीहरूबाट सम्पूर्ण बरेङबासीहरूलाई सुरक्षित राख्न विशेष व्यवस्थाहरू गरिएको हुनेछ ।
०नमूनाको रुपमा गाउँपालिका भित्रका कम्तिमा ५ वटा बालविकास केन्द्रहरूमा स्मार्ट टिभि सहितको बालमनोविज्ञानमा आधारित बालमैत्री तथा सिकाइ वातावरणको व्यवस्थापन हुनेछ । साथै सामुदायिक विद्यालयमा आवश्यकताको आधारमा भवनहरू सुदृढीकरण तथा नयाँ निर्माण गरिनेछ ।
० गाउँपालिका भित्र रहेका अभिभावक विहीन, कोभिड–१९ का कारण अभिभावक गुमाएका, अति अशक्त, आर्थिक तथा सामाजिक रुपले समेत जोखिमयुक्त अवस्थामा रहेका बालबालिकाहरुलाई मा.वि तह सम्मको निशुल्क शिक्षाको व्यवस्था गर्ने विशेष कोषको व्यवस्था गरिनेछ ।
० हाल विद्यमान सडक संजालको प्राथमिकताका आधारमा स्तरोन्नती हुनेछ।जस अन्तर्गत गाउँपालिकाभित्र न्यूनतम ४० कि.मी सडक स्तरोन्नती भई सार्वजनिक आवगमनमा सहजता प्राप्त हुनेछ ।
० कृषिको आधुनिकरण र उत्पादनमा आधारित कृषि अनुदानका माध्यमबाट गाउँपालिकाको समग्र कृषि उत्पादनमा न्यूनतम १० प्रतिशत वृद्धि हुनुका साथै गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर स्थानीय तहका रुपमा स्थापित हुनेछ ।
०मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाका सबै स्वास्थ्यचौकीहरु र सामुदायिक स्वास्थ्य इकाइहरुलाई थप पूर्वाधारयूक्त गराइनुका साथै कम्तिमा पनि अति आवश्यक तीन वटा वडाहरुमा “आमा प्रतिक्षा घर” सहितको बर्थिङ सेन्टरहरु थप सुविधायुक्त हुनेछन ।
० गाउँपालिका भित्रका बाँकी सबै खरको छाना भएका घरहरु जस्तापाताद्वारा विस्थापित गरिनेछ ।
० विकास निर्माणमा स्थानीय जनताको रचनात्मक सहयोग र सहभागिता वृद्धि हुनेछ ।
० शैक्षिक क्षेत्रको वर्तमान स्थितिमा गुणात्मक सुधार आउनेछ ।
०बालमैत्री तथा अपाङ्ग मैत्री गाउँपालिकाका रुपमा स्थापित हुने व्यवस्था गरिएको हुनेछ ।
० गाउँपालिकालाई घरमा प्रसुती शून्य, पूर्ण सरसफाइयुक्त, पूर्ण खोपयुक्त, खरको छानोमूक्त गाउँपालिकाका रुपमा घोषणा गरिएको हुनेछ ।
० १ घर १ धारा कार्यक्रम अन्तर्गत कम्तिमा थप ५० घर लाभान्वित हुनेछन ।
० जेष्ठ नागरिक सम्मान तथा निःशूल्क स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिनेछ ।
० प्रत्येक वडाहरुमा नागरिक आरोग्य समिति गठन गर्नुका साथै नसर्ने तर सम्पत्ती र शरिरको नाश गर्ने क्यान्सर, मधुमेह, दम, मुटु तथा मृगौला सम्बन्धि रोगको जोखिम कम गर्न समय समयमा योग, ध्यान तथा आरोग्य शिविर सञ्चालन भएको हुनेछ ।
प्रमुख क्षेत्रगत नीति तथा आधारहरू
क) आर्थिक क्षेत्रः
कृषि विकास
– “बरेङमा समृद्धि, कृषि लगानी वृद्धि“ को मूल मर्मलाई आत्मसात गर्दै आर्थिक विकास र समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा कृषि क्षेत्रलाई विकास गरी कृषक र कृषि पेशालाई सम्मानित पेशाका रुपमा स्थापित गर्ने नीति अवलम्बन ।
–कृषि सम्बन्धी योजना तथा कार्यक्रमलाई वास्तविक कृषक समक्ष पुर्याउनका लागि कृषक सूचीकरण कार्यक्रम र कृषि पशुपन्छी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रमहरूको व्यवस्था गरिनेछ ।
–स्थानीय रैथाने बिउ बिजनहरू लोप हुँदै गइरेको अवस्थालाई मध्यनजर गर्दै सोको संरक्षण गर्न “हाम्रो बिउ, हराउन नदिउँ“भन्ने नाराका साथ बिज बैंक (क्भभम द्यबलप) को स्थापना गरिनेछ।
–५ वटै वडाहरूमा सञ्चालनमा रहेका विभिन्न कृषि पकेटक्षेत्रहरूलाई थप व्यवस्थित गरी बरेङबासीको आयआर्जनमा वृद्धि गरिनेछ साथै कृषियोग्य बाँझो जमिनको सामुहिक उपयोगको लागि प्रोत्साहन गर्ने नीति अवलम्वन गरिनेछ ।
–एकीकृत कृषि प्रणालीको अवलम्बन गरी कृषिको विविधिकरण र आधुनिकीकरण गरी उत्पादनलाई बजारसँग जोड्दै परम्परागत र निर्वाहमुखी कृषि प्रणालीको अन्त्य गरिनेछ ।
–गाउँपालिकाभित्र आवश्यकतानुसार सिंचाई कुलोहरूको निर्माण तथा मर्मत गरी कृषिजन्य जग्गाहरूमा बर्षै भरी सिंचाइको सुविधा पुर्याइनेछ ।
– कृषि विज्ञहरूको परामर्श लिई माटो परीक्षण कार्यक्रम सञ्चालन गरी माटो अनुकुलको उत्पादन क्षेत्रको पहिचान गरिनेछ ।
–स्थानीय कृषि उपजहरुको बिक्री वितरणका लागि मुख्य मुख्य स्थानहरुमा हाटबजार स्थल तोकि मासिक रुपमा हाटबजार को व्यवस्था गरिनेछ साथै कृषि उपज संकलन केन्द्र स्थापनको निरन्तरता दिइनेछ।
–खेती योग्य जमिनमा हुने प्लटिङ कार्य वा बस्ती निर्माण कार्यलाई निरुत्साहित गर्ने नीति लिइनेछ । नेपाल सरकारबाट जारी भूउपयोग नियमावलीले निर्दिष्ट गरे बमोजिम गाउँपालिका भित्रका जमिनलाई वर्गीकरण गरिनेछ ।
–आ.व २०७९।०८० लाई फलफूल वर्षका रुपमा लिई संघ तथा प्रदेश सरकारसँग समन्वय गरी फलफूल रोपण अभियान चलाइनेछ ।
–कृषि तथा पशु विकासमा कृषक समूह÷समिति÷सहकारी÷गैरसरकारी संस्था र स्थानीय सरोकारवालाहरूसँग साझेदारी गर्ने नीति अवलम्बन गरिनेछ ।
–बाँझो र उपयोगहीन जग्गामा सामूहिक रुपमा व्यवसायिक खेती गर्ने कृषक तथा कृषि समुहलाई प्रोत्साहन गरिनेछ ।
–कृषि क्षेत्रको व्यावसायिकरण गरी आर्थिक समुन्नतिको आधारका रुपमा कृषि क्षेत्रलाई स्थापित गर्न गाउँपालिकाले एकीकृत व्यावसायिक खेती परियोजना सञ्चालन गरिनेछ ।
–गाउँपालिकालाई अण्डा, मासु र दुधमा आत्मनिर्भर बनाउन आवश्यक व्यवस्था गर्नुका साथै बढ्दो दानाको माग र खरिदलाई सन्तुलन गर्न स्वयं कृषकहरुलाई नै दाना निर्माण गर्न सक्षम बनाउन आवश्यक प्रविधिको लागि अनुदानको व्यवस्था गरिनेछ ।
–नश्ल सुधार कार्यक्रम मार्फत उन्नत प्रजातीका पशुपालनमा कृषकहरुलाई प्रोत्साहन गरिनेछ ।
पर्यटन
–“बरेङको सान, आन्तरिक पर्यटन“ को मूल नारा सहित पर्यटनलाई गाउँपालिकाको आर्थिक विकासको आधारका रुपमा विकास गर्नका लागि होमस्टे सञ्चालन तथा पर्यटन प्रवर्द्धन सम्बन्धी पूर्वाधार विकासमा जोड दिईनेछ ।
–गाउँपालिका भित्रका सत्यवती मन्दिर, कालीलेक, सिद्धथान मन्दिर, कौडे डाँडा, छहरेखोला (भैंसीखोला) झरना, भित्रीवन, भातेपोखरा लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको पूर्वाधार विकासलाई निरन्तरता दिइनेछ ।
–गाउँपालिकाभित्र रहेका हरिया वनजंगल र जिवजन्तुहरूको प्राचुर्यतालाई मध्यनजर गरी “हरियो वन, जैविक पर्यटन“ कार्यक्रम मार्फत सम्बन्धित निकायसँग समन्वय गरी गाउँपालिका भित्र १ लघु प्राकृतिक संरक्षणस्थल स्थापनाको पहल गरिनेछ ।
उद्योग, उद्यमशिलता तथा सहकारिता
–स्थानीय स्रोत साधनमा आधारित घरेलु तथा साना उद्योगको स्थापना तथा सञ्चालनका लागि अनुदानको व्यवस्था गर्नुका साथै संघ तथा प्रदेश सरकारसँग समन्वय गरी औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अघि बढाईनेछ ।
–युवा तथा वैदेशिक रोजगार बाट फर्केका व्यक्तिहरूमा भएको सिपको उपयोग गरी उद्यमशिलताको प्रवर्धन गर्नका लागि विशेष व्यवस्था गरिनेछ ।
–बेरोजगार व्यक्तिहरूको तथ्याङ्क संकलन गरी एक घर एक रोजगार कार्यक्रमको व्यवस्था गरिनेछ ।
–गाउँपालिका भित्र सञ्चालित विभिन्न फर्निचर, ग्रिल, पोल्ट्री फर्म लगायत घरेलु तथा साना उद्योग व्यवसायलाई थप व्यवस्थित गराईनेछ ।
–१ वडा १ सहकारीको नीति अवलम्बन गरिनेछ ।
–हाउस वायरिङ, कपाल काट्ने, सिकर्मी, डकर्मी, सिलाइ कटाइ जस्ता थोरै लगानीमा सञ्चालन गर्न सकिने सीपमूलक तालिम सञ्चालन गरी स्वरोजगारीको अवसर सिर्जना गरिनेछ ।
–गाउँपालिका भित्र रहेका सहकारीहरूलाई थप व्यवस्थित र सुदृढिकरण गरिनेछ ।
–श्रम र श्रमिकहरुको सम्मान गर्ने संस्कृतिको विकास गरिनेछ।
–वित्तीय अनुशासन तथा बचतको बानी विकास गराउनका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।
श्रम र रोजगारी सिर्जना
–स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिँचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायतका योजना तथा कार्यक्रममा आवश्यक पर्ने निर्माण सामाग्री व्यवस्थापन गरी रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई काममा लगाउन प्रधानमन्त्री रोजगार कार्यक्रम र युवा रोजगारीका लागि रुपान्तरण परियोजनासँग साझेदारी गर्न पर्याप्त बजेटको विनियोजन गरेको छु ।
–गाउँपालिका भित्र उपभोक्ता समितिहरुबाट सञ्चालित योजनाहरु कार्यान्वयन गर्दा अनिवार्य रुपमा निश्चित प्रतिशत कार्य स्थानीय बासिन्दाहरुको सहभागितामा नै गर्नु पर्ने प्रावधान राखी रोजगारीको अवसर सिर्जना हुने व्यवस्था मिलाएको छु ।
–लक्षित वर्गका नागरिकहरुलाई लघुउद्यम विकास कार्यक्रम अन्तरगत अति विपन्न तथा लक्षित वर्गका समुदायलाई प्राथमिकता दिई सिपमूलक तालिमहरु मार्फत स्वरोजगारी र स्वावलम्बन विकास गरिनेछ । साथै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत सूचिकृत हुने बेरोजगार व्यक्तिहरुको क्षमता विकास गरी दक्ष र अर्धदक्षय जनशक्ति विकास गर्न सो कार्यक्रम र लघुउद्यम विकास कार्यक्रम बीच आवश्यक समन्वय स्थापित गरिनेछ ।
–बेरोजगार व्यक्तिहरुको तथ्याङ्क संकलन गरी स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्ने नीति अवलम्बन गरिनेछ ।
ख) सामाजिक क्षेत्र
शिक्षा विकास
१. शिक्षाः
–देश विकासको मेरुदण्ड शिक्षा र शिक्षाको जग बालविकास केन्द्र भएकोले सबै बालबालिकाहरूलाई प्रारम्भिक बालकक्षाको अनुभव प्रदान गर्नको लागि सामुदायिक विद्यालयहरूमा स्मार्ट टिभि सहितको बालमनोबिज्ञानमा आधारित बालमैत्री तथा सिकाइमैत्री प्रारम्भिक बालकक्षाको स्थापना गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
–बालबालिकाहरूमा राष्ट्रियता, स्वाभिमान, नैतिकता र असल नागरिकको रुपमा स्थापित गर्न कक्षा १ देखि कक्षा ८ सम्मको लागि निर्माण गरिने स्थानीय पाठ्यक्रममा सो विषयहरू समावेश गरिनेछ।
–शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि सबै शिक्षकहरूलाई आवश्यकताको आधारमा तालिम प्रदान गरिनेछ। साथै उत्कृष्ट कार्य गर्ने विद्यार्थी, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई पुरस्कार तथा प्रोत्साहन गरिनेछ ।
–बालकक्षा देखि कक्षा ८ सम्म पूर्णरुपमा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क प्रदान गर्ने संवैधानिक व्यवस्थालई पूर्ण रुपमा कार्यान्वयन गरिनेछ । साथै गाउँपालिका भित्रका १८ वर्ष भन्दा कम उमेरका अभिभावक वा संरक्षक विहीन बेसहारा बालबालिकाको लागि माध्यमिक तहसम्म छात्रवृत्तीसहित निःशुल्क शिक्षाको व्यवस्था गरिनेछ ।
–गाउँपालिकाका सामुदायिक विद्यालयहरू मध्ये उत्कृष्ट नतिजा हासिल गर्ने कुनै एक विद्यालयलाई गाउँपालिका स्तरीय नमूना विद्यालयका रुपमा स्थापना गरी व्यावहारिक तथा जिवनोपयोगी शिक्षा प्रणाली विकास गरिनेछ ।
–बाँकी रहेका सबै सामुदायिक विद्यालयहरूमा विद्युत, इन्टरनेट, कम्प्युटर जस्ता उपकरणहरु जडान गरी प्रविधिमैत्री विद्यालय बनाइनेछ । साथै गरीब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूका लागि प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्तीको व्यवस्था गर्ने कार्यालाई निरन्तरता दिइनेछ ।
–सामुदायिक विद्यालयहरूलाई विद्यार्थीको रोजाइ र सिकाइको केन्द्र बनाउनको लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
–उच्च शिक्षामा सबैको पहुँच पु¥याउनको लागि सर्वोदय क्याम्पसलाई थप व्यवस्थित बनाइ आङ्गिक क्याम्पस बनाउन आवश्यक पहल गरिनेछ ।
–संघीय सरकारबाट निर्धारित कार्यविधि र मापदण्डको अधिनमा रही आवश्यकता अनुसार गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरू मर्ज गरी सामुदायिक विद्यालको शिक्षालाई थप गुणस्तरीय बनाईनेछ र आवश्यकतानुसार एक आवसीय विद्यालयको शुरुवात गरिनेछ ।
–उत्कृष्ट नतिजाका साथ शैक्षिक क्षेत्रमा उल्लेखीय सुधार ल्याउने विद्यालयलाई गाउँपालिकाले प्रोत्साहन स्वरूप आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने नीति अवलमबन गरिनेछ ।
–अभिभावकविहीन, अति विपन्न, दलित, महिला, आदिवासी जनजाती एवं सिमान्तकृत वर्गलाई शैक्षिक अवसरहरूको सुनिश्चितता प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
–एस.ई.ई लगायत विभिन्न तहमा गाउँपालिकाबाट सर्वोत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरूलाई सम्मान गरिनेछ ।
–गाउँपालिकाको शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउने शिक्षक, शिक्षिकाहरूलाई “दीर्घ सेवा सम्मान“ को व्यवस्था गरिनेछ ।
–जनप्रतिनिधि, शिक्षक, विद्यार्थी तथा अभिभावक सहितको संयुक्त उपस्थितिमा एक अर्कालाई उत्तरदायी बनाउनुका साथै सामुदायिक विद्यालयको शिक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ “विद्यार्थीसँग अध्यक्ष” कार्यक्रम सञ्चालन गरिनेछ ।
–विद्यार्थीहरुबाट समेत शिक्षकहरुको मूल्याङ्कन गर्ने व्यवस्थाको शुरुवात गरी सघन विद्यालय अनुगमन कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै विद्यार्थीहरुका समस्या, गुनासो वा सुझावहरु गोप्य तरिकाले संकलन गर्न सबै सामुदायिक विद्यालयहरुमा “विद्यार्थी सुझाव पेटिका“को व्यवस्था गरिनेछ ।
–आ.वि हरूको हकमा कक्षा ८ को परीक्षाको नतिजा र मा. वि हरूको हकमा एस.ई.ई परीक्षाको नतिजाका साथै विद्यालयको समग्र शैक्षिक वातावरण तथा व्यवस्थापन लगायतका आधारमा मूल्याङ्कन गरी हरेक वर्ष उत्कृष्ट वर्ष विद्यालय (क्अजयय िइा तजभ थ्भबच) का रुपमा सम्मान तथा पुरस्कारको व्यवस्थ गरिनेछ ।
–गाउँपालिकाको समग्र शैक्षिक विकासका लागि नीजि क्षेत्र, गैसस लगायत सम्पूर्ण सरोकारवाला निकायसँग सहकार्य गरिनेछ ।
–सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित गरिनेछ ।
२. स्वास्थ्य क्षेत्रः
–“बरेङको रहर, शून्य मातृशिशु मृत्युदर“ को नारा सहित सुरक्षित मातृत्व प्रवर्द्धन तथा मातृशिशु मृत्युदर न्यूनिकरणका लागि गाउँपालिकाभित्र सञ्चालित सबै बर्थिङ सेन्टरहरुलाई थप सुविधा सम्पन्न गराउँदै प्रसुतिका आफन्त वा सहयोगीहरुका लागि खाने बस्ने सुविधा सहित“ आमा प्रतिक्षा घर“को व्यवस्था गरिनेछ । साथै निःशुल्क गर्भवती जाँच, भिडियो एक्सरे, वेवी वार्मिङ मेसिनको समेत व्यवस्थापन गरी “घरमा प्रसुति शून्य गाउँपालिका“ रुपमा घोषणा को तयारी गरिनेछ ।
–सबै नागरिकहरूलाई निःशुल्क, सरल र सहज आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुका साथै दिर्घ रोगी, गरिब तथा विपन्न नागरिकहरूको लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
–आधारभूत स्वास्थ्य सेवा लिन नागरिकको घरबाट बढीमा ३० मिनेटको दुरीमा स्थापना गरिएका सामुदायिक स्वास्थ्य इकाइहरूलाई थप सुदृढ गरी स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
–दश शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण कार्य यथाशीघ्र शुरु गरी विशेषज्ञसहितको सेवा प्रदानको तत्कालीन व्यवस्थाका लागि “टेलिमेडिसिन कार्यक्रम“को व्यवस्था गरिनेछ ।
–आयुर्वेदिक चिकित्सा पद्धतिको आवश्यकतालाई ध्यान दिँदै भर्खर मात्रै सञ्चालनमा ल्याइएको नागरिक आरोग्य केन्द्रलाई सुविधा सम्पन्न र व्यवस्थित बनाइनेछ ।
–कोभिड १९ को महामारीलाई नियन्त्रण गर्नको लागि सहयोग गर्ने संस्था तथा व्यक्तित्वहरूलाई सम्मान प्रदान गर्दै आगामी दिनमा आइपर्ने विभिन्न किसिमका विपद्हरूको नियन्त्रण गर्नको लागि प्राविधिक, स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारी र सुरक्षाकर्मी सहतको संयुक्त त्तगष्अप च्भकउयलकभ त्भबm (त्तच्त्) को व्यवस्थापन गरिनेछ ।
–आधारभूत स्वास्थ्य नागरिकको मौलिक हकका रुपमा रहेकाले स्वास्थ्य चौकी, औषधालय, निःशूल्क स्वास्थ्य सेवा कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा स्वास्थ्यकर्मीहरुको सेवालाई नियमित र पहुँचयोग्य तुल्याईनेछ ।
–महिलाहरुको पाठेघर र स्तन क्यान्सर रोकथाम, २ वर्ष मुनिका बालबालिकाहरुको पोषण स्थितिमा सुधार लगायत स्वास्थ्य सम्बन्धी पर्याप्त जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिनेछ ।
–गाउँपालिका भित्र अत्यावश्यक औषधिको वर्षभरी नै अभाव हुन दिईने छैन ।
–महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई लक्षित गरी एकिकृत विशेषज्ञ स्वास्थ्य शिविरहरुको आयोजना गिरिनेछ ।
–जेष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरुलाई आवश्यकतानुसार ह्वील चियर, वैशाखी, बेड, ईयर डिभाईस लगायतका सामग्रीहरुको व्यवस्था गरिनेछ ।
–स्वास्थ्य सेवामा नागरिकको पहुँच वृद्धि गर्न घरदैलो घुम्ति स्वास्थ्य सेवा, गाउँपालिका अध्यक्ष जनता स्वास्थ्य परिक्षण शिविर, गर्भवती पोषिलो झोला जस्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
–सामुदायिक स्वास्थ्य सेवा प्रवर्धनमा संलग्न महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई दक्ष बनाउन आवश्यक तालिमको व्यवस्था गरिनेछ ।
–गर्भवति, बालबालिका, किशोर किशोरी तथा जेष्ठ नागरिकहरुको तथ्याङ्क संकलन र अनलाईन सिस्टममा दर्ता गर्न, महामारी तथा बिपदजन्य अवस्था सूचना आदान प्रदान गर्न महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रदान गर्दै आइएको मासिक २०० फोन खर्चलाई बढाएर मासिक पाँच सय रुपैया पुर्याइनेछ ।
भाषा संस्कृति, लैङिगक समानता तथा सामाजिक समावेशिकरण
–सामाजिक न्यायसहितको समतामूलक समाज निर्माणको नीति अवलम्बन गर्दै विकासका प्रतिफल सबै नागरिकहरूले अनुभूत गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
–सबै किसिमका हिंसाहरू, जातीय तथा लैङ्गिक विभेद को न्यूनिकरण गरी कुप्रथामुक्त गाउँपालिका निर्माण गर्ने नीति अवलम्बन गरिनेछ ।
–विपन्न तथा पिछडिएका वर्गका महिलाहरूलाई लक्षित गरी समग्र महिलाहरूको सशक्तिकरण सम्बन्धी कार्यक्रमहरू संचालन गरिनेछ ।
–श्रमिक, किसान, एकल महिला लगायत विपन्न वर्गका जनताहरूको लागि आयमूलक एवं क्षमता विकास सम्बन्धी क्रियाकलापहरू सञ्चालन गरिनेछ ।
–सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास एवं उनिहरूको सामाजिक सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउदै लैजाने नीति लिईनेछ ।
–निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता प्रवर्द्धन गर्ने कार्यक्रमम संचालन गरी सहभागिताको सुनिश्चितता गरिनेछ ।
–बालबालिका सम्बन्धी बालक्लब संजाल एवं बालबालिकाको क्षमता विकासका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
–निर्माण गरिएका वा गरिने सामाजिक एवं भौतिक पूर्वाधारहरूलाई बालमैत्री, जेष्ठ नागरिक एवं अपाङ्गमैत्री बनाउँदै लगिनेछ ।
–जेष्ठ नागरिकहरूको सामाजिक पहिचान, सम्मान एवं सामाजिक सुरक्षामा विशेष जोड दिने नीति लिइनेछ ।
–स्पष्ट मापदण्डको आधारमा लक्षित वर्गको पहिचान गरी लाभान्भित हुने कार्यक्रम सञ्चालन गरिनेछ ।
–गाउँपालिकाभित्रका विभिन्न स्थानीय मौलिक गित संस्कृति, जात्रा, मेला भेषभूषा लगायत परम्परागत जीवनशैलीहरूलाई जिवन्त राख्न एक डकुमेन्ट्री निर्माणको व्यवस्था गरी संरक्षण गरिनेछ ।
–गाउँपालिका भित्रका आर्थिक तथा सामाजिक रुपले पिछडिएका तथा लोपोन्मुख जातीहरूको संरक्षणका लागि ठोस कदम चालिनेछ ।
–संघ तथा प्रदेश सरकारसँग समन्वय गरी सुरक्षित नागरिक आवास कार्यक्रम मार्फत आर्थिक तथा समाजिक रुपमा विपन्न नागरिकहरूको खरको छानो विस्थापन गरी जस्तापाताको व्यवस्था गरिनेछ ।
–गाउँपालिकाभित्र परम्परागत रुपमा सञ्चालित मेला तथा जात्राहरूलाई संरक्षण तथा सम्वर्द्धन गरिनेछ ।
–सामाजिक न्यायलाई जनस्तरमा पुर्याउन वडास्तरमा मेलपिलाप विस्तार गरिएका मेलमिलाप केन्द्रलाई सुदृढीकरण गर्दै न्यायिक समितिलाई थप प्रभावकारी बनाईनेछ ।
–आर्थिक तथा सामाजिक रुपमा जोखिमयुक्त अवस्थामा रहेका नागरिकहरूको सशक्तिकरणका लागि सचेतना, सिप, रोजगारी वा संरक्षणको नीति अवलम्बन गरिनेछ ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक
–बालबालिकाहरूको चौतर्फी विकासका लागि आवश्यक व्यवस्था गर्दै बाल प्रतिभा पहिचान र प्रफुस्टन तथा संरक्षण गर्न बाल अधिकारको सुनिश्चितता गरिनेछ । साथै बालमैत्री गाउँपालिकाका रुपमा रुपान्तरण गर्न बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले निर्दिष्ट गरेका व्यवस्थाहरू कार्यान्वयनको प्रबन्ध मिलाइनेछ ।
–अति विपन्न जेष्ठ नागरिकहरूको स्वास्थ्य उपचार गर्नको लागि जिल्ला बाहिर लैजानुपर्ने भएमा एम्बुलेन्स सेवामा सहुलियत प्रदान गरिनेछ र सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई थप सहज बनाइनेछ ।
– फरक क्षमता भएका नागरिकहरूका लागि सहायता सामग्रीहरूको व्यवस्थापन गरी दैनिक जीवनमा सहजता प्रदान गरिनेछ ।
–विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिँदै सामुदायिक स्वास्थ्य औषधि कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ । साथै आवश्यकता र मागको आधारमा विशेषज्ञ सेवासहितको घुम्ति स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
–हाल मुलुकभर तीव्र रुपमा फैलिएको यौन शोषण र बलात्कार जस्तो जघन्य अपराधलाई रोक्न यस सम्बन्धी विद्यालय स्तरबाटै चेतना जगाउने र महिला हिंसा, बलात्कार, विद्यालयमा हुने लैंगिक तथा यौन हिंसा लगायतका कुकार्य र अपराधको विरुद्ध “शुन्य सहनशिलता र सामाजिक बहिष्करण“को नीति अवलम्बन गरिनेछ ।
–महिला सशक्तिकरणको माध्यमद्वारा लैंगिक हिंसा न्यूनिकरण गरी सबै प्रकारका सामाजिक कुप्रथा र विभेदको अन्त्य गर्ने व्यवस्था गरी समतामूलक समाज निर्माणमा जोड दिईनेछ जसका लागि विगतमा सञ्चालन गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ ।
खानेपानी तथा सरसफाई
–गाउँपालिकाका खानेपानीको मुहानहरूको गुणस्तर परीक्षण गरी शुद्धिकरणको व्यवस्था गर्दै सफा र स्वच्छ खानेपानी सहितको एक घर एक धाराको नीतिको कार्यान्वयनलाई निरन्तरता दिइनेछ । साथै बरेङ गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिकाको रुपमा स्थापित गर्न आवश्यक पहल गरिनेछ ।
–पूर्ण सरसफाई सम्बन्धी जनचेतना अभिवृद्धि गरिनुका साथै गाउँपालिका अन्तरगतका सहरोन्मुख क्षेत्रहरूमा आवश्यकतानुसार डस्टविन तथा सार्वजनिक शौचालयहरूको व्यवस्था गरिनेछ ।
–स्वच्छ एवं गुणस्तरीय खानेपानीको आपूर्तीलाई व्यवस्थित गर्न पुराना खानेपानी योजनाहरूको दिगो संरक्षण, मुहानको खोजी र संरक्षण गरी पर्याप्त खानेपानीको आपूर्तीको व्यवस्था गरिनेछ ।
–परम्परागत रुपमा निर्मित कुवा, ढुंगेधारा, पोखरीहरूको संरक्षण एवं प्रवर्द्धन गरिनेछ ।
–सरसफाई र स्वच्छता, बरेङको सभ्यता भन्ने नाराका साथ गाउँपालिकाभित्र बढ्दै गइरहेको सहरोन्मूख क्षेत्र र फोहोरमैलाको व्यवस्थापनकाको दीर्घकालिन उपाय अवलम्बन गर्दै गाउँपालिकाभित्र ल्याण्डफिल्ड साईटको स्थापना गरिनेछ।साथै फोहोरमैला व्यवस्थापनलाई सभ्यतासँग आबद्ध गराउँदै विद्यालयस्तरबाट नै सोको शिक्षा प्रदान गर्न स्थानीय पाठ्यक्रममा समावेश गरिनेछ ।
युवा तथा खेलकुद विकास
–खेलकुदलाई मनोरञ्जन र स्वास्थ्यसँग आबद्ध गर्दै गाउँपालिका स्तरीय बहुउद्देशीय रङ्गशालाको स्थापना गरी खेलकुदको विकासमा जोड दिइनेछ साथै राष्ट्रिय स्तरमा ख्याति प्राप्त गर्ने खेलाडीको लागि सम्मान तथा प्रोत्साहनको व्यवस्था गरिनेछ ।
–गाउँपालिकामा दर्ता भएका युवा क्लवहरूको लागि विभिन्न खेल विधाहरूको प्रवर्द्धन गर्न समय समयमा खेलसामग्रीसहित प्रशिक्षणको व्यवस्था गरिनेछ ।
–वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूमा रहेको सिपलाई उपयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
–युवालक्षित सिपमूलक तालिम संचालन गरी स्वरोजगारीको अवसर सिर्जना गर्दै बढ्दो विदेश पलायनको वर्तमान स्थितिमा न्यूनीकरण गरिनेछ ।
–विभिन्न युवाक्लबहरू तथा युवालक्षित संघ संस्थाहरूसंग सहकार्य गर्दै युवाहरूमा नेतृत्व विकासको अवसरहरू प्रदान गरिनेछ ।
–गाउँपालिकामा खेलकुद क्षेत्रको विकास र प्रवर्द्धनलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरिनेछ ।
–युवाहरूलाई दुर्व्यसनीबाट मुक्त दिलाउन आवश्यक कदम चालिनेछ ।
–गाउँपालिका भित्र रहेका विभिन्न युवा क्लवहरूलाई समाज सुधार तथा विकास कार्यमा आवद्ध गराउने नीति अवलम्बन गरिनेछ ।
–युवाहरूलाई उद्यमशिलता तर्फ उन्मूख गराउनका लागि प्रोत्साहनमूलक कार्यक्रमको व्यवस्था गरिनेछ।
–खेलकुद क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै क्रमशः१ वडा १ खेल मैदानको व्यवस्था गरिनेछ।
(ग) पूर्वाधार विकास
–विषयगत विज्ञहरुसँग छलफल र अन्तर्क्रिरया गरि प्राप्त सुझावका आधारमा समग्र विकास नीति लागु गरिनेछ।विकास प्रक्रियालाई थप सहभागितामूलक बनाई गाउँपालिकाको समग्र विकासका लागि रचनात्मक सुझाव र पृष्ठपोषण प्रदान गर्न विज्ञ सहित सम्मिलित बरेङ गाउँपालिका विकास समन्वय फोरम गठन सञ्चालन तथा व्यवस्थापन गरिनेछ ।
–गाउँपालिकाको केन्द्रबाट नयाँबजार सल्यान सुखौरा फास्ट ट्रयाक हुँदै ५ वटै वडाकार्यालय सम्म जोड्ने मोटरबाटो तथा कालिगण्डकी करिडोरदेखि मध्ये पहाडी राजमार्ग जोड्ने मोटरबाटो लगायत गाउँपालिकाको केन्द्र, सदरमुकाम र वडा कार्यालयहरूको सम्पर्क सडकहरू र गाउँपालिकाका रणनैतिक महत्वका सडकहरूको स्तरोन्नती गरिनेछ ।
–गाउँपालिका भित्रका सबै वडाहरुमा अन्तरसम्बन्ध र अन्तरआबद्धता कायम गर्ने लक्ष्यका साथ गाउँपालिका स्तरीय रिङरोडको स्तरोन्नति गरी बाह्रै महिना सवारी आवागमनमा सहजता प्रदान गरिनेछ। साथै प्राथमिकताका आधारमा कृषि सडक र टोलस्तरीय मोटरबाटोको स्तरोन्नति गरिनेछ ।
–अति आवश्यक ठाउँमा पक्कि मोटरेवल पुल र झोलुङ्गे पुलको निर्माण गरी नागरिक तथा सवारी आवागमनलाई सहजता प्रदान गरिनेछ ।
–एक आमा समूह एक सामुदायिक भवन तथा एक युवा क्लब एक खेलमैदानको अभियानलाई निरन्तरता दिइनेछ ।
–जथाभावी नयाँ सडक ट्र्याकहरू खोल्ने कार्यलाई निरुत्साहित गर्दै संचालनमा रहेका सडकहरूको स्तरोन्नती गरी “सबै र सधैंका लागि सडक“ को मूल मर्मलाई आत्मसात गरिनेछ ।
–गाउँपालिका भित्रका मुख्य बजार र बस्तीहरूका बीचमा सहज आवागमन र व्यापारीकरणका लागि निश्चित मापदण्डका आधारमा अटो रिक्सा अनुदान प्रदान गरिनेछ ।
–सडक, पुलजस्ता भौतिक पूर्वाधार निर्माणमा आर्थिक, वातावरणीय, सामाजिक पक्षको मूल्याङ्कन एवं अध्ययनको आधारमा गुणस्तरीय एवं वातावरण मैत्री भौतिक पूर्वाधार निर्माणमा जोड दिइनेछ ।
–ग्रामीण तथा कृषि सडकहरू निर्माण गर्दा स्थानीयस्तरमा हुने कृषि उत्पादनका आधारमा प्राथमिकता दिइनेछ।
–सडक लगायत पूर्वाधार विकाससँग सम्बन्धित योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्दा कुल लागतको निश्चित प्रतिशत काम मेसिन बिना मानिसले नै गर्नुपर्ने व्यवस्था गरी अधिकतम रुपमा स्थानीयबासीहरुलाई रोजगार सिर्जना गरिनेछ ।
–गाउँपालिका भित्रका सडकहरूलाई वर्षैभरी सञ्चालनमा राख्न तथा पूर्वाधार सम्बन्धी संरचनाहरूको नियमित मर्मत संभारका लागि “एक मर्मत सम्भार कोष “स्थापना गरिनेछ र “सडक मर्मत समुह“ गठन गरी गाउँपालिका भित्रका सडकको नियमित मर्मत सम्भारको व्यवस्था गरिनेछ ।
–गाउँपालिका भित्रका बस्तिहरुलाई व्यवस्थित बनाउदै दिगो विकासमा सहयोग पु¥याउन संभावित विपद्जन्य जोखिमलाई मध्यनजर गर्दै सडक निर्माण , सिंचाई , भवन निर्माण एवम् भूकम्प प्रतिरोधी संरचनाहरु निर्माणको लागि बस्ति विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड बनाई नक्सा पासको कार्य लागु गर्ने प्रयास गरिने छ ।
–सडक लगायत कुनैपनि विकासका पूर्वाधार सम्बन्धी योजनाहरू कार्यन्वयनका चरणमा अनावश्यक विवाद, ढिला सुस्ती र अनियमितता गर्ने उपभोक्ता समिति, निर्माण व्यवसायी लगायत सबैलाई निरुत्साहित गर्ने नीति अवलम्बन गरिनेछ ।
–गाउँपालिकाभित्रका सार्वजनिक जग्गाको लगत संकलन गरी नियमानुसार सार्वजनिक हितका विभिन्न पूर्वाधार निर्माणमा उपयोग गरिनेछ ।
–गाउँपालिकाको एकल लगानी बाट सम्भव नहुने विकासका पूर्वाधारहरू निर्माणका लागि छिमेकी स्थानीय तहहरूसँग समन्वय र सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
–विकास निर्माण लगायतका कार्यक्रमलाई समयमा नै सम्पन्न गरि अर्को आ.व. मा व्ययभार सर्न जाने प्रकृयाको अन्त्य गर्न तथा विकास निर्माण अनुशासनलाई अनिवार्य पालना गर्न गराउनका लागि विगत वर्षको दायित्व आगामी वर्षमा नसार्ने नीतिलाई अवलम्बन गरिनेछ ।
उर्जा एवं विद्युतिकरण
–गाउँपालिका भित्र नियमित विद्युत आपूर्तिको व्यवस्था गर्न सामुदायिक विद्युतिकरण उपभोक्ता समितिहरु र नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरिनेछ ।
–संघ तथा प्रदेश सरकारसँग समन्वय गरि काठे पोल विस्थापन कार्यक्रमलाई निरन्तरता दिइनेछ।साथै गाउँपालिकाभित्र रहेका लघु तथा साना जलविद्युत आयोजनाको नियमित मर्मत सम्भार र संचालन गर्न प्राथमिकता दिईनेछ ।
–गाउँपालिकाभित्रका सहरोन्मूख र संवेदनशील क्षेत्रहरूमा सौर्य सडक बत्तीको व्यवस्था गरिनेछ ।
–संघ तथा प्रदेश सरकारसँग समन्वय गरी काठेपोल विस्थापन कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
सञ्चार तथा सूचना प्रविधि
–गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधिकतम उपयोग मार्फत शासन प्रणालीलाई स्थानीय तहबाट नै सुदृढीकरण गरिने नीति अवलम्बन गरिनेछ ।
–सेवाग्राहीको लागि जारी गरिने नागरिक बडापत्रलाई अध्यावधिक गरी सबै तह र वर्गको पहुँचमा पुर्याउनका लागि सूचना बोर्ड, डिजिटल वडापत्र, मोबाइल एप्स, सामाजिक संजाल पेज र वेव साइट मार्फत जानकारी गराई नागरिकको सुचनामा सहज पहुँच गराइनेछ । साथै गाउँपालिकाका हरेक सूचना तथा समाचार, वडाकार्यालयहरूको विवरण, कार्यक्रमहरू, मासिक, चौमासिक तथा बार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अनुगमन प्रतिवेदन, आय व्यय विवरण, सार्वजनिक सुनुवाई, ऐन कानुन निर्देशिका, कर तथा शुल्कहरू र जनप्रतिनिधि तथा कर्मचारीहरूको सम्पर्क विवरण वेवसाइट मार्फत नियमित उपलब्ध गराइनेछ ।
–गाउँपालिकाबाट हालसम्म संचालनमा ल्याइएका सफ्टवेयर प्रणालीहरूलाई केन्द्रिकृत गरी आफ्नै सर्भर व्यवस्थापन गरी थप व्यवस्थित गरिनेछ ।
–इन्टरनेटको पहुँच नपुगेका शिक्षा संस्था तथा स्वास्थ्य संस्थामा इन्टरनेट विस्तार गरी गाउँपालिकाको मातहतका सम्पूर्ण कार्यालयहरूमा शत प्रतिशत इन्टरनेटको पहुँच पुर्याइनेछ ।
–वडा कार्यालयको कामकाजलाई छिटो, छरितो बनाउने उद्देश्यले वडा कार्यालयमार्फत सेवाग्राहीहरूलाई उपलब्ध गराइने सम्पूर्ण खालका सिफारिस पत्रहरू सफ्टवेयरको व्यवस्थापन गरी डिजिटल माध्यमबाट प्रदान गरिनेछ ।
–हाल गाउँपालिका, वडा, स्वास्थ्य संस्था, मा.वि. तथा प्राथमिक बिद्यालयहरूमा विस्तार भएको ई–हाजिरी प्रणालीलाई केन्द्रिकृत व्यवस्थापन तथा अनुगमनका लागि ऋभलतचबष्शिभम भ्–ब्ततभलमबलअभ प्रणालीको सुरुवात गरिनेछ ।
–हाल गाउँपालिकाको कार्यालय, बरेङ बजार र कोभिड अस्पतालमा प्रयोगमा ल्याइएको सि.सि. क्यामेरालाई मा.वि बिद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूमा जडान गरी आन्तरिक अनुगमन पद्दतिलाइ थप प्रभावकारी बनाइनेछ ।
–यस पालिका स्थित व्यस्त बजार तथा महत्वपूर्ण स्थानहरूमा निगरानी तथा सुरक्षा व्यवस्थापन गर्नका लागि सडक बत्ती (क्तचभभत ीष्नजत) सँगै सि.सि. क्यामेरा जडान गरिनेछ साथै यस्ता ठाउंहरूमा ँचभभ ध्ष्–ँष् श्यलभ बनाइनेछ ।
–गाउँपालिका क्षेत्रलाई आधार मानेर पत्रकारिता गर्ने पत्रकारहरूलाई सम्मान गरिनेछ ।
–गाउँपालिकाभित्र सञ्चालित एफ.एम. रेडियो लगायत छापा माध्यमबाट सूचना प्रसारण गर्ने संघसंस्थाहरूलाई आवश्यकतानुसार सहयोग गरिनेछ ।
–सबै संचार माध्यम सँग समदुरीको नीति अख्तियार गरिनेछ ।
–लाईनफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक पहल गरिनेछ ।
(घ) वातावरण तथा विपद व्यवस्थापन
–गाउँपालिकाको आवधिक योजना र यातायात गुरु योजनालाई संघ तथा प्रदेशको आवधिक योजनासँग तादत्म्यता कायम गर्दै दिगो र वातावारणमैत्री तथा एकीकृत विकासको अवधारणा अवलम्बन गरिनेछ ।
–गाउँपालिकाभित्र रहेका विपद जोखिम युक्त स्थानहरूको पहिचान गर्नुका साथै बाढी, पहिरो, भूकम्प लगायतका विभिन्न प्राकृतिक विपदका क्रममा प्रयोग गर्न सकिने गाउँपालिका भित्रका सुरक्षित स्थलहरूको पूर्व पहिचान सहितको विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्नुका साथै विपदको समयमा उद्धार, राहत वितरण र पुनर्स्थापनका लागि एकद्वार प्रणालीको अवलम्बन गरिनेछ ।
–सामुदायिक वनहरूमा फलफूल तथा तुलनात्मक रुपमा लाभ दिने खालका जडिबुटी तथा विरुवाहरू रोपी वातावरण संरक्षणका साथै अर्थोपार्जनको व्यवस्था मिलाइनेछ ।
–बाढी, पहिरो, भूक्षय, डढेलो नियन्त्रण गर्नुका साथै जोखिमपूर्ण स्थानहरूमा तटबन्धन लगायतका व्यवस्था गरी जोखिम न्यूनिकरणको उपाय अबलम्बन गरिनेछ ।
–विभिन्न प्रकारका विपदबाट सिर्जित संकटपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै विपद व्यवस्थापन कोषमा थप बजेटको व्यवस्था गरिनेछ ।
–स्थानीय जनताको सहभागिताको माध्यमबाट वनको संरक्षण, दिगो व्यवस्थापन तथा संस्थागत सुदृढीकरण गरी दैनिक जनजीवनमा आवश्यक वन पैदवारको सुलभ आपुर्ति गर्ने व्यवस्था मिलाइनेछ।
–जलवायु परिवर्तन अनुकुलन तथा वातावरण संरक्षणमा टेवा पुर्याउने कार्यक्रमलाई जोड दिईनेछ ।
–विभिन्न सरोकारवाला निकायहरूसँग सहकार्य गरी विपदको पूर्वतयारी सम्बन्धी जनचेतना फैलाउनका लागि विद्यालयहरूमा तत्सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
–विपदको समयमा तत्काल उद्धार गर्नका लागि गाउँपालिका स्तरीय एकीकृत रेपिड रेसपोन्स टिम (च्च्त्) को व्यवस्था गरिनेछ ।
–वन तथा जैविक विविधताको दिगो संरक्षण गर्दै वन पैदावारको उचित सदुपयोग र व्यवस्थापन गर्ने र वनको जमिन खाली नराखिने नीति लिइने छ । यसका लागि सामुदायिक वनसंगको सहकार्यका क्षेत्रहरु पहिचान गरी उत्पादनका लागि वनमा लगानी भन्ने सोंचका साथ “सामुदायिक वन साझेदारी कार्यक्रम“ लाई थप प्रभावकारी बनाईनेछ ।
–फोहोरमैला व्यवस्थापनको लागि विगतका बर्षहरुमा निर्माण गरिएका डम्पिङ साइट , इन्सिनिरेटर लाई थप व्यवस्थित गरिनेछ ।
–पहिरो जोखिमका वस्तीहरु संरक्षण गर्न , खोला कटान नियन्त्रण गर्न बायो–इन्जिनियरिङ्ग को प्रयोग व्यापक रुपमा अङ्गिकार गरिनेछ ।
ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन
–गाउँपालिकाको प्रशासकीय भवन निर्माणको थालनी गर्नुका साथै आफ्नै वडा भवन नभएका वडा कार्यालयहरूको क्रमशः निर्माण गरिनेछ ।
–सार्वजिनक सेवा प्रवाहको समय र प्रक्रिया, नियमानुसार लाग्ने दस्तुर, गुनासो सुन्ने अधिकारी लगायतको जानकारी सहित गाउँपालिका अन्तरगतका सबै निकायहरूमा नागरिक बडापत्रको थप प्रभावकारी व्यवस्था गरिनेछ ।
–आर्थिक वर्षको सुरुवातबाटनै गाउँपालिकाका सबैवडा कार्यालयहरूबाट विभिन्न प्रयोजनका लागि गरिने सिफारिसलाई सहज, व्यवस्थित, छिटो, छरितो तथा अभिलेखीकरणलाई थप मजबुद गर्न सिफारिस व्यवस्थापन प्रणाली प्रयोगमा ल्याइनेछ ।
–योजना शाखाको कार्यलाई छिटो, छरितो, पारदर्शी, प्रभावकारी तथा प्रविधिमैत्री बनाउनका लागि योजना व्यवस्थापन सफ्टवेयर प्रणालीको व्यवस्थापन गरी कार्यान्वयन गरिनेछ ।
–गाउँपालिकाबाट कार्यान्वयन हुने योजना, कार्यक्रममा वित्तीय जोखिम न्यूनीकरणका लागि निर्माण र खरिद प्रक्रियालाई बढी पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन बार्षिक खरिद योजना बनाई भ्–द्यष्ममष्लन लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
–नेपाल सरकारबाट सञ्चालनमा ल्याइएका सफ्टवेयर प्रणाली जस्तै क्ग–त्चब, एब्ःक्, ख्भ्च्क्एःक्ष्क्, ऋन्ब्क्, ऋःक्ष्क्, ःइँब्न्ब् एयचतब िइत्यादी प्रणालीहरूको उच्चतम प्रयोग गरी सेवा प्रबाहलाई प्रविधिमैत्री बनाइनेछ।
–सेवा प्रवाहमा जेष्ठ नागरिक, फरक क्षमताका व्यक्तिहरू, महिला तथा बालबालिकाहरूलाई प्राथमिकता दिईनेछ।
–भ्रष्टचारविरुद्ध शून्य सहनशिलताको नीति लिई पारदर्शिता, जवाफदेहीता, र सुशासन वृद्धिको लागि आधुनिक सफ्टवेयर प्रणालीको प्रयोग गरिनेछ ।
–गाउँपालिकाबाट सम्पादन हुने कार्यहरूलाई नियमानुसार सार्वजनिक गर्दै सार्वजनिक सुनुवाईलाई थप प्रभावकारी बनाईनेछ ।
–शासकीय स्वच्छता र सुशासनको मूल्यमान्यता अनुरुप हरेक गाउँ कार्यापालिकाको बैठकमा मासिक रुपमा शिर्षकगत आय व्यय प्रस्तुत गर्ने र वेबसाइट मार्फत सार्वजनिक गर्ने व्यवस्था मिलाईनेछ।
–कर्मचारी तथा शिक्षकहरुको गाउँपालिका भित्र सरुवा, पुरस्कार, सजाय, वृत्ति विकास र क्षमता अभिवृद्धिको अवसरलाई कार्यसम्पादनमा आधारित बनाइनेछ । कर्मचारीहरूमा सेवा प्रवाह सम्बन्धी चुस्तता ल्याउन र थप सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न विभिन्न तालिमको व्यवस्था गरिनेछ ।
–कर्चारीहरूको मनोबल उच्च राख्नका लागि हरेक वर्ष उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमको व्यवस्था गरिनेछ। साथै कार्यालय समय भन्दा अतिरिक्त समय काम गर्ने र थप जिम्मेवारी वहन गर्ने, जोखिम वहन गरी फिल्डमा खटिने, कार्मचारीहरुका लागि प्रोत्साहनको व्यवस्था गरिनेछ ।
–राजनैतिक रुपमा तटस्थ, जनउत्तरदायी, पारदर्शी, निष्पक्ष र नतिजामूखी प्रशासन निर्माण गरिनेछ।
–शिक्षा, स्वास्थ्य, पशु स्वास्थ्य लगायत गाउँपालिकाबाट प्रवाह गरिने सेवाहरूलाई जनताको घरदैलो सम्म पु¥याउन यथासम्भव एकीकृत घुम्ती सेवा शिविरको आयोजना गरिनेछ ।
–स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा सेवा प्रवाहलाई थप व्यवस्थित गर्न बाँकी संस्थाहरूमा पावर व्यकअप जडान कार्य गरिनेछ ।
–“बरेङको कानून, सबै बरेङबासीले जानून“ भन्ने मूल मर्मका साथ गाउँपालिकाबाट निर्माण गरिएका कानूनहरूको संगालो प्रकाशन गरिनेछ र गाउँपालिकाद्वारा सम्पादित कार्यहरूका बारेमा सबै बरेङबासी नागरिक र सरोकारवालाहरूलाई सुसूचित गर्नको लागि स्थानीय सञ्चार माध्यम तथा एफ.एम. रेडियोसँग सहकार्य गरी कार्यक्रम प्रशारणको व्यवस्था गरिनेछ ।
राजश्व नीति
–गाउँपालिका भित्रका आन्तरिक स्रोत साधन र राजश्व परिचालनका सम्भावना पहिचान गरी आन्तरिक आय वृद्धि गर्न विज्ञ सहितको टोली परिचालन गरी राजश्व सुधार योजना निर्माण गरिनेछ ।
–राजस्व सङ्कलन, बजेट तर्जुमा, लेखाङ्कन, खर्च प्रणाली, आन्तरिक नियन्त्रण र लेखा परीक्षण प्रतिवेदनलाई एकीकृत रुपमा विधुतीय प्रणालीमा आबद्ध गरी सुशासन कायम गरिनेछ ।
–जनताको कर, जनकल्याणको आधार को मूल मर्म सहित गाउँपालिकाबाट आन्तरिक रुपमा संकलन गरिएको राजश्व जनउपयोगी कार्यमा परिचालन गर्ने नीति लिइनेछ।साथै आर्थिक रुपले विपन्न,अशक्त र असहाय अवस्थामा रहेका नागरिक मैत्री कर प्रणाली विकसित गरिनेछ ।
–गाउँपालिका क्षेत्रभित्रका फरक क्षमता भएकाहरुको परिचयपत्र सम्वन्धी, आर्थिक रुपमा विपन्नहरुको निशुल्क उपचार सम्वन्धी तथा प्राकृतिक प्रकोप सम्वन्धी सिफारिश दस्तुर छुट गरिनेछ ।
–रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर, बहत्तर शुल्क,विज्ञापन कर र मनोरञ्जन कर स्थानीय तहबाट संकलन गरी ग–४–२ बाँडफाँड खातामा जम्मा गरी ६० प्रतिशत स्थानीय तहमा राखी ४० प्रतिशत प्रदेश सञ्चित कोषमा जम्मा हुने कानुनी व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । रोडा, ढुङ्गा, गिटी, बालुवा, चुनढुङ्गा लगायतका दहत्तर बहत्तर शुल्क, विज्ञापन कर र मनोरञ्जन कर आदिको दर तथा दायरा विज्ञ समूहबाट अध्ययन गराई राजस्व संकलनलाई थप प्रभावकारी बनाइनेछ ।
– गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पुँजीगत लगानी र आर्थिक कारोवारको आधारमा व्यवसाय दर्ता गर्न प्रोत्साहित गरी व्यवसाय करको दायरामा ल्याइनेछ ।
अन्य क्षेत्रहरू
सुरक्षा व्यवस्थापन
–गाउँपालिकाको सुरक्षा व्यवस्थापनलाई थप मजबुत गराईनेछ ।
–गाउँपालिकाका सबै वडाहरूमा प्रहरी चौकीको व्यवस्था गर्न आवश्यक पहल गरिनेछ ।
–गाउँपालिका भित्र शान्ति सुव्यवस्था कायम गर्न जिल्ला र गाउँपालिकाभित्रका सबै सुरक्षा निकायहरू सँग समुचित समन्वय कायम गरिनेछ ।
निजी तथा गैसस
–गाउँपालिकाको विभिन्न क्षेत्रहरूमा विकास गर्नका लागि निजी तथा गैरसरकारी संघ संस्थाहरूसँग सहकार्य गरिनेछ ।
–निजी तथा गैरसरकारी संघ संस्थाहरूको क्रियाकलापलाप थप व्यवस्थित गर्दै आवश्यक सहयोग र समन्वय गरिनेछ ।
–निजी क्षेत्रसँग रहेको पुँजीलाई गाउँपालिका भित्र परिचालन गर्ने वातावरण निर्माण गरिनुका साथै सामाजिक उत्तरदायित्व (क्यअष्ब िऋयचउयचबतभ च्भकउयलकष्दष्ष्तिथ) बहन गर्नेतर्फ उन्मुख गराईनेछ ।
समृद्ध बरेङ, सुखी बरेङबासी को गन्तव्यमा पुग्न गाउँपालिकाले अवलम्बन गरेको वार्षिक नीति तथा कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि सबै कर्मचारी, शिक्षक, राजनैतिक दल, पत्रकार, सुरक्षाकर्मी, गैरसरकारी संघसंस्था तथा सबै विकास प्रेमी बरेङबासी नागरिकहरूको सहयोगको अपेक्षा गर्दछु । धन्यवाद ।