काठमाडौं । पछिल्लो समयमा कोरोनाका विरामीको संख्या दिनानुदिन बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या ३९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १३६ पुगे संगै कोरोना संक्रमितको संख्या ३९० पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३९० पुगेको छ भने संस्थागत आईसोलेशनमा २७ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।
संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन स्वास्थ्य मन्त्रालयले सबै नागरिकहरुलाई आग्रह गरेको छ । साथै कोरोनाबाट जोगिन सावधानी अपनाउन सबै नागरिकमा मन्त्रालयले अनुरोध समेत गरेको छ ।

