– कृष्ण थापा
१. पार्टी एकता फुट र पलायन । नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सदस्य भएर लामो समय बिताइयो । जिम्मेवारी स्थानमा बसेर विभिन्न घटना क्रमहरु आफ्नै आँखाले देखियो, अनुभव पनि गरियो, वादविवाद आरोप प्रत्यारोपको परिस्थितिको लेखाजोखा गर्दै तौलदै तौलदै आजसम्म आइयो । अन्त्यमा पार्टी विस्तृत रुपमा जनताका समस्याको समाधानको विस्वासिलो शक्ति बन्न हरेक सपना देखियो । विहान उज्यालो हुँदा झन जिर्ण झन कमजोर र अन्त्यमा फुट र पलायन भै पार्टी एकता भङ्ग भैरहेको छ । हामी सबैले चाहन्छौँ एकता तर व्यवहारमा अनेकता, यसका लागि दोषि को हो त ? यसमा आफू इमान्दार, दोषी अरु नै भनि रहेका छौँ । पार्टीभित्र सँधै मध्य नजर केन्द्र विन्दुमा मुख्य पदलाई निकै महत्व हामी राख्दछौँ । केही समय पहिला एकता केन्द्र सँग पार्टी एकता गरियो । त्यो एकता विचार र समानताका आधारमा भएको एकता हो भन्यौँ । त्यसमा पहिला संगठनात्मक एकता सबै ठाँउमा बरावरी भन्यौँ । आ–आफूले पार्टी सदस्य संख्या थपेर बराबर छ भन्यौँ । यति सम्म कि व्यक्ति नै नभएको नाम समेत राख्यौँ । पछि खोज्दा धेरै व्यक्ति पाएनौ । महामन्त्री हामीले कुनै हालतमा नछाडने भए पछि सहमहामन्त्री बनायौँ । आन्तरिक पार्टीभित्र पूर्व समूह बिच गृहकार्य ग¥यौँ । बैठक वस्नु भन्दा पहिला पूर्ण समूहको बैठक, आपसमा तानातान एक आपसमा अर्को पक्षलाई आफूतिर तान्ने खिचातानी गर्दै गर्दै अन्त्यमा फुट, अनि अरुलाई गैर क्रान्तिकारी, आफु वामपन्थी ठूला बहस, हामीले सुनि रहने २ उक्ति १. पार्टी फुटेर जानेहरुको स्थिति के हुन्छ ? पतन– प्रतिक्रियावादीको सेवा अन्त्यमा विर्सजन, २. क्रान्तिकारी पार्टीमा टिक्न गाह्रो हुन्छ टिक्दैनन् । हामी मात्र क्रान्तिकारी अर्को तिर भएको एकतालाई आपसमा धुजा पारेर हिड्छौँ भने पार्टीको कार्यक्रमलाई समर्थन गर्ने समूह जनतालाई सैद्धान्तिक इको थापेर आउनबाट ढोका बन्द गर्दछौँ । आवश्यकता, क्षमता, योग्यता अनुसार हरेक संगठनमा समावेस गर्ने नीति कहिल्यै अपनाउदैँनौ । अरुलाई सधैँ अज्ञानी कमजोर, ठान्दछौँ । भित्र भित्र आफूलाई विचारमा पथ ठान्दछौँ । आपसमा समायोजन, एकतामा उच्चता कहिल्यै अपनाउदैनौँ । यसले आज कम्युनिष्ट पार्टीको इतिहास टुट–फुट, एकता हैन अनेकता भएको छ । हैन हामीले फुटको भारी निर्दोष जनता एवं कार्यकर्तालाई कहिलेसम्म बोकाइ रहने । सधैँ अरुको आङ कनाइ कहिलेसम्म कनाइ रहने । आफ्नो हैसियत आफ्ना लुगा, मैला भएका जुम्रा उत्पन्न भएका जुम्राले शरीरमा पारेका ठूला ठूला चोट कहिँ हेर्ने ? ने.क.पा.(मसाल) को आठौँ महाधिवेशनले, ने.क.पा.(मसाल) सुदृढ भै क्रान्तिको लक्ष्यलाई सफलताका साथ अगाडि बढाउँछ भन्ने सम्पूर्ण पार्टी सदस्यको आशा भरोसा थियो । तर महाधिवेसनमा भिन्न मत राख्ने साथीहरुलाई निम्छरो प्रकारले हेरियो जम्मा १० प्रतिशत जति केन्द्रीय समितिमा राखियो तिनीहरुलाई पछि विभिन्न बहानामा पार्टीबाट निस्कासन गरियो, मैले शुद्ध केन्द्रीय सदस्य राम बहादुर बुढाले सधै अस्वीकार्नु भएको छ कि मलाई लगाएको आरोप असत्य हो । मैले फेक आइडी बनाएर गलत गरेको काम के हो ? कुन फेक हो ? (भनिएको छ भाषा मिलो प्राविधिकको राय मिल्यो । यसरी संकाले लंका जलाउँदै जलाउँदै जाँदा हाम्रो स्थिति के भै रहेको छ । पार्टी फुट पलायनले पार्टी छाडेर जानेहरुको अवस्था नराम्रो होला तर हाम्रो अवस्था कस्तो छ ? आज प्रवास, देशमा भएका अनुशासनको नाममा कारवाही गरिएका साथीहरु बदमास, अयोग्य हुन त ? उनीहरुको पार्टीमा कुनै योगदाननै छैन त ? विचारका आधारमा संगठनमा काखा र पाखा लगाउन मिल्दछ ? आज देशैभरीका साथीहरुले एउटै मात्र कुरा गरेको सुन्दछु कि हामीलाई संगठन र जिम्मेवारी देउ ? आफ्नो मत राख्ने स्थान देउ । जीवित संगठनमा मतभेद, संघर्षबीच पनि एकता हुन्छ । मतभेद, संघर्षमा फुट मात्र देख्ने प्रतिशोध मात्र देख्न हामीहरुको ठूलो एकता विरोधी सोच छ ।
आज मसालको केन्द्रीय नीति यस्तो अवस्थामा अगाडि बढिरहेको पाइन्छ । त हाम्रो पार्टीमा व्यस्त हेर्न बोल्न पाउँदैनस, तैले हाम्रो पार्टीको गुनगान गाउँदै बाजा बजाइ रहनु पर्दछ । यसको परिणाम आज ने.क.पा.(मसाल) समन्वय समिति, विभिन्न मोर्चाका नेतृत्व, अन्य पार्टीमा प्रवेश, विभिन्न जिल्ला क्षेत्रमा, प्यारालाल संगठन हुनु पार्टीको लागि ठूलो क्षति भएको छ । पार्टी नेतृत्वले समयमा राम्रो समायोजन नगर्दा पार्टीलाई पर्ने क्षति अतुलनीय हुन्छ । जहाँसम्म लाग्छ अहिले पार्टीभित्रका सदस्यलाई समायोजन गरी पार्टी काममा भित्राउ । दुश्मनको किल्लामा नधकली दिउ । माओको उत्कृष्ट भनाइ छ । कार्यकर्तालाई निश्कासन, कारवाही सफलता हैन उसलाई राम्रो बनाउनु र पुनः पार्टी काममा फर्काउनु ठूलो सफलता हुन्छ, योग्य नेतृत्व नै त्यो हो । सामान्य व्यवहार उचित कार्यशैली, पास गरिएको निर्णय कामको मूल्यांकन, नहुनुका कारण पनि पार्टी फुट र पलायन हुने गरेका छन् । यस्तो अवस्थाले फुट र पलायन दुःख पक्ष हो । २. राजनैतिक घटनाक्रमः आज देशको उच्च निकायहरु मतभेद विवादमा रुमलिएका छन । न्यायपालिकाका प्रधानन्याधीस स्रोत विवादित एवं भ्रष्ट चरित्रका हुन भन्ने कुरा उनी प्रधान न्यायाधीस नियुक्ति हुने बेला नै प्रष्टिएको थियो, पछि परमादेश सरकारको आदेश, प्रत्येक बन्ने सरकारमा आफ्ना मान्छेका लागि मन्त्री, सचिव, राजदुत समेत राख्न कानुनलाई बन्धक बनाइयो । सर्वोच्चको मुद्दाहरुमा स्वतन्त्र न्याय भएन, वर्षौ वर्षौसम्म पनि फैसला नगरी पेन्डीङमा राखियो । घुसका आधारमा अपराधी, हत्याराहरुको उन्मुक्ति भयो । त्यसैले सर्वोच्च अदालत आज विवादमा (न्यायपालिका) छ । अर्को तिर संघीय सांसद प्रतिपक्षको विरोधका कारण संसद मर्यादापालक परिचालन गरेर संचालन भैरहेको छ । संसदमा प्रस्तुत हुने विधेयक विना छलफल सत्ता पक्षका सांसद निरीहका साथ पास गरिरहेका छन, नयाँ विधेयक कुनै पनि आउन सकिरहेको छैन । संघीय सांसदका सभामुख निष्पक्ष, स्वतन्त्र भूमिका नगरी गठबन्धन विशेषतः माओवादी प्रचण्डको एक मात्र भक्त सेवक बनेका छन् । उनी पनि हत्या अभियोगी हुन । उनलाई लामो समय सम्म (१३ वर्ष) मुद्दा लम्बाएर सर्वोच्चले बचाइरहेको छ । आज संघीय सांसद र प्रदेश सभाका सभामुख एउटा दलका दलाल र गोटी बनिरहेका छन् । एउटै प्रकृतिका मुद्दामा उनीहरुले किन फरक व्यवहार गर्दछन् । तर गठबन्धनमा दल तिनैको आर्शिवादमा रमाइ रहेका छन । गण्डकी प्रदेशका सभामुख पद बचाउन उनले विहान २०७८ बैशाख २८ गते १० बजे दर्ता भएको जनमोर्चाले कृष्ण थापालाई हटाउन दिएको निवेदन एक दिन पनि पछि लान उपयुक्त नठानी अकस्मात त्यही दिन ११ बजे वैठक राखी, नियायपति भएको वैठकमा मार्सल लाएर सूचना सुनाएर बैठक स्थगित गर्दछन् । जसमा कृष्ण थापाले सरकारले राखेको विश्वासको मतमा उनी तटस्थ बसेका थिए । त्यसै संघीय सांसदमा माओवादीका सांसद खारेजको लागि माओवादीले दिएका निवेदन सुनाएर केही सांसदको पद खारेज गरेका थिए । त्यहि प्रवृतिको त्यो भन्दानी अझ गम्भीर प्रकारको मुद्दामा ने.क.पा.(एमाले) ले १४ जना संसदलाई खारेजीको सूचना सुनाउन दिएको निवेदन नसुनाएर गठबन्धनको भक्त बन्न मिल्छ त ? एउटा उखान छ । हग्नेलाई भन्दा देख्नेलाई लाज । त्यही सभामुख हो, त्यही दलको हैन सरकार बनाउने नी हैन्न गिराउने नी हैनन् तटस्थ बस्ने सांसदलाई हटाउन भन्छन् । १ घण्टा ढिला नगरी त्यही सभामुख हटाउँछ । आफ्नो सरकारको प्रधान मन्त्री छ । ने.का. को सभापतिलाई प्रधानमन्त्री बनाउन मत राख्छ । आफ्नो प्रधानमन्त्रीको पक्षमा मतदान गर्दैन । त्यहि सांसद अच्छा सांसद त्यसैलाई दलको ह्वीप लाग्दैन । समानताको न्याय प्रणालीको सिद्धान्त त्यही हो । कम्युनिस्टको न्याय प्रणाली यस्तै हो ? यसरी आज दिनलाई रात र रातलाई दिन भनी कुहिरोको काग बनिरहेको छ । संघीय सांसद अर्कोतिर सरकारबाट आउने विधेयक त्यही ठिक त्यही वेठिक बनेर गुण र दोषका आधारमा गठबन्धनलाई समर्थन गरिरहेको छ । १. पहिला दल सम्बन्धी विधेयक ४० को मान्यतामा आयो हामी सबैभन्दा माथि उफ्रेर विरोध ग¥यौँ । पछि देउवा सरकाले २० मा फोरेर आयो । हामी त्यसलाई पनि समर्थन गरियो । पछि धेरै विरोध भयो फिर्ता भयो । त्यसलाई पनि स्वागत ग¥यौँ । २. न्यायधिस चोलेन्द्रको हामी सबै भन्दा बचावट गरेका छौँ । ३. गठबन्धनको सरकारलाई समर्थन गरी रहन्छौँ । एमसीसीलगायतका विभिन्न प्रकारको राष्ट्रघाती सम्झौता किन नगरोस । ३. संघीयतासंघीय व्यवस्था आफैमा नराम्रो व्यस्था हैन तर कुनै देशमा कस्तो अवस्था छ त्यही आधारमा लागु गर्दा ठीक हुन्छ भन्ने कुरा त्यस देशको ठोस परिस्थितिमा आत्मनिर्भर हुन्छ । विभिन्न मुलुकमा विभिन्न प्रकारको परिस्थिति लागु भएको र केही मुलुकमा बाहेक धेरै मुलुुकमा संघीयता असफल भएका छन् । कतिपय देशले ठूलो क्षति र नर संमाहारको अवस्था भोगेका छन् । हाम्रो जस्तो सानो भूगोल भएको देश बहुभाषी, बहुजाती, बहु धार्मिक भएको देशमा संघीयता सम्भव हुँदैन । त्यो अत्यन्तै खर्चिलो र महंगो हुन्छ भनी संविधान निर्माणमा राज्य पुनःसंरचना गर्ने बेलादेखि संघीयता सम्बन्धमा हामी पूर्ण असहमति राख्यौँ । राज्य संचालक विशेष गरेर एमाले, माओवादी, ने.का र मदेशवादी दलहरु संघीयतालाई स्वीकार गरे केही दल जातिवादी संघीयता हुनुपर्छ भनी बाह्र हात उम्ले, कमसेकम मुलुक जातिवादी संघीयताबाट बच्यो । देश जातीय हिंसाबाट बच्यौँ । जब संघीयता पास हुन नदिन लागु गर्न नदिन हामीले संघीयताका विरुद्ध काठमाडौँ केन्द्रित १० दिने आन्दोलन, देश व्यापी विरोध प्रदर्शन ग¥यौँ । मधेशमा जातिवादीहरुले हामी विरुद्ध गरेको हिंसा र काठमाडौँ केन्द्रित आन्दोलनले हाम्रो हँुदै पहिचान कायम गरेको छ । त्यसपछि विभिन्न प्रदेशको निर्माण प्रदेश सरकार गठन पछि हामीले गरेको संघीयता विरुद्धको आन्दोलन ओझेलमा पर्दै आज आएर प्रायः विर्सजनको दिशामा उन्मुख छ । हामीले संघीयतामा प्रदेश सरकार वा प्रदेश आवश्यक छैन भन्यौँ ।
प्रदेशले अनावश्यक रुपमा खर्च बढाउँदछ भन्यौँ । तर हामी घुम्दै फिरदै प्रदेश सरकारको अपरिहार्यतालाई स्वीकार्दै गएका छौँ । जसरी संघीयताको आन्दोलनलाई छाडेका छौँ । हाम्रो उपस्थिति प्रदेशमा जम्मा गण्डकी र लुम्विनीमा उपस्थिति भयो अरु बाँकी ५ प्रदेशमा हाम्रो स्थिति शून्य रह्यो । पछिल्ला दिनमा प्रतिगमनको अवस्थामा त्यसको विरोधमा जाँदा जाँदै यतिसम्म भयो कि शून्य अवस्थामा पनि समर्थन, जातिवादी, विखण्डनकारी, प्रतिक्रियावादी सबैलाई समर्थन स्वागत । ने क.पा.को सरकारको बेला बढीमा ७ जना मन्त्रीमण्डल बदली प्रदेश सरकार दोब्बर बन्दा, सेवा सुविधा महंगी अनैतिक भ्रष्ट व्यक्तिको मन्त्रीमण्डल बन्दा त्यसको नी समर्थन स्वागत गरेका छौँ । प्रदेश खर्चिलो महङ्गो अनावश्यक भनेका हामी आज हामी यो अवस्थामा किन आयौँ ? हिजो संघीयताको विरोध, विरोधका लागि मात्र रहेछ । खास रुपमा देश जनताका लागि हैनछ भन्ने कुरा हाम्रो व्यवहारले देखाएको छ । यसको हुनुको कारण यसका पछाडी देशी, विदेशी प्रतिक्रियावादी शक्तिको अप्रत्यक्ष प्रभाव हामीमा परेको हो । अब कुनै विरोधको कुनै औचित्य छैन । हिजो हाम्रा संघीयतावादीहरुलाई डलरले प्रभाव पारेझैँ हामी पनि डलरको प्रभावमा परिरहेका छौँ भन्ने विचारणीय प्रश्न छ । हैन भने पुनः विरोध र संघर्ष आजको आवश्यकता छ । संघीयताको अर्को पाटो देशमा स्वयं संघीयता बढि संघीयता कार्यान्वयनको पक्षमा जिम्मेवार छैन्न । उनीहरु अझै पनि केन्द्रीय शासक ठान्दछन् । अधिकार दिने सम्बन्धमा अन्यौल केन्द्रिकृत मानसिकतामा छन् भने प्रदेश, स्थानीय सरकार आफ्नो अधिकार प्रयोग गर्न हिचकिचाउँछ । बजेट आफ्नो बनाउने बारेमा पटकै ध्यान राख्दैन । प्रदेश केन्द्र मुखी छन । केन्द्रबाट दिइएको बजेटमा मात्र परमुखी छन् । कानुन बन्दा केन्द्रले पठाएको फोटो कपि हु–बहु पास गर्दछन् । लाग्छ सरकार बाहेक संघीयताका आधार जग सबै अज्ञानी छन् । परिणाम संघीयता भाषणमा सीमित छ । यति हुँदा हुँदै पनि प्रदेशमा आउने बजेट स्थानीय तह निर्वाचनसँग पु¥याउनका लागि बढि सरल योजना छनौटमा अलि पारदर्शिता, सरकारसँगको समर्थन नजिक एवं सम्बन्धमा सरलता भएको छ । ४. स्थानीय चुनावले विकास र नेतृत्वको परीक्षाः चुनावलाई हामीले कार्यनीतिक प्रश्न भनेका छौँ । विभिन्न समयमा उपयोग र बहिष्कार दुई पक्षबाट यसको प्रयोग भएको छ । उपयोग गर्ने स्थायी दल नबनाउँदा, कुन समयमा उपयोग वा बहिष्कार गर्ने सही निर्णय गर्न नसक्दा जनताको ठूलो लहर गुमेको र प्रतिक्रियावादी वा अन्य शक्तिले फाइदा लिएका ज्वलन्त उदाहरण हामी सँग छन् । के हामीले स्थायी चुनावी उपयोग गन दलको नाम, चिन्ह आदी कुरा विगतमा भएका अस्थिर सोचाईबाट हामीलाई ठूलो क्षति भएको छ । चुनाव तथा त्यसमा स्थानीय चुनावलाई आफ्नो पाक्षमा पार्न नसक्दा आफ्नो बलियो जग भत्किइ हाम्रो पार्टी जनताबाट अलग भएका घटना छन् । अर्को पक्ष भने हामी स्थानीय वा सबै तहको चुनावलाई कसरी प्रयोग गर्ने सोचाईमा पनि कमि गरिरहेका छौँ । लामो समय सम्म मलाई लाग्दछ अहिले सम्म पनि भण्डाफोर हो भने बेला वखतमा केही विषयवस्तु उठायो बस हाम्रो जिम्मेवारी सकियो । यसले भण्डाफोरमा गएका हामी उल्टै अयोग्य, तथा विकासमा केही गर्न नसक्ने निकम्बा भएका छौँ ।
लामो समयसम्म निर्वाचित प्रतिनिधि आलोचित बन्दानी नयाँ सोचमा हामी परिवर्तन भएनौँ । आफ्नो निर्वाचन क्षेत्र, जिल्ला, संघ र राष्ट्रका महत्वपूर्ण विकासको गौरवका योजना, पार्न ल्याउन कुनै चेष्टा राखेनौँ । जनता, खानेपानी, सिंचाइ, सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगायतका आवश्यक योजनाबाट आफ्नो जीवनस्तर सुधार्न चाहन्छ । त्यसको लागि अल्पमतमा छौँ, दिदैँनन भन्दै सधैँ वेवास्ता ग¥यौँ । कहिल्यै आवश्यकताका प्रोफाइल बनाएनौँ । सत्तामा बस्नेहरुले हजुर हजुर भनि दिए हामी फुरुङ्ग बन्दै बस्यौँ । कुनै पनि चुनावलाई हामीले प्रयोग ग¥यौँ भने जनताका आधारभूत समस्याबाट जनताको मनोभावना परिवर्तन गर्न र राष्ट्रको मुहार बदल्न सकिन्छ भन्ने सोचाई राख्न आवश्यक हुन्छ । अर्कोतिर निर्वाचित बन्न नसके पनि आफ्नो टोल क्षेत्रमा स्थानीय पार्टी निर्वाचित व्यक्तिको क्रियाकलाप उपरको कार्य जनताको समस्यालाई प्रतिपक्षबाट उठाउने सोचाई राख्नु पर्ने । हारियो सकेनांै, सकिन्न, सकियन भनी सम्पूर्ण जिम्मा छाड्यो र आरामको बाटो समात्यौँ, यसरी झन झन आफ्ना बलियो प्रतिष्पर्धामा रहेका स्थान गुमायौ । यसकारण चुनावको उपयोग, सरकार र जसबाट जनता र संघ र राष्ट्रका मुद्दा हामीले उठाउन सकेनौ । विकासलाई प्रयोग उपयोग गर्ने सोचाइ परिवर्तन गर्नु अहिलेको आवश्यकता छ । चुनावलाई उपयोग गर्ने सबालमा अर्को पक्ष भनेको नेतृत्वको अहम प्रश्न हामीसँग अझ उदेक र डरलाग्दो विषयवस्तु हामीसँग छ । भाषणमा आफू खरानी र अगारको कुरा त छाडौँ दुलाको मुख कालो सम्म पनि गर्न तयार छैनौँ । यसको प्रत्यक्ष उदाहरण विगतका निर्वाचनमा नेता, नेतृत्वले प्राप्त गरेको मतले नै पुष्टि गरेको छ । के आगामी दिनमा विगतबाट हामीले सिकेर शिक्षा लिन्छौँ वा त्यो भन्दा तल झर्छौँ आउने स्थानीय चुनावलाई कसि बनाउन आवश्यक हुन्छ । ने.क.पा. (मसाल) र राष्ट्रिय जनमोर्चा केन्द्रिय नेताहरुको संख्या भन्ने हो भने पुग नपुग १४,१५ दर्जन (करिब १५०) जनाको संख्या छ । आगामी निर्वाचनमा नेता जन्मेको वार्ड, गाउँ टोल स्थानीय निर्वाचनमा को को नेताले जिताउछन् । हारे कति मतले हार छन्, त्यहाँ तिनीहरुको प्रभाव भूमिका के छ यसलाई प्रमुख आधार बनाउन पर्नेछ । कुरामा माक्र्सवाद, द्रव्यवाद, वर्गसंघर्ष भन्ने व्यवहारमा श्रीमतीले सम्म मत नदिन कुनै बेला नेतृत्वको आफ्नो मतसम्म भोट आफूलाई समेत नहाल्ने अवस्था झेलेको छौँ । साथै जिरो आफ्नो स्थान राख्ने कसैले नपताउने नेतृत्व नेताबाट जनताको सही मुक्तिमार्ग गर्न सम्भव हुन्छ ? अवश्य हुँदैन । जित्ने ठाउँमा अरुलाई नदिने हार्ने ठाउँमा उठ्नै नमान्ने, सर्धै धरौटी जफत हुँदा फुर्ति मार्ने नेतृत्व नेता नेता हुन सक्दैनन् ।
५० वर्ष नेतृत्वमा बसेका एमवि र के.सीले के आफ्नो वडा जिताउन सक्छन् ? आगामी दिन सम्पूर्ण नेतृत्वको मूल्यांकनको आधार मतका आधारमा बनाउन पर्छ ? ५. प्रतिगमन र ने.क.पा (एमाले) नेपालको संसदीय राजनैतिक इतिहाँसमा जननिर्वाचित सरकारले विभिन्न काल खण्डमा संसद विघटन गरेका छन् । सूर्य बहादुर थापा, गिरीजा प्रसाद कोइराला, मनमोहन अधिकारी, शेर बहादुर देउवा र के.पी शर्मा वली, संसदीय व्यवस्था वा सत्ता जहिले पनि दल वा समूहको स्वार्थका कारण विशेष सदनमा अल्पमतमा हुने र साना स्वार्थ गुम्ने स्थिति आउँदा साथ संसद विघटन गरेको छन् । त्यस प्रकारको प्रतिगमनलाई अदालत वा पुन तोकिएको मितिको चुनावले व्यँुताउने वा निर्वाचनले संसद पुनस्र्थापना हुने गरेका छन् । त्यसमा शेर बहादुर देउवाले संसद विघटन गरेर निरंकुश शासन राजामा वुझाएको प्रतिगमन सबैभन्दा निरंकुश रहेको छ । जसलाई पुनस्र्थापना गर्न १९ वर्ष र २०६२÷६३ को आन्दोलनले मात्र पुनस्र्थापना ग¥यो । त्यसपछि राजाको शासन अन्त्य र गणतन्त्रको स्थापना भयो । त्यो एक प्रकारको महत्वपूर्ण उपलब्धी हो । समस्त निर्वाचित प्रतिनिधिले तोकिएको (संविधान) ले मिति सम्म शासन गर्नु पर्छ । एउटा सामान्य मान्यता हुन्छ । पछिल्लो समयमा २०७७ पौष ०५ गते के.पि वलीको सरकारले सरकार विघटन ग¥यो । ने.क.पा. को आन्तरिक विवादको कारण सरकार विघटन भयो । जे कारण भएपनि संसद विघटन हुन राम्रो पक्ष होइन । तर हाम्रो पार्टी (मसाल) ले सुरुमा बैशाख १ गते सम्म द्रयद चरित्र अपनायो । पहिले संघीय सरकारको समर्थन फिर्ता, प्रदेश सभाको समर्थन कायम । पुनः पछि फेरी प्रदेशको समर्थन फिर्ता, प्रतिक्रियावादी ने.का. र मधेसवादीको सरकारलाई समर्थन । विशेष परिस्थितिमा कार्यनीतिहरु परिवर्तन कुनै अनौठो हुँदैन बदल्नु पर्छ । संसद विघटन हुन समर्थन कायम, संसद पुनस्र्थापना भै सच्चिदा फिर्ता त्यो राजनैतिक दिवालीया बाहेक के हुन सक्दछ । यसमा स्पष्ट छ कि पर्दाभित्रको अराजनैतिक सम्झौता नै यस्तो सम्भव भएको छ । दोश्रो पटक फेरि विघटन र पछि परमादेशद्वारा अदालतले फिर्ता गरेपछि पनि गठबन्धनको प्रतिगमनको खतरा बनाएर जनताको आधारभूत वस्तु, महंगी भ्रष्टाचार आदिलाई बेवास्ता गरी प्रतिक्रियावादीलाई मलजल गरिएको छ । अहिले सरकारबाट राष्ट्रियता गणतन्त्र र प्रतिक्रियावादी आगमनलाई नियन्त्रण गर्दछ त ? अवश्य गर्दैन यसको प्रत्यक्ष उदाहरण एमसीसी पास गरेर राष्ट्रियता खतरामा र अमेरिका साम्राज्यवादलाई स्वागत गरेको छ । हरेक प्रकारका साम्राज्यवादीहरुलाई भित्राउने छ । निर्वाचनले, अदालतले र जनआन्दोलनले प्रतिगमन सच्चि सक्दा पनि प्रतिगमन भनि चिच्याउनुको कुनै औचित्य हुँदैन । अर्को तिर प्रतिगमनको समाप्तिको मापन के हो ? कुनै प्रतिगमन मग मग बसाउने, खाँउ खाँउ लाग्ने कुनै प्रतिगमन सच्चि सकेर अर्को सरकार आइसक्दा पनि डुङडुङ गनाउने हुन्छ । राजनैतिक कसरी आज नेताका झोला भित्रबाट झिकिन्छ । आग्रह पुर्वाग्रह राखिन्छ ? दुनियाका कुनै पनि शक्ति सत्ता र दल जनताका भावना माथि खेलबाड गर्दछन् । क्रान्तिकारीहरुले गलत कुराहरुको विरोध गर्नुपर्छ र जनताको शक्तिलाई स्थापित गर्नुपर्छ । तर कहिले प्रतिक्रियावादी शक्तिलाई स्थापित गर्नु हुँदैन । मौका दिनु हुँदैन । हामी चुकी रहेका छौँ । कहिले गठबन्धन, कहिले गठबन्धनबाट फिर्ता, फेरी आजभोलि गठबन्धनमा सामेल गराइ हामी मिसिन्छौँ । गठबन्धनबाट हटेपनि तिम्रो राजलाई हाम्रो लाल लाल स्वागत छ । यस्तो विडम्बना कम्युनिष्ट इतिहाँसमा कसैले पनि गरेका उदाहरण छैन्न । त्यो हामीले गरेका छौँ । हिजोको हाम्रो सान आज नुर गिरायर सबैले फुस फुस भन्छन् । सकियो मसाल पानीको भाउमा बिक्यो ? यस्तो लतरो फितलो नीतिले हाम्रो आधार र हाम्रो सान झन गिर्न र जनविश्वास पुरा गुम्नेछ । हामी दलाली र अरुको लठ्ठीको सहारा मात्र उभिन सक्नेछौँ ।
कुनै पनि नयाँ काम गर्न नसक्ने हुनेछौँ । ने.क.पा. मसालको राजनैतिक प्रतिवेदनमा ने.कालाई प्रतिक्रियावादी, मधेशवादी दललाई विखण्डनकारी, भारतीय साम्राज्यवादीको पिछ लाग्नु र ने.क.पा एमाले लगायत अन्य कम्युनिस्ट पार्टीलाई (अन्य कम्युनिष्ट पार्टी बारेमा गइन) भित्र शक्ति भनेर स्पष्ट भनेको छ । हरेक चुनावमा बहिष्कार, विभिन्न मोर्चा, स्वतन्त्र आदि नामबाट हामीले चुनाव उपयोग बहिष्कार गरेका छौँ । यस्तो लरतरो कार्यशैलीले हामीलाई चिन्न गाह्रो, कार्यकर्ता दललाई चिनाउनै गाह्रो, कहिले कहिले के ? के हो ? के हो ? पार्टीलाई नयाँ उत्तर दिँदा दिँदै हैरान । अर्को तिर कहिले को सँग हुन्छ कहिले को सँग हुँदैन अन्योल नै अन्योल । जहाँसम्म लाग्छ राजावादी र मधेशवादीलाई छाडेर हिजो एकता गरिएका शक्तिसँग एकता हुन्छ भनिएका शक्तिसँग मिल्न सक्ने सँग संख्याको आधारमा एकता गरेर आफ्नो पार्टीलाई स्थापित गर्नु कुटनैतिक प्रकारले अगाडि बढ्न सक्नु पर्दछ । आज मसाल परम्परावादी युगमा अगाडि बढ्दै, यो भयो त्यो भयो अन्त्यमा शून्य हुँदै गयो तर मूल्याङ्कनमा हामी ठीक हामी राम्रो यसका लागि एउटा पुरानो लडाइको उदाहरण काफी छ । (यो मैले बुढा पाकाहरुबाट सुनेको) पहिला पहिला गाउँमा लाग्ने मेलामा विभिन्न ठाउँका पहलमानहरु मेलामा लड्थे । जसले जित्छ उही पहलमान त्यो बर्षको मानिन्थ्यो । एउटा पहलमानले एउटा मेलामा निकै चलाखी गरेर आफ्नो शरीरको घाँटी सुरक्षित गरे जित्दछु भन्ठानी घाँटीमा कपडा बेरेछ । ताकी कुनै चोट घाँटीमा नलागोस उसलाई भित्र भित्र खतरा घाँटीमा लागेको रहेछ । यति जोगाए म जित्छ्ु भन्दै निकै टाँठा बाठाका साथ मैदानमा निस्केर टाउको हल्लाउँदै मैदानमा निस्केछ । जब लडाइ सुरु भयो विरोधीले त शरीरका अन्य अन्य भागमा ब्र्रज मुक्का हानेछ । उ ब्रज मुक्का सहन नसकी ढलेछ । र केही समय पछि होसमा आउँदा यो त वेथितिको लडाइ रहेछ भनी पछि नफर्की कुलेलम ठोकेछ । आज हामी चुनावी तालमेल त्यही गतिमा गरिरहेका छौँ । विगतका वर्षमा हामीले एकता कांग्रेससँग गर्दैनौ अरुसँग गछौँ भन्यौ । त्यस वेला हराउन पर्ने कांग्रेस थियो, एमाले मजाले गम्केर बस्यो । कांग्रेससँग मिल्दैन हामीसँगै त हो भन्यो निकै दाल्यो राम्रो मित्रभाव सँग एकता भएन भएका स्थानमा पनि घात, प्रतिघात भयो । अहिले एमालेसँग मिल्दैनौँ भनेका छौँ । कांग्रेसको त निदै हराम भएको छ । आरामका साथ जितिन्छ । उसले कसैलाई गन्ने स्थिति छैन । अर्कोतिर हिजोका दिनमा ने.का. ले गरेको दमन, कार्यकर्ता जनताले स्वीकार्ने स्थितिमा छैन । तल लदाउछन माथि मजाले एउटै थालमा बसेर खान्छन्, चरीतार्थ भएको छ । पार्टीको राजनैतिक लाइनको ख्याल गरिएको छैन । मित्र शक्ति भनेको एमालेलाई शत्रुको खेमामा राखेर सत्रशक्ति ठूलो बनाइएको छ ।
यो कम्युनिष्टको (रा.ज.मो) लागि फलामको चिउरा हुनेछ । एकातिर चुनाव उपयोग त्यसमा झन स्थानीय प्रतिनिधिबाट पार्टी बलियो बनाउने भन्ने । व्यवहारमा झन शून्य हुने स्थिति ल्याउने अवस्था हुनेछ । आफ्नो शक्ति जनमत बलियो भए, एकल जानु पर्छ, त्यो जसले नि त्यही गर्दछ । जहाँ मिलेर जानुपर्छ त्यो बाध्यात्मक अवस्था हो । एकता प्रतिक्रियावादी, विखण्डनकारी शक्तिसँग हैन , मित्र शक्तिसँग नै बढी जोड हुनु पर्दछ । यो संसारको संघर्ष एकताको सरल नियम हो । त्यसबाहेक केही छिटफुट, बाध्यताबस झिना उदाहरण हुन्छन् । त्यसलाई कहिल्यै नजिरको रुपमा स्थापित गर्नु हुँदैन । आज त्यो भएको छ । ने.क.पा. एमालेसँग एकता गर्नु हुँदैन भनिएको छ । त्यो आफ्नो लागि पनि आत्मघाती छ । यसले मित्रलाई दुश्मनको घेरामा धकेल्ने काम गर्नेछ । विरोधी मोर्चा झन बलियो भई विजय प्राप्त गर्न गाह्रो हुनेछ । शत्रु र मित्र अवश्य छुट्याउन नै महाबुद्धिमानी हुनेछ । पछि न्याउरी मारी पछुतो भै रहनेछ । अहिले पाँच दलीय गठबन्धनबाट स्थानीय, प्रदेश र संघसम्मको चुनाव मिलेर जाने भन्ने कुरा सुनिन्छ । विगतमा जसले जे स्थान जितेको छ त्यहि आधारमा एकता गर्ने, बाँकी सिटमा समझदारी गर्ने भन्दै हुन्डी पिटिएको छ । जुन प्रकारको एकताको आधार बनाइयो यसले ने.का र मदेशवादी पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने आधार कायम गरेको छ । ने. का तथा मधेशवादी सरकार कायम भयो भने नेपालमा फासीवादी शासनको उदयमान हुनेछ । आम उत्पीडित शोसित पीडित एवं कम्प्युनिष्ट पार्टी फासीवादी शासनको जातोमा पिसिने छन । स्थानीय सत्ता प्रतिक्रियावादी शक्तिले कब्जा गर्नेछन् । देशमा राष्ट्रघात, जनघात, भ्रष्टचार, फासीवादी शासन सयौँ गुना बढेर जानेछ, त्यसका विरुद्ध संघर्ष गर्न निकै कठिन हुनेछ । भविष्यमा जनमोर्चा र मसाललाई न्याउरीमारी पछुतो हुनेछ । तर समय परिस्थिति निकै अगाडि बढेको हुने छ । जनताले अपवित्र गठबन्धनका सम्झौताकारलाई सुलीमा चढाउने छन् । मिति २०७९ बैशाख ०३