राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको गण्डकी प्रदेश स्तरीय भेला सम्पन्न

पोखरा,  १९ चैत्र । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको गण्डकी प्रदेश स्तरीय भेला २०८० चैत्र १९ गते कास्की पोखरा, लाल्टिन कटेजमा सम्पन्न भयो।

दीपक गुरुङको अध्यक्षता, सन्चालन बिक्रम थापा , नेकपा माक्र्सवादी पुस्पलालका बिष्णु बहादुर थापाको स्वागत मन्तव्यबाट अगाडि बढेको भेलामा रास्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालका सचिवालय सदस्य तथा प्रतिरोध जनाधिकार आन्दोलनका सदस्य शैलज पौडेल प्रमुख आतिथि , नेकपा(मशाल)का नेता बिमल शर्मा र नेकपा मार्क्सवादी पुस्पलालका डोलराज बिक अतिथि रहेका थिए।

भेलाले दिपक गुरुङको संयोजकत्वमा २ रिक्त सहित ९ सदस्यीय प्रदेश समिति गठन गरेको छ । जसमा सदस्यहरु गीता कुँवर, डोलराज वि.क. विष्णुबहादुर थापा ,सन्देश गिरी ,प्रकाश पौडेल र विनोद सुनाम रहेका छन् । । भेलामा नेपाल कम्युनिष्ट पार्टी (मशाल),नेपाल कम्युनिष्ट पार्टी (मार्क्र्सवादी पुष्पलाल), प्रतिरोध जन अधिकार आन्दोलन नामक घटकको उपस्थिति रहेको थियो । नवगठित मोर्चाले चैत्र २९ गते मोर्चाको गठन औचित्यताबारे जानकारी गराउन पोखरामा पत्रकार सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित