हट्यो कोभिड प्रोटोकल

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले उडानमा अनिवार्य गरेको कोभिड प्रोटोकल हटाएकोे छ  । नेपालमा लागु हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा कोभिडबाट बच्न अनिवार्य गरिएको मास्क, खोप कार्ड, पिसिआर जस्ता कोभिडसम्बन्धी अनिवार्य नियमहरु अब हटेको छ ।

कोभिडको संक्रमण घट्दो अवस्था तथा विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रुपमा  कोभिड सम्बन्धी संकटकाल अन्त्यको घोषणासंगै नेपालले हवाई यातायातमा अनिवार्य गरेको कोभिड प्रोटोकल नेपाल नागरिक उड्ड्यन प्राधिकरणले हटाएको हो । यो कुरा नागरिक उड्ड्यन प्राधिकरणले दुई दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय वायुसेवा कम्पनीलाई जानकारी गराएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित