तनहुँ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँले २०७९ पौष २२ गतेदेखि माघ ३ गतेसम्म आदिवासी जनजाति महोत्सव गर्ने भएको छ ।
महोत्सव व्यास नगरपालिका ३ मा रहेको विपि बनबाटिका खेल मैदानमा हुने भएको छ । “अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं, भाषा संस्कृतिको जगेर्ना गर्दै पयर्टनको विकास गरौं ।” भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको महोत्सवमा आदिवासी जनजातिका परम्परागत कला, संस्कृति औद्योगिक व्यापार, कृषिजन्य उत्पादन, घरेलु हस्तकलाको सामाग्रीको विक्री वितरणका लागि स्टलहरु रहनेछन् । यस महोत्सवले आदिवासी जनजातिको अमूल्य संस्कृतिको जगेर्ना गर्नुका साथै तनहुँमा पयर्टनको विकास गर्नमा टेवा पु¥याउने आशा लिइएको छ ।
Comments