जेन जी आन्दोलन, संसदवादी संविधान र निर्वाचन

–नारायण प्रसाद भण्डारी

नेपालमा गत २०८२ भाद्र २३ गते देखि जेन जी उमेर समूहका नयाँ पुस्ताका युवाहरुको ऐतिहासिक साहसी आन्दोलन गरे । आन्दोलनले चर्चा,परिचर्चा,बहस,पुराना दलहरु भित्र उथलपुथल, भ्रष्टाचारीहरुमा त्रास, गठबन्धनको सरकार एकरातमै उलट पुलट भयो ।अहिले विश्वका धेरै देशहरुलाई जेन जी शब्द सुन्ने मात्र भएन उनीहरुले उठाएका माग प्रति चुनौतीको सामना गर्दैे आफनो विरासत बचाउँन समेत हम्मे हम्मे परेको छ । जेनजीको उदयले कसैको लागि कल्पना भन्दा धेरै राम्रो भयो । देश र जनताको लागि राष्ट्रका अकुत संपत्ति दोहन गरेर देश हरिकगांल पार्ने भ्रष्टहरुको प्रमाण भेटियो भने कसैको लागि त चेतना समेत गुम्ला गुम्ला जस्तो मस्तिस्कमै निको हुन कठिन हुने प्रकारकोे समस्या आइ लाग्यो । यो समूहको परिचय ब्यापकतामा थिएन किनभने यो उमेर समूह हो । यो उमेरका सबै जेन जी समूहमा पर्छन । यो समूहको अहिले सम्म नत कुनै संस्था थियो । नत कुनै पार्टी थियो । आफना आफना योजनामा ब्यस्त हुने राजनीति संग प्रायले धेरै चाँसो नराख्ने,टिकटक,फेसबुक,फिलिम,साथि साथि विचको खुशियाली साटासाट गर्ने,सामाजिक सन्जाल विज्ञान संग संवन्धित विषय वस्तुहरुमा रमाउँने,खेल जगतमा रुचिराख्ने,धेरै जसो रोजगारको लागि विदेश पलायनको बाध्यात्मक अवस्थामा थिए । घरमा हुनेहरु अभिभावकको निर्देशनमा कृयाशील हुने गर्दथे । राजनीति तर्फ दलका भातृ संगठनको रुपमा लडने भिडने नेताको सुुरक्षा दस्तामा खटन, चुनावमा आफनो उमेदवारको लागि आवश्यक्तामा रगत बगाउँन समेत पछि नपर्ने ।जसरी पनि जीताएर ओहादामा पठाउने पार्टीको नाममा चन्दा उठाउँन जिम्मा लिने, छोटोमा भन्दा बल प्रयोग गर्नु पर्ने किसिमका कृयाकलापमा विभिन्न पदले सम्मान गरे जस्तो गराएर प्रशिक्षण दिने र सक्दो उपयोग गर्ने हुन्थ्यो ।

अहिले परिचयमा उतार्ने काम नेपालका शासक भनाउँदा लुटेरा, भ्रष्टचारी हजारौ.शहिदको वलिदानीबाट प्राप्त गणतन्त्रलाई लुटतन्त्र बनाएर भ्रष्ट गरेको कारण अति भयो । कति टुलुटुलु हेरेर मात्र रमिते बन्ने देशै नागों भैसक्यो । देशै बृद्धाआश्रम सरी बन्यो । युवा जति जनसख्याको करिब ४२ प्रतिसत खाडि मूलुकतिर पलायन भए । बचेकुचेका कोहि लागु पदार्थ जस्तो भयानक र्दुब्यसनीमा फसे । समाज बिकृति विसंगति कुकृत्य अश्लिल हत्या हिंसा चोरी डकैति बलत्कारका घटनाले आजीत छ । समय विताउँने कुनै राम्रो विकल्प छैन । सामाजिक सन्जाल पनि बन्द गराएर पुरै अन्धकार बनाइयोे । अब यो समूहले समय ब्यबस्थापन गर्ने कुनै विकल्प पाएन । शिक्षा क्षेत्र पनि ब्यापारीकरण गराइयो । गरिबका लागि शिक्षाको उज्यालो पाउन सहज भएन । सबैको लागि निजीमा गेट सम्म पुग्ने हैसियत भएन पैसा ओइराउनु पर्ने सरकारीमा जानु युवा युवतीको भेट गर्ने थलो जस्तो कहिले शिक्षक आन्दोलन कहिले विद्याथर््िा आन्दोलन बि. ब्य. स. गठनको मुद्धाहरु विषयगत शिक्षक कहिल्यै पूर्ण भएन । कहिले सरुवा रोग को माहामारी कहिले चिसो तातो बर्षा चाडवाड चुनाव विरोध सभामा शिक्षक विद्यार्थिको प्रयोग जस्ता विविध कारण पुरा पढाइ हुने बर्ष आएन ।किसान तिर जानु मल बिउँ सिचाइ बजारीकरण औषधिको ब्यबस्थापन छैन । श्रावणमा चाहिने मल फागुनमा आउछ । त्यै पनि नक्कली । रोजगार गरौं नातावाद, कृपावाद। नक्कली प्रमाण पत्र किनेकाहरु कमीसन दिनेको बिग बिगी छ । सम्पत्ति सकेर पढनेका प्रमाण पत्रको कुनै मान्यता हुँदैन ।जेनतेन जागिर पाइहाले पनि कमिसन दिएको ऋृण मिटर ब्याज सहित तिर्दा तिर्दै बच्दैन । त्यसैमा अतिचार महगींको कारण परिवार धान्न सकिने अवस्था रहेन ।कतै ऋण लिएर केहि गराँै भने लघुवित्तिय मिटर ब्याजीको कारण छिटै उठिबास लागेर सडकमा जानु पर्छ । विदेश जाउँत बैधानीकमा जान सोर्स फोर्स लाग्दैन । अवैधानिक बाटोबाट जाँदा पनि र्आिर्थक बालुवामा पानी हाले सरह हुन्छ । त्यसैमा पनि दलालले ठग्ने । यात्रामा निस्के पछि र्फिर्क आउने या गन्तब्यमा पुग्ने टुगों नहुने कतिबेला कहानेर जीवन समाप्त हुने होकी ? स्वयं दलालले नै मार्छन की ? भन्ने जगजगी केही भैहाले देशका ठूलो ओहादामा बस्नेहरु नै मान्छे बेच्ने धन्दामा लागि परेपछि न्याय पनि हरायो । अब केगर्ने ? छटपटाहटमा बाँच्न बाध्य बनाइयो । यिनै कारण आन्दोलनको बाटो रोज्न बाध्य भए । यो आक्रोसको विद्रोह थियो । यो विद्रोह नीति, विधि, सिद्धान्त, राजनैतिक, वैचारिक कुनै संग सम्बन्धित छैन ।

नेपालमा विद्रोहको आवश्यकता थिया,े भयो । जेन जीले अघि सारेका कुराहरु समय सान्र्दभिक थिए ,जायज थिए । नेपाली जनताका बर्षौ दबेर बसेका पीडा थिए । भ्रष्टाचार , कमिसन, महंगी, बेराजगारको पीडादायी जीवन विताउँन वाध्य पारिएका अधिकाँस जनताले सर्मथन ग¥यो तर सुनाइयो एउटा भयो अर्कै जेनजी माथि २३ गते भएको नर संहार २४ गते देशै खरानी कसरी किन भयो ?कसैले गरायो कि गराइयो ? जवाफ कसले दिने ? जस अबजस कसले लिने ? घुस पैठ भयो भनिन्छ । घुस पैठ हुने बाताबरण किन बन्यो ? आन्दोलनको कमान कसको थियो ? जेनजीका साथिहरुले मान्नुस नमान्नुस तपाइहरुको विचार तर तपाइहरुको दरिलो कमान नहुनु नै देश र जनताको दुर्भाग्य हो किनभने आन्दोलन कसैले अर्कैतिर मोडन सफल भयो र अराजक भिड बनाएर हुल दंगा उठाएर लुट पाट आगजनी कुट पिट गरेर आतंक मच्चाइयो । यदि तपाइहरुको दरिलो चेन अफ कमान हुन्थ्यो भने यस्तो दुरगति हुनबाट बच्न सक्थ्यो । यो ध्रुर्बसत्य हो । यसलाइ आत्म साथ समिक्षा गरेर मात्र भावि रणनीति बनाउँदा उत्तम होला ? फेरिपनि तपाइहरु नराम्रो संग कहिल्यै उठन नसक्ने गरि भाँसिदै हुनुहुन्छ । त्यो खाडल भनेको जुन संविधानले आज देश यो अबस्थामा पुरायो । त्यसैलाइ शिरोपर गरि निर्वाचनमा जाने नयाँ दल दर्ता गर्दै हुनुहुन्छ ।अहिलेकै अबस्थामा १६ वटा रिट सर्बोच्चमा दर्ता छन ।बढने क्रम जारी छ । देशी विदेशी दलालहरु असफल गराउँन कसरतमा छन । संसदीय भासमा जानु नै थियो भने संसद विघटन किन ? संयोगबस संसद पूर्नस्थापना भए के हुन्छ ? उहि संविधानको गणतन्त्र नामको दलिय शासन उहि संविधानमा जगमा टेकेर बनेको गठबन्धनको पुरानो सरकार अपदस्त गरी संसद विघटन नयाँ अन्तरिम सरकार पनि उही संविधानमा बन्यो कसरी ? त्यही संविधानमा टेकेर देशमा भ्रष्ट भयो भनेर कार्बाहिको माग राख्दै गरेको विद्रोहमा देश खरानी बन्यो । २४सय भन्दा बढि घाइते भए । ७६ जना होनहार योद्धाहरुको ज्यान गयो । फेरि त्यही संविधान लाइ शिरोधार्य गर्दै जेनजी समूहले पनि नयाँ दल दर्ता गरेर निर्वाचन बाट २ तिहाइको सपना देख्नु भनेको हाँस्यास्पद र भ्रम हो । विगतका घटनाहरु लिपिबद्ध इतिहास बनेको छर्लगं छ । त्यसकारण यो भ्रष्टचार अन्त्यको बाटो होइन अझै देश संकटमा फस्ने फसाउँने बाहेक अरु हुन सक्दैन ।

अन्तमा फेरिपनि देशले निकास पाउँन सकेन ।जनताले ठूलो आशा अपेक्षा गरेका थिए ।जेनजी आन्दोलन पछि जुन एजेण्डा लिएर सहिदको रगत बग्यो ।२४सय भन्दा बढी घाइते हुनु भो देशमा खरबौंको क्षति भयो ।उपलब्धि देखिने र सरकारले देखाउँने लाएकका काम कार्बाहि अपराधी हरुले भोग्नु पर्ने सजाय का प्रकृया मिडिया बाजी फेसबुक र टिकटकका भित्ता रगिंने बाहेक केहि हात लागेन । अहिले सम्म २३७ जना पक्राउ गरेको भनिन्छ ।ती साना भुरेभारे हुन तिनीहरुको मुख्य नाइकेको नजीक सम्म किनपुग्न सक्दैन अब विस्तारै कसैले दर्जनौ कसैले धमिक पूर्ण भाषण दिन थालीसके ।अर्को दुखद पक्ष जनतालाइ जेनजी भनेको पुराना दलहरु जस्ता होइनन यिनी हरुबाट देश र जनताका समस्या हल हुन सक्छन । भन्ने जुन आशा अपेक्षा थियो कतै नैराष्यता हुने त होइन भन्ने चिन्ताले सताउँदै छ किनभने जेनजी एउटै समूह मात्र छ भन्ने बुझाइ थियो अहिले बार्तामा ८ वटा देखा परे मुद्धा मामिला हुने संसद पूर्नस्थापना भए सायद धेरै नदेखिन सक्छन यदि निर्वाचन भने जस्तो भएर मन्त्री बन्ने लाइन आयो भने तुरुन्तै दर्जन भन्दा बढी हुने र विगतका दल जस्तै स्वार्थ नमिले फुटने पनि त होला ? यो नेपालको रोगै हो । त्यसपछि पूनह किचलो बढदै जाने प्राप्त उपलब्धि गुम्दै जाँदा जस्ता थियौ मित्जु उस्ता उस्तै हुने छ ।तर्सथ संसारमा नभएको नेपालमै भयो । १ रातमै सरकार ढल्यो । वार्ता भए पूरानै संविधानका धारा उपधारा खोतल्दै अन्तरिम सरकार बन्यो । राष्ट्रपतिले संविधान बचाइदिए आन्दोलनमा होमिने हरुले आफनो मेहेनत पसिनाको फलमाथि अर्कैको राज गराए । सबै मिलेर गोल मोटोल बनाउदै सबैका आँखामा छारो हाल्दै थान्का मान्का लगाइ दिए । धन्यवाद ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित