- शशिधर भण्डारी
भारतको नक्सलवादी आन्दोलनका एकजना समर्पित नेता क. कानु सन्यालको जन्म सन् १९३२ मा पश्चिम बंगालको सिलगुडीमा भएको थियो । उनी एकजना प्रतिष्ठित चिकित्सकका छोरा थिए । उनको परिवारमा कम्युनिष्ट हुनु भनेको ठूलो अपराधको विषय बन्दथ्यो । तर क. सन्यालले सर्वप्रथम परिवारमा विद्रोह गरे । नातागोतासित सम्बन्ध तोड्दै अगाडि बढे । भारतको कम्युनिष्ट पार्टीको पेशेवर कार्यकर्ता बने । पार्टीभित्र मौलाएको नेहरुपरस्त दृष्टिकोण र दक्षिणपन्थी संशोधनवादी धारका विरुद्धमा जुधे । एकातिर पारिवारिक तिरस्कार र अर्कोतिर भारतीय कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थी धारासित जुधेर विद्रोहको वैचारिक झण्डा उठाउँदा उनलाई कठिन पार्टी जीवन बाँच्नुप¥यो । भूमिगत अवस्था जेल र निर्वासन उनका जीवनका पर्याय थिए । क. चारुका साथी क. कानुको अध्ययन चिन्तन र संघर्षको श्रृंखला धेरै लामो छ । जीवनभर माक्र्सवाद लेनिनवाद माओ विचारधाराको झण्डा उचालेका क. कानु सन्याल जीवनको उत्तराद्र्धमा भाकपा (माले) का सम्मानित नेता थिए । उनका लेखहरुको संगालो र कीर्तिहरु धेरै छन् । त्यसमा पनि नक्सलवादीबारे थप कुरा भन्ने पुस्तक धेरै नै पठनीय छ । सन १९६७ बाट शुरु भएको भारतको नक्सलवादी आन्दोलनले भारत मात्र होइन दक्षिण एशिया हल्लायो । तर केही समयमा नै सो आन्दोलनले पराजयको सामना गर्नुप¥यो । नक्सलवादी आन्दोलन धेरै चिरामा विभाजन भयो । क. कानु नेतृत्वको भाकपा (माले) लाई पनि सानो समूह र कमजोर अवस्थाबाट गुज्रनु प¥यो । तर सदा जीवनको मार्ग आशा, सपना र उत्साहका विचार बोकेरै भारतको कम्युनिष्ट आन्दोलनमा उनी क्रियाशील भइरहे । भनिन्छ त्यस्तो व्यक्तित्वलाई पारिवारिक असमझदारी, विग्रह र दुर्घटनाको सामना पनि गर्नु प¥यो । मानवीय पीडा र जीवन भोगाइको लय मिल्न सकेन भने एकजना प्रखर व्यावहारिक द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण भएको नेतामा पनि निराशापूर्ण मानवीय संवेदनाले जित्दोरहेछ । उनी सिलगुडी बजारबाट २५ किमिभित्र सिफ्लुलापोत भन्ने गाउँमा बस्थे । २३ मार्च २०१० मा उनी आफ्नै निवासमा झुण्डिएर मृत्युवरण गरेको अवस्थामा फेला परे ।
क. गोरख पाण्डेय भारतको कम्युनिष्ट आन्दोलनमा नक्सलवादी धारासित जोडिएका कम्युनिष्ट कार्यकर्ता, लेखक, कवि, साहित्यकार र एकजना वरिष्ठतम चिन्तक हुन् । उनको जन्म सन् १९४५ मा उत्तरप्रदेशको देवरिया जिल्लाको एउटा गाउँमा भएको थियो । उनको पारिवारिक जीवन बाल्यकालबाटै पीडादायी भएको देखिन्छ । क. गोरख पाण्डेयले सानै उमेरमा मातृवियोगको सामना गर्नुप¥यो । टुहुरा बालक गोरखले सौतेनी आमाबाट स्नेह पाएनन् । तिरस्कार पाए । आफ्नो फुपुको घरमा बसेर उनले पढाइलाई अगाडि बढाउनुप¥यो । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट साहित्याचार्यको उपाधि प्राप्त गरेपछि सन् १९७१ मा एमए पढ्नका निमित्त काशी हिन्दु विश्वविद्यालयमा भर्ना भएर दर्शनको गहिरो अध्ययन गरे । त्यसपछि धार्मिक ढोंगको खण्डन गर्न थाले । सो कुरा उनको ब्राह्मण परिवारले रुचाएन । गोरख पाण्डेय भारतको प्रगतिवादी राजनीति, कला, साहित्य र संस्कृतिका विषयमा लगातार कलम घोटिरहेका व्यक्तित्व हुन् । उनी एकजना प्रभावी जनकवि र भौतिकवादी चिन्तक थिए । उनका कीर्तिहरु धेरै छन् । त्यसमध्येमा धर्मबारे माक्र्सवादी दृष्टिकोण एउटा हो । जसमा नेपालमा वरिष्ठ साहित्यकार तथा लेखक मोदनाथ प्रश्रितले लामो भूमिका लेखेका छन् । गोरख पाण्डेयको विषयमा लेखिएको सो भूमिकाले उनको चिन्तनवारे धेरै कुरा प्रष्ट पारेको छ । जनतामा मुक्ति र परिवर्तनप्रति आशा र उत्साह जगाउने लेख र काव्य पस्कने गोरख पाण्डेयका जागते रहो, समय कि पहिया आदि कविता आशावाद र उत्साहले भरिपूर्ण छन् । यस्ता व्यक्तिले २५ जनवरी १९८९ मा दिल्लीको जवाहरलाल विश्वविद्यालयको होस्टेलमा आत्महत्या गरेर आफ्नो जीवनको इहलीला समाप्त गरे । उनले मर्नुभन्दा पहिले एउटा पत्र लेखेर छोडेका थिए । त्यसमा लेखिएको थियो– म मेरो बिग्रेको स्वास्थ्यदेखि थाकिसकेको थिएँ । विश्वका महापुरुषहरुको जिन्दगीमा पनि राजनीति, दर्शन, कला र साहित्य भन्दा बाहिर अर्को जिन्दगी हुन्छ । त्यो जिन्दगीमा खाली राजनीतिले मात्र थप्पड हानिरहेको हुँदैन । तिनीहरुका पनि घटना, दुर्घटना कथा र व्यथाका श्रृंखला हुन्छन् । एउटा रुड मान्छेले मात्र एककोहोरो बुझ्दोरहेछ ।
सन् १८१४ मा वाटर लु को लडाइँमा नेपोलियन बोनापार्टको पराजय भयो । उनलाई बन्दी बनाएर भूमध्यसागरको एउटा टापु एल्वामा पठाइयो । पराजित नेपोलियनलाई उनको सबभन्दा नजिकको र भरोसायोग्य मार्शलले समेत साथ दिएन । बन्दी र पराजित नेपोलियनलाई आफ्नै श्रीमतीले पनि साथ छोडेर हिडिन तर नेपोलियनकी आमाले अन्तिमसम्म आफ्नो छोरासित बस्न चाहेको व्यग्रता प्रकट गरिरहिन् । भनिन्छ नेपोलियनकी आमालाई छोराको त्यो पराजय र हताशको अवस्थामा छोराले आत्महत्या गर्छ कि भन्ने डर थियो । यत्ति घटनामा पनि
आफ्ना सन्तानप्रतिको मातृ वात्सल्यताको कति गहिरो दर्शन छ ? प्रष्ट हुन्छ । सेन्टहेलिनामा बन्दी जीवन बिताउँदा नेपोलियनले आत्महत्याको मार्गबारे पनि सोचेका थिए । केही इतिहासकारहरुको भनाइ छ । उनीमाथि रहेको कडा सुरक्षा पहराका कारण नेपोलियन त्यो मार्गबाट बचे । नेपोलियनकी बुढी आमा सेन्ट हेलिना जस्तो निर्जन ठाउँमा छोरासँग छोरा जस्तै बन्दीकै रुपमा बस्न चाहन्थिन् । राजनीतिको क्रुरता ! बिजित शक्ति राष्ट्रहरुले आमाको सो प्रस्तावलाई अस्वीकार गरे । नेपोलियन पाँच वर्ष भन्दा लामो समय सेन्टहेलिना भन्ने निर्जन स्थानमा रहे ।
राजनीति नीतिहरुको पनि नीति हो । सही कम्युनिष्ट राजनीति त त्यो भन्दा धेरै हो । एउटा कम्युनिष्ट पार्टीका कार्यकर्ताले हरेक क्षेत्र र विषयमा तर्कपूर्ण निष्कर्षमा पुगेर मात्र प्रतिक्रिया दिनुपर्दछ । माओले एउटा कम्युनिष्ट पार्टीको कार्यकर्ताले पियानो बजाउन सिक्नुपर्दछ भनेका छन् । पियानो बजाउने भनेको दशतिर ध्यान दिनुपर्दछ र ज्ञान लिनपर्दछ अनि व्यवहारमा उतार्नुपर्दछ भनेको हो । त्यसमा मानवीय संवेदना र व्यक्तिगत जीवनका उहापोहको अध्ययन सबै पर्दछन् । पियानो बजाउन दशवटा औला चाल्नुपर्दछ । मानवीय संवेदनारहित रुढ मान्यता बोक्नेहरु इतिहासमा संयोगले ठूला मान्छे धेरै भएका छन् तर असल मान्छे भएका छैनन । मिशन हराएको र अरुले निर्माण गरिदिएको दृष्टिकोणमा हिड्दा यस्तै दुर्घटनामा परिन्छ । माक्र्सवादी सौन्दर्य शास्त्रीय प्रज्ञाको आलोकमा यस्ता प्रतिक्रियाहरुलाई मूल्यहीन गजले नापिन्छ । त्यसो त साथीहरुले आफ्नाप्रतिक्रियाहरु फटाफट हटाउनुभयो । यो डरलाग्दो पराजय हो ।
५२ वर्षको उमेरमा बन्दी अवस्थामा नै उनको मृत्यु भयो । नेपोलियन बन्दी अवस्थामा रहेको बखतमा बेलायतको एकजना गभर्नरले चुरोटको ठूटाले पोल्ने देखि लिएर निकै अत्याचार गर्दथ्यो । नेपोलियनलाई उसले आफ्नो छोरासित समेत भेट गर्न दिएको थिएन । १८२१ मा नेपोलियनको मृत्यु पश्चात गभर्नरले नेपोलियन जस्तो राजनेतामाथि गरेको अत्याचारको तथ्य सार्वजनिक भयो । त्यति बेला बेलायतका परराष्ट्र मन्त्री केसलरे थिए । आफ्नो कर्मचारीले त्यति ठूलो राजनेता माथि गरेको अपमानको फेहरिस्त थाहा पाएपछि केसलरेले अत्यन्त ठूलो पश्चाताप र पीडाको महसुस गरे । उनले त्यो पीडा र पश्चाताप थाम्न सकेनन् । त्यस पश्चात केसलरेले पनि आत्महत्याकै बाटो समातेका थिए । आफ्नो जीवनको लय बिग्रियो र सपनाहरु भत्केको महसुस भयो भने संसारका धेरै महापुरुष, दार्शनिक, लेखक, कवि र साहित्यकारहरुले समेत अरुलाई उत्साह भर्दाभर्दै व्यक्तिगत जीवनका उहापोहबाट दिक्क भएर आत्महत्याको मार्ग समातेको देखिन्छ । माथि उल्लेखित दृष्टान्त त सामान्य प्रतिनिधि घटना मात्र हुन् । साहित्यको फाँटमा खोज्ने हो भने त यस्ता दृष्टान्तहरुको निकै लामो श्रृंखला तयार हुन्छ होला । यो प्रस्तुतिको अर्थ कानु सन्याल, गोरख पाण्डेय र केसलरेले ठीक मार्ग अपनाए भन्ने होइन । तर कला, साहित्य, दर्शन र राजनीतिक जीवनको मार्ग समातेको व्यक्ति जति क्रान्तिकारी भए पनि उसभित्र जीवन निर्वाहका परिदृश्यमा व्यक्तिगत जीवनका पहलुहरु हुन्छन् । सन्तान, सुखदुःख, संयोग, बियोग घटना, दुर्घटनाका आयामहरु हुन्छन् ।
पाव्लो नेरुदा दक्षिण अमेरिकी मुलुक चिलीका एकजना माक्र्सवादी कवि, साहित्यकार, लेखक र राजनीतिकर्मी पनि हुन् । उनले जीवनमा धेरै भोगेका छन् । उनको साहित्य र राजनीतिको आवरणभित्रको अर्को जिन्दगीमा उनले आफ्नो अवसादपूर्ण घटनाको उल्लेख गरेका छन । पाव्लो नेरुदाले आफ्नो संस्मरणात्मक कृति ममायर्समा त्यसबारे चर्चा गरेका छन । नेरुदाको पृथ्वीमा घर नामक कृति पढेर एककजना पाठकले आत्महत्या नै गरेका थिए । जीवनको वास्तविकताबारे लेख्दा अगाडि आएको परिणामले उनलाई भावुक र एकसुरे बनाएको थियो । नेरुदालाई आफ्नो कृतिको कारण एकजनाको ज्यान गएको घटनाले गहिरो अपराधबोधमा पु¥यायो । त्यसपछि नेरुदाले व्यक्तिगत जीवनका हताशा, मृत्यु, विछोड र अन्धकारका कविता नै लेख्न छोडेर लेखनको धारा नै बदलेका थिए । पृथ्वीमा घर नामक नेरुदाको कृतिमा राजनीतिको ठाडो नारा छैन । यद्यपि नेरुदा कवि र राजनीतिज्ञ दुबै हुन । उनी माक्र्सवादी कवि हुन् । उनका प्रेमका कविताहरु पनि निकै अन्तरहृदयी र मार्मिक छन् ।
म क. कानु सन्याल, गोरख पाण्डेय, केसलरे, नेरुदाहरु भन्दा सयौं गुणा होचो लेखक र राजनीतिकर्मी हुँ । आजकल मलाई आफू राजनीतिकर्मी र लेखकमा समानन्तर हुँ भन्ने लाग्छ । मेरा पनि जीवनका उहापोहभित्र संकट, संघर्ष, मृत्यु, विछोड, अन्धकार, बेकारको व्ययभार, मित्रघात र केही हताशाहरु लुकेका छन् । तिनले मेरो राजनीतिक कर्मसँग सम्बन्ध राख्दैनन् । त्यही सम्बन्ध नराख्ने एउटा विषयलाई उठाएर चार दिन अगाडि फेसबुकमा एउटा स्टाटस राखेको थिएँ । धेरै मित्रहरुले दुःख र सहानुभूति प्रकट गर्नुभयो । त्यसमा आभारी छु । मैलेफेसबुकमा लेख्न रुचि राख्दैन । तर त्यस रातको सपनाको प्रभावले एकविहानै मलाई लाइब्रेरीमा बसेर त्यस्तो लेख्ने परिवेश बनाएको थियो । तर मलाई आश्चर्य त यो लाग्यो मेरा केही मित्रहरुले कारणै नखोजी विषयवस्तुको गहिराइमा नै नपुगी नेकपा (मसाल) भित्रको राजनीतिक अन्तरविरोधमा पो हाम फालेर पौडिन खोज्नुभयो । मैले विषय प्रष्ट पारें । साथीहरुले बुझ्नु भएन । आफूलाई घागडान द्वन्द्ववादी घोषणा गरेर मलाई अधिभूतवादीको ट्याग लगाइदिनुभयो । केही बुज्रुक मित्रहरुले समय र आफूलाई नै चिन्न नसकेको बोधो भन्न पनि बेर लगाउनु भएन । मेरो व्यक्तिगत जीवनको उहापोहको श्रृंखलामा बहुमत मसालको सत्ताको नुनले पैदा गराएको उन्माद पोख्नुभयो । उहाहरुले राजनीति भन्दा पर पनि मानवीय जीवनका आश्चर्यपूर्ण कथा र व्यथाहरु हुन्छन् भन्ने बुझ्दै बुझ्नु भएन । त्यति ठूला महान व्यक्तित्वहरुलाई व्यक्तिगत जीवनका उराठहरुले कहाँसम्म पु¥यायो । एउटा मिशनमा झण्डा र झोला बोकेर हिड्ने साथीहरुले यति कुरा त बुझ्नपर्दछ । संस्कृत साहित्यका सातौ शताब्दीका कवि भारवीले विचार नपु¥याई कुनै काम नगर्नु र झट्ट प्रतिक्रिया पनि नदिनु भनेर भनेको सामान्य कुराको पनि पालना नहुनु चेतनाको सानो गरिवी होइन । अझ द्वन्द्ववाद र अधिभूतवादका गफ दिनु र पार्टी सत्ताको तलवार हावामा चलाउनु उदेकलाग्दो कुरा हो । यो प्रतिक्रिया हवाइ मनोवृत्ति, अन्धभक्ति र दासताको नमूनालायक दृश्य हो । राजनीति नीतिहरुको पनि नीति हो । सही कम्युनिष्ट राजनीति त त्यो भन्दा धेरै हो । एउटा कम्युनिष्ट पार्टीका कार्यकर्ताले हरेक क्षेत्र र विषयमा तर्कपूर्ण निष्कर्षमा पुगेर मात्र प्रतिक्रिया दिनुपर्दछ । माओले एउटा कम्युनिष्ट पार्टीको कार्यकर्ताले पियानो बजाउन सिक्नुपर्दछ भनेका छन् । पियानो बजाउने भनेको दशतिर ध्यान दिनुपर्दछ र ज्ञान लिनपर्दछ अनि व्यवहारमा उतार्नुपर्दछ भनेको हो । त्यसमा मानवीय संवेदना र व्यक्तिगत जीवनका उहापोहको अध्ययन सबै पर्दछन् । पियानो बजाउन दशवटा औला चाल्नुपर्दछ । मानवीय संवेदनारहित रुढ मान्यता बोक्नेहरु इतिहासमा संयोगले ठूला मान्छे धेरै भएका छन् तर असल मान्छे भएका छैनन । मिशन हराएको र अरुले निर्माण गरिदिएको दृष्टिकोणमा हिड्दा यस्तै दुर्घटनामा परिन्छ । माक्र्सवादी सौन्दर्य शास्त्रीय प्रज्ञाको आलोकमा यस्ता प्रतिक्रियाहरुलाई मूल्यहीन गजले नापिन्छ । त्यसो त साथीहरुले आफ्नाप्रतिक्रियाहरु फटाफट हटाउनुभयो । यो डरलाग्दो पराजय हो ।